ब्लग

लोग्नेमान्छेले झैँ शक्ति आर्जन गर्न म धनी बन्न चाहन्छु





जेसिका नल
जेसिका नल
न्युयोर्क टाइम्स
NIC ASIA

एघार कक्षा पढ्दै गर्दा मैले सिर्जनात्मक लेखन प्रतिस्पर्धामा भाग लिएँ। त्यसको नगद पुरस्कार आकर्षक थियो। आइभी लिग (हार्वर्ड, यल, प्रिन्सटनजस्ता आठ प्रतिष्ठित अमेरिकी विश्वविद्यालय) पुग्ने लक्ष्य राखेका सहपाठीहरुसँग मेरो कडा प्रतिस्पर्धा भयो। तर जित्ने उचित आशाका साथ मैले आफ्नो निबन्ध बुझाएँ। म ठान्थेँ, म गतिलो लेखक हुँ। तर नराम्रो सुनिने डरले यो कुरा मैले कसैलाई बताएको थिइनँ। स्कुल सत्रको अन्त्यमा आयोजित समारोहमा मेरो नाम घोषणा हुँदा हाम्रो कक्षाको अध्यक्ष उभिएर करायो, ‘क्या अरे?’ ऊ अविश्वास र रनाहामा चिच्याएको थियो। ऊ जत्तिको बाठो र जान्नेलाई मैले कसरी हराउन सक्थेँ?

त्यसको बाह्र वर्षजति पछि सन् २०१५ मा मेरो पहिलो पुस्तक बेस्ट सेलिङ डेब्यु बन्यो। मेरो वित्तीय सल्लाहकारले मलाई आफ्नो दिनको काम छोड्न सल्लाह दिए। लायन्सगेटले मेरो पुस्तकमा बन्ने सम्भावित फिल्मको अधिकार लियो। र मैले सात हप्तामै गज्जबको पटकथा लेखिसकेँ। त्यसपछि गएर मेरो कलेजको एउटा साथीले अचम्मित हुँदै प्रशंसाको स्वरमा भन्यो, ‘हाम्रो कक्षाकी जेस नल सफलताको कथा बन्नेछिन् भन्ने कसले सोचेको थियो र?

कसले सोचेको थियो होला? मैले। पक्कै पनि मैले सोचेकी थिएँ।

सानी केटी छँदै मैले आफ्नो परीकथाको अन्त्यमा विवाहको परिधान होइन, प्यान्टसुट देखेकी थिएँ। मेरो लागि सफलता भनेको आफ्नो स्वतन्त्रता सुनिश्चित हुनेगरी केही काम गर्न सफल हुनु थियो। त्यो केही काम भनेको मेरालागि लेखन नै थियो।

मैले अनेकौँ गुप्त डायरी लेखिसिध्याएँ। ‘चिकेन सुप फर द सोल’ को ९० को दशकको संस्करणमा आत्मपरक निबन्ध पठाएँ र कलेजमा सिर्जनात्मक लेखनसम्बन्धी छात्रवृत्ति जितेँ। म आफूलाई महत्वाकांक्षी व्यक्तिका रुपमा वर्णन गर्ने थिएँ। तर एकदिन मेरोबारेमा एक सहपाठीले गरेको अप्रिय टिप्पणी सुनेपछि भने म चुप रहन थालेँ। यद्यपि यो भनाइले मेरो संकल्प दोब्बर बलियो बनेको थियो।

म १५ वर्षकी थिएँ। आफ्नै कक्षाका तीन जनाले एक पार्टीमा ममाथि यौन दुर्व्यवहार गरे। सानै उमेरमा आफूलाई मूल्यहीन महसुस गर्न बाध्य पार्दा व्यक्ति अझ तिखारिन्छ। कठिन थेरापीको माध्यमबाट मैले थाहा पाएँ, यसमा मेरो सफलताको परिभाषा पनि जोडिएको छ। मैले निर्णय गरेँ, जबसम्म म शक्तिशाली बन्दिनँ, जबसम्म म कसैले चोट पुर्‍याउन नसक्ने बन्दिनँ, तबसम्म म आफूलाई सफल ठान्ने छैन। सफलता भनेको नियन्त्रणको शक्ति प्राप्त गर्ने र आफ्नो मूल्य बढाउने माध्यम बन्यो।

सफलतालाई व्यक्त गर्ने अर्को शब्द छ, त्यो हो, पैसा।

मेरो लागि सफलता भनेको पैसा कमाउनुसरह हो। म पुस्तक लेख्न चाहन्छु। तर खासमा चाहिँ म पुस्तक बेच्न चाहन्छु। म मेरा पति आत्तिने गरी अग्रिम भुक्तानि लिन चाहन्छु, वार्षिक दुई पटक मोटो रोयल्टी चाहन्छु। चलचित्र अधिकारका लागि स्टुडियोहरुले मलाई पैसा तिरुन् भन्ने चाहन्छु।

यो चाहनालाई पूरा गर्नका लागि मैले आफ्नो पहिलो पुस्तक लेख्नुअघि नै प्रकाशन र यसको बजारबारे अध्ययन गरेर महिनौँ बिताएँ। मैले यसलाई फिल्म स्टुडियोका लागि अनुकूल बनाउने प्रयास गरेँ। अहिले म आफ्नै शो निर्माण, निर्देशन र सञ्चालनका लागि काम गरिरहेकी छु। जहाँ टेलिभिजन छ, त्यहीँ पैसा छ। र जिब्रो नचपाइ भन्ने हो भने म धनी बन्न चाहन्छु।

‘धनी’ अझै पनि पुरुषको शब्द हो। स्क्रिनमा महिला प्रतिनिधित्व बढाउन लागिपरेको जिना डेविस इन्स्टिच्युट अन जेन्डर अन मिडियाको मूल नाराले पनि यो कुरालाई व्याख्या गर्न सक्छ, ‘यदि उनी हेर्न सक्छिन् भने बन्न पनि सक्छिन्।’ भर्खरैसम्म हामीले उपभोग गरेको सामग्रीमध्ये धेरैजसो पुरुषले पुरुषकै लागि बनाएका थिए। यदि महिला फिल्म निर्माताहरुले पैसाको वास्ता गर्ने महिला चरित्र देखाउनु परे तिनले धनी र विलाशी प्रतिनायकसँग विवाह गरेको देखाउँथे।

सम्पत्तिसम्बन्धी उस्तै खालको आकांक्षाले अर्बपतिहरुको सूचीलाई विविधीकरण गर्न कुनै सहयोग पुर्‍याएको छैन। फोर्ब्सका अनुसार विश्वका अर्बपतिमध्ये १२ प्रतिशतमात्रै महिला छन्। जसमध्ये तीन चौथाइले विरासतमा सो सम्पत्ति पाएका थिए।

यदि हामी सम्पत्तिको यो खाडल भर्न चाहन्छौँ भने हामीले हरेक कोणबाट प्रयास गर्नुपर्ने हुन्छ। हामीले पुरुषलाई १ डलर तिर्दा महिलालाई ८० सेन्ट मात्रै तिर्न बन्द गर्नुपर्छ। अश्वेत महिलाहरुले अझ त्योभन्दा कम कमाउँछन्। हामीले छोरीलाई पनि छोराजसरी नै हुर्काउन थाल्नुपर्छ। २०१७ को एक सर्वेक्षणअनुसार सन्तानका रुपमा छोरामात्रै भएको परिवारले छोरी मात्रै भएको परिवारभन्दा बढी बचत गर्नुका साथै तिनको शिक्षामा पनि बढी खर्च गर्दछन्।

यही कुरा बच्चाको सामाजिकीकरणसम्म पुग्छ। केटीहरुले रेखदेख गरुन् भन्ने अपेक्षा गरिन्छ भने केटाहरुसँग कमाइको आशा गरिन्छ। यदि तपाइँ आफ्नै सम्पत्ति कमाउन चाहनुहुन्छ भने जोखिम लिनसक्ने आत्मविश्वास एक आवश्यक सीप हो। आफ्नोभन्दा अर्काको आवश्यकतालाई बढी महत्व दिने सीपले पैसा कमाउन सहयोग गर्दैन।

मैले पनि एक महिलाको रुपमा मसँग गरिने अपेक्षा र आफैँले आफूसँग राख्ने अपेक्षाबीच सँधै कुस्ती लडेँ। मिलेनियल (१९८१ देखि १९९६ को बीचमा जन्मेकाहरु) महिलाहरुलाई जहिल्यै विरोधाभाषी सन्देश दिइयो। उनीहरुलाई महत्वाकांक्षी तर हुकुमी नबन्न, बलियो तर दुब्लो बन्न, इमानदार तर विनम्र बन्न लगाइयो। केटीकेटीबीचको झगडाबाट उत्साहित हुने संस्कारका बीच अन्य महिलाको सफलतामा सहयोगी बन्ने अपेक्षा गरियो। मैले फिक्सनमा मात्रै पुरुषले जसरी आक्रमक रुपमा पैसा र शक्तिको पछि लाग्ने महिला सिर्जना गर्न सकेँ। त्यस्ता महिला, जो सानो रोटीको टुक्राका लागि हत्या नै गर्न पछि पर्दैनन्।

प्रचार अभियानका अवश्यंभावी कठिनाइहरुका लागि म अन्य महिला लेखकप्रति सहानुभूति जनाउँछु। आफ्नो कुरा स्पष्ट भन्ने महिलालाई मन पराइँदैन भन्ने जान्दाजान्दै पनि हामीले आफ्नो कुरा राख्नैपर्छ। वास्तवमा परम्परागत रुपमा पुरुषको ठानिएका काममा महिलाहरु सफल भए तिनलाई दण्डित गरिने तथ्य अनुसन्धानकर्ताहरुले फेला पारेका छन्। यता प्यानेलहरुमा पुरुष लेखकहरुले माइकमा एकाधिकार कायम गरेका छन्।

हाम्रा लागि आत्म–प्रवर्द्धन भनेको जटिल भंगिमा भएको नृत्यजस्तै हो। तर यो नृत्य पुरुषले कहिल्यै सिक्नुपर्ने छैन। लैंगिक रुपमा अस्पष्ट नाम ए.जे. फिनबाट ‘द वुमन इन द विन्डो’ लेखेका डेनियल मेलोरीले आफ्नो पहिलो उपन्यासले रेकर्ड कायम गरेको हुनसक्ने बताए। उनले आफ्नो पुस्तक विदेशमा ३७ स्थानमा बिक्री भएको बताए। तर यो रेकर्ड थिएन। मलाई थाहा थियो किनभने मेरो पहिलो पुस्तक ३८ स्थानमा बिक्री भएको थियो।

म आशा गर्ने गर्थेँ, विदेशमा मेरो पुस्तकको व्यापारबारे कसैले प्रचार गरिदेओस्। म सोच्थेँ, पुरुष मात्रै यसरी स्वप्रशंसा गर्न सक्छन्। तर जिलियन फ्ल्निले आफ्नो उपन्यासको पहिलो पृष्ठ ‘अहिलेसम्म लेखिएमध्येकै सबैभन्दा महान पहिलो पृष्ठ भएको’ सिकागो म्यागेजिनमा घोषणा गरिन्। रिज विदरस्पुनले अभिनय सफल नभएको भए आफू भान्डरविल्ट युनिभर्सिटीको प्रमुख बाल मुटुरोग विशेषज्ञ बन्ने कुरा वालस्ट्रिट जर्नललाई बताइन्। र हलिउड रिपोर्टरमा एलेन पोम्पियोले सबैभन्दा बढी कमाउने अभिनेत्री बन्न केके गर्नुपर्‍यो भन्ने धाक दिइन्।

म यी सबै महिलालाई मन पराउँछु, खासगरी तिनको धक्कुका लागि म उनीहरुलाई मन पराउँछु।

यदि उनी यसलाई हेर्न सक्छिन् भने बन्न पनि सक्छिन्। म ती साना केटीहरुका लागि पनि धनी बन्न चाहन्छु, जसका बाबुआमाले तिनको पढाइका लागि बचत गरिरहेका छैनन्। जसका साथीहरुले जिन्दगीबाट धेरै अपेक्षा राखेकोमा तिनको खिल्ली उडाउने गर्छन्। म यति पैसा कमाउन चाहन्छु, जसले मलाई मंगलबारको दिन जेट उडाएर मेक्सिको जान र दुष्ट राजनीतिज्ञहरुलाई सहयोग गर्न पुगोस्। म त्यति पैसा कमाउन चाहन्छु, जसले फेरि कुनै पुरुषले मलाई छोयो भने ऊ विरुद्ध लड्ने आक्रमक वकिलहरुको खर्च धान्न पुगोस्।

यसलाई कसैले नराम्रो ठान्छ भने म पनि लोग्नेमान्छेहरु झैँ कुम हल्लाएर तिनलाई बेवास्ता गर्न चाहन्छु।

(न्युयोर्क टाइम्समा प्रकाशित लेखकाे अनुवाद)

प्रकाशित १९ बैशाख २०७५, बुधबार | 2018-05-02 12:55:20
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels

author photo

जेसिका नल ‘लक्किएस्ट गर्ल अलाइभ’ को लेखक हुन्


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • कांग्रेस जिल्ला सभापति भेलाको निष्कर्ष: सरकार सर्वसत्तावाद उन्मुख (पूर्णपाठ)

    १९ बुँदे घोषणापत्र जारी गर्दै नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको राष्ट्रिय भेला हेटौंडामा सम्पन्न भएको छ।

  • टीका राना

    डा उपेन्द्र देवकोटासँग नर्सिङ गर्दा

    जीवनको अन्तिम अवस्थामा आफ्नै देश फर्कने र अझ् जन्म गाउँ पुग्ने डाक्टर उपेन्द्र देवकोटाको इच्छाले जो कोहीलाई आफू जन्मेको ठाउँ र आफ्नो देशतिर डोर्याउँछ।

  • बेइजिङको ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइँदै, साथमा चीनका प्रधानमन्त्री ली

    नेपाल–चीन १४ बुँदे संयुक्त विज्ञप्तीः रेलमार्ग सम्झौता नयाँ युगको थालनी

    नेपाल र चीनले बिहिबार बेइजिङमा केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्झौताले नयाँ युगको थालनी गरेको भन्दै खुशी व्यक्त गरेका छन्।