कसैसँग वैरभाव नलिने हाम्रो विदेश नीति





NIC ASIA

मुलुकको परराष्ट्र नीतिको अभिष्ट हाम्रो राष्ट्रिय हितको रक्षा गर्नु नै हो। नेपालको संविधान-२०७२ ले नेपालको राष्ट्रिय हितको परिभाषा गरी हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धको मार्गदर्शन गरेको छ। संविधानले निर्दिष्ट गरेजस्तै संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त, पंचशीलका सिद्धान्त, असंलग्नता, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिका मान्यताहरु नै नेपालको परराष्ट्र नीतिका प्रमूख आधारहरु हुन्।

नेपालको सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधिनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्नु हाम्रो उद्देश्य हो। सबैसँग मित्रता र कसैसँग पनि वैरभाव नलिने हाम्रो परराष्ट्रनीतिको ध्येय रहेको छ। आपसी सम्मान, अहस्तक्षेप, सार्वभौमिक समानता, न्यायपूर्ण र आपसी हितमा आधारित सम्बन्धले नै मित्रता र असल सम्बन्धलाई मजबुत र प्रगाढ बनाउँछ भन्ने हाम्रो मान्यता हो।

मित्रता र सम्बन्धको स्थायित्व एवं सुनिश्चचताले दिर्घकालीन सदभावलाई घनिभूत बनाउदँछ भन्ने हाम्रो विश्वास रहेकोछ। एक समावेशी, प्रगतिशील, लोकतान्त्रिक मुलुककको रुपमा नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने र मुलुकमा आर्थिक सामाजिक विकास हासिल गर्ने दिशामा नेपालको कुटनीतिक संयन्त्रलाई परिचालन गर्ने हाम्रो लक्ष्य रहेको छ।

छिमेकीहरुसँगको मैत्रिपूर्ण र सन्तुलित सम्बन्ध हाम्रो प्राथमिकता रहेको छ । हाम्रो विस्तारित छिमेकमा रहेका मित्रराष्ट्रहरुसँग पनि व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्दै जाने हाम्रो नीति छ। श्रमिक गन्तव्यको रुपमा रहेका मुलुकहरुसँग आपसी हित र पारस्परिक सद्भावका आधारमा सम्बन्धलाई मजबुत बनाउने तथा वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकको हित संरक्षण गर्ने हाम्रो प्रमुख प्राथमिकता मध्ये एक हो।

ती मुलुकहरुसँग पनि व्यापार र लगानीका संभावना खोजी गरी प्रवर्द्धन गर्ने प्रयत्न रहनेछ। त्यसैगरी विश्वका प्रमुख शक्तिराष्ट्रहरु एवं नेपालका विकास साझेदारहरुसँग विश्वास र सदभावको सम्बन्ध कायम गरी नेपालको विकास र समृद्धिमा समर्थन र सहयोग जुटाउने हाम्रो नीति निरन्तर रहेको छ।

सम्माननीय प्रधानमन्त्रीले हालैमात्र छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ। धेरै हिसाबले यो भ्रमण मौलिक, भिन्न र सफल रह्यो। भ्रमणले आपसी विश्वासलाई मजबुत बनाउन सहयोग पु¥याएको छ। छिमेकीहरुसँग आपसी विश्वास, समानता, सम्मान एवं पारस्परिक लाभका आधारमा मर्यादित , सन्तुलित र व्यवस्थित सम्बन्ध कायम गर्ने दिशामा यो भ्रमण सफल भएकोछ।

नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग र रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्नका लागि छुट्टाछुट्टै वक्तव्य जारी भएको छ। त्यसअतिरिक्त द्विपक्षीय सम्बन्धका सबै महत्वपूर्ण विषय र मुद्दाहरुमा खुलस्त एवं पारदर्शिताका साथ दुई प्रधानमन्त्रीहरु बिच कुराकानी भएका छन्। यो भ्रमणले हाम्रा दुई देशबीचको सम्बन्धमा आगामी दिशालाई राम्ररी रेखाङ्‌कन गरेको छ। अबको हाम्रो जोड पूर्व समझदारीहरुलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजानु हुनेछ।

यस बीचमा सम्माननीय प्रधानमन्त्रीले काठमाडौंस्थित कुटनीतिक समुदायलाई मुलुकको वर्तमान स्थिति र भावी गन्तव्य एवं प्राथमिकताहरुका बारेमा संबोधन गर्नु भएको छ। प्रधानमन्त्रीज्यूको संबोधनले परराष्ट्र नीतिमा वर्तमान सरकारका प्राथमिकताहरु र हाम्रो गन्तव्यलाई स्पष्ट पारेको छ। उक्त संबोधनमा समेटिएका विषय र प्राथमिकताहरुले सरकारका आगामी क्रियाकलापहरुलाई मार्गनिर्देश गरेका छन्।

वर्तमान सरकारको शुरुवाती दिनमा हाम्रा मित्रहरु एव विकास साझेदारहरुसँग भएको यस प्रकारको संवादले संक्रमणकाल पारगरी स्थायित्व, शान्ति र विकासको मार्गमा अधि बढ्दै गरेको नेपालको आगामी दिनका आवश्यकता, अपेक्षा र प्राथमिकतालाई प्रष्ट पार्ने अवसर दिएको छ।

नयाँ सरकारको गठनसँगै प्रदेशहरुमा पनि निर्वाचित सरकारहरुले कार्यारम्भ गरेका छन्। संघियताको नौलो अभ्यासलाई सकेसम्म सहज र निरापद बनाउन प्रदेश र स्थानीय तहलाई हरसम्भव सहयोग पु¥याउने काममा सरकार जुटेको छ। त्यस सिलसिलामा प्रदेश र स्थानीय सरकारका पदाधिकारीहरु तथा संघीय सरकारका पदाधिकारीहरुसँग कुटनीतिक भेटघाटलाई स्थापित अन्तर्राष्ट्रिय प्रचलन अनुकूल सहज र व्यवस्थित बनाउने प्रयास भएका छन्।

परराष्ट्र मन्त्रालयले यस्ता भेटघाटहरुमा सहजीकरण गरेको छ। नेपाल सरकारका पदाधिकारीहरुमा पनि यस्ता भेटघाट र सम्पर्कहरुलाई पद्धतिबद्ध र मर्यादित बनाउने कुरामा सचेतना बढाउने काम भएको छ। कुटनीतिक आचारसंहिता पालन गर्ने गराउने कार्यमा सबै क्षेत्रबाट शुभेक्षा रसहयोग प्राप्त भएको छ।

(ओली सरकार बनेपछि पहिलो पटक सोमबार परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रस्तुत गरेको अवधारणा)

प्रकाशित ३ बैशाख २०७५, सोमबार | 2018-04-16 18:16:34
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • चिनी

    भारतीय र पाकिस्तानी चिनीकाे मारमा नेपाली उद्योग

    नेपाल चिनी उत्पादन संघकाअनुसार यो वर्ष नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएकोमा उद्योगीसँग हालसम्म १ लाख २४ हजार मेट्रिक टन...

  • जाे जापानबाट फर्काइए

    जापानको अध्यागमनबाटै किन फर्काइए यी पाँच नेता?

    काठमाडौंबाट भिषा लिएर गएकाहरू जापान पुगेर अध्यागमनबाटै यसरी पटक पटक किन फर्काइन्छन्? नेपालखबरले यो प्रश्न काठमाडौंस्थित जापानी दूतावासलाई सोधेको छ।

  • वित्तीय साक्षरता किन?

    जब एक नेपाली जन्मन्छ उसको थाप्लोमा २९ हजार बराबरको ऋण थोपरिन्छ भन्ने जानकारी तीनै तहका जनप्रतिनिधिलाई हुनु आवश्यक छ। यसका लागि वित्तीय साक्षरता...

  • बन्द भएको हेटौँडा कपडा उद्योग

    हेटाैंडा कपडा उद्याेग सञ्चालन गर्न पाँच विकल्प

    हेटौंडा कपडा उद्योग सञ्चालन प्रतिवेदन तयार भएको छ।