केटाहरू निराश छन्

केटाहरु पुरानो पुरुषत्वको नमुनाभित्र निस्सासिएका छन्, उनीहरुलाई त्यसमा कैद गरिएकाे छ





केटाहरुलाई पछाडि छोडिएको छ। पुरुषत्वको पूर्ण अभिव्यक्तितर्फ उनीहरुलाई लैजान सहयोग गर्ने खालको कुनै पनि अभियान सुरु भएको छैन।

‘यदि तिमी आफ्नो केटा साथीको मर्दपन हरण गर्न चाहन्छौ भने रेष्टुरेन्ट जाँदा उसले मगाउने खानेकुरा पहिले नै सोध र वेटर आएपछि उसका लागि ती सबै कुरा तिमीले मगाइदेऊ,’ म यो छोटो मजाक गर्ने गर्थेँ।

NIC ASIA

यो मजाक हाँसउठ्दो थियो किनभने लोग्नेमान्छेको मर्दपन खोस्न यति सजिलो थिएन। तर वास्तविकता यस्तै छ।

गत साता फ्लोरिडाको एक स्कुलमा मारिएका १७ जनामध्ये धेरैजसो किशोरवयका थिए। मार्जोरी स्टोनम्यान डगलस हाइस्कुल पनि अब अमेरिकी नरसंहार मच्चिएका अन्य स्कुलहरु सूचीमा चढेकाे छ। यी सबै गोलाबारीका घटनाहरुमा एउटै साझा कुरा छ। त्याे हाे- बन्दुक। हो सबै हत्याकाण्डमा बन्दुक प्रयोग भएका छन्। अनि केटाहरु पनि। केटीहरु बन्दुकको ट्रिगर दबाइरहेका छैनन्। लगभग सधैँजसो केटाहरु नै बन्दुक चलाउँछन्।

अमेरिकाका केटाहरु निराश छन्। र यसले हामीलाई मारिरहेको छ।

यो देशका केटाहरुको निरासा केटीहरुको तुलनामा बिल्कुल भिन्न देखिन्छ। केटीहरुले अझै अनेकौँ बाधा झेलिरहेछन् तैपनि उनीहरु ती बाधाहरुलाई हटाउँदै संसारको सामना गर्न झनझन तयार हुँदै गएका छन्।

वितेका पचास वर्षले अमेरिकामा महिला हुनुको अर्थ पुनर्परिभाषित गरेकाे छ। आज केटीहरुलाई तिमी जुनसुकै काम गर्न, जोसुकै बन्न सक्छौ भन्ने गरिन्छ। उनीहरु यो सन्देशलाई लिन सफल पनि भएका छन्। स्कुलमा हरेक तहमा केटीहरुले केटाहरुलाई पछि पारेका छन्। तर यो बाह्य देखिने कुरा मात्र होइन। आज केटी हुनुको अर्थ दशकौँदेखि नारीत्वका जटिलताबारे भएका बहसको लाभग्राही हुनु पनि हो। तिनका अनेकौँ रुप र अभिव्यक्तिको लाभग्राही हुनु हो।

तर केटाहरुलाई पछाडि छोडिएको छ। पुरुषत्वको पूर्ण अभिव्यक्तितर्फ उनीहरुलाई लैजान सहयोग गर्ने खालको कुनै पनि अभियान सुरु भएको छैन। अब ‘लोग्नेमान्छे बन्नु’ मात्र पर्याप्त छैन। अब त यसको अर्थ के हुन्छ, त्यो समेत हामीलाई थाहा छैन।

धेरै केटाहरु त्यही पुरानो पुरुषत्वको नमुनाभित्र फसेका छन्। र निस्सासिरहेका छन्। जहाँ पुरुषत्वलाई बलका आधारमा नापिन्छ, पुरुषत्व नगुमाइ कमजोर बन्ने कुनै तरिका छैन र पुरुषत्व भनेको अरुलाई अधिनस्त गर्ने शक्ति हो भन्ने मानिन्छ। उनीहरु यसमा कैद भएका छन् तर कैद हुँदा उनीहरु के महसुस गर्छन् भन्ने कुरा अभिव्यक्त गर्ने भाषा समेत उनीहरुसँग छैन। किनभने सम्पूर्ण मानवीय भावनालाई अभिव्यक्त गर्नसक्ने अस्तित्वमा रहेको भाषालाई अझै पनि संवेदनशील र स्त्रियोचित मानिन्छ।

पुरुषहरु आफ्नो प्रकृतिबारे पृथक, भ्रमित र विरोधाभाष महसुस गर्छन्। धेरैले महसुस गरेका छन्, उनीहरुलाई परिभाषित गर्न प्रयोग हुने विशेषताहरुः बल, आक्रमकता र प्रतिस्पर्धात्मक क्षमताको अब खाँचो छैन। कति त कहिलै बलियो, आक्रमक वा प्रतिस्पर्धात्मकता नै महसुस गर्दैनन्। कस्तो बन्ने भन्ने कुरा हामीलाई थाहा छैन, त्यसैले हामी आतंकित भएका छौँ।

तर आतंकित भएको कुरा स्वीकार गर्न समेत हामी सक्दैनौँ। किनभने पुरुषत्वको त्यस्तो मोडल हामीसँग छैन, जसले डर, दुःख, कोमलता वा दैनिक जीवनका कष्टहरुलाई अभिव्यक्त गर्ने अनुमति दिन्छ।

एउटा स्पष्ट उदाहरणः केही दिनअघि मेरा यिनै विचारहरुलाई मैले ट्विटरमा पोस्ट गरेको थिएँ। मलाई थाहा थियो, घृणास्पद प्रतिक्रिया आउनेछन्। नभन्दै मैले दर्जनौँ त्यस्ता सन्देश पाएँ, जसमा मेरो पुरुषत्वको आलोचना गरिएको थियो। त्यसमध्ये सबैभन्दा शिष्ट टिप्पणीमा मलाई ‘सोय ब्वाइ’ (एक गालीको शब्द। भटमास सेवन गर्दा एस्ट्रोजेन हर्मोनमा वृद्धि हुन्छ भन्ने अवधारणामा आधारित) भनिएको थियो।

त्यसैले कुनै बाटो पत्ता लगाउन नसकेको तर आफ्नो मर्दपनलाई सुरक्षित राख्न चाहनेहरुसँग दुई ओटा मात्र विकल्प बाँकी रहन्छः पछि हट्नु वा क्रोध देखाउनु। यो पछि हटाइ र क्रोधले के गर्ने सम्भावना हुन्छ, त्यो हामीले देखिसकेका छौँ। स्कुलमा हुने गोली प्रहार सार्वजनिक त्रासदि मात्रै हुन्। अरुखाले त्रासदि उत्तिकै मात्रामा दैनिक देशभर भइरहेका छन्। गोली चलाउनेहरुमा रहेको अर्को समानता भनेको महिलाप्रतिको हिंसा हो।

धेरैजसो पुरुष कहिल्यै हिंसातिर लाग्नेछैनन्। धेरैजसो पुरुष ठीकै हुनेछन्। धेरैजसोले विध्वंसको कुनै स्वरुप नअपनाइ आफ्ना भावनाहरु पोख्न सिक्नेछन्। धेरैजसो दयालु बन्नेछन्। तर थुप्रै त्यसो गर्न सक्नेछैनन्।

एउटा तन्नेरी व्यक्ति अरुको जीवन अन्त्य गर्ने बाटो किन रोज्छ, सम्भवतः हामी कहिल्यै बुझ्नसक्ने छैनौँ। तर यी सबै घटनामा हामी कम्तिमा एउटै ढाँचा देख्न सक्छौँ। त्यो स्पष्ट र नियमित ढाँचा भनेको केटाहरु हुन्।

मलाई केटाहरुमाथि विश्वास छ। मलाई मेरो छोरोमाथि विश्वास छ। यद्यपि कहिलेकाहीँ म आफ्नो १६ वर्षको छोरोलाई आफ्नो निराशालाई लुकाएर, आफ्नो चिन्तालाई छोपेर, के भएको हो नबताइ भर्‍याङमा खुट्टा बजार्दै हिँडेको देख्छु। म उसलाई कमजोर हुनु भनेको के हो भनेर देखाउन चाहन्छु, तर सक्दिनँ। किनभने कुनै समय म पनि एउटा केटो थिएँ।

हाम्रो मर्दपन नगुमाइ एक पुरुष बन्ने कुनै न कुनै बाटो अवश्य होला। हाम्रो पुरुषत्वको जटिलताभित्र आफूलाई कसरी खोल्न सक्छौँ, मलाई थाहा छैन। मलाई लाग्छ गत ५० वर्षमा केटीहरु र महिलाहरुले गरिरहेको जस्तै छलफलबाट हामीले फाइदा लिन सक्छौँ।

पुरुषहरुले महिलावादलाई एक प्रेरणाको रुपमा लिऊन् भन्ने मेरो चाहना छ। महिलावादीहरुले पनि नागरिक अधिकारको आन्दोलनबाट उसैगरी प्रेरणा लिएका थिए। यसको एकल समाधान त छैन तर हामीले संवादको सुरुवात गर्न आवश्यक छ। केटाहरु निरास छन्, त्यसैले म उनीहरुलाई सघाउन चाहन्छु।

(न्युयोर्क टाइम्समा प्रकाशित लेखकाे अनुवाद)

प्रकाशित ११ फागुन २०७४, शुक्रबार | 2018-02-23 07:57:50
World Cup
World Cup
Bagaicha
Bagaicha
Tirupati Balaji
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Hamro Patro
Classic Tech
Loading...
NTC
Hyundai
CG
NLIC
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रामेश्वर गाैतम

    स्टेडियममा बसेर विश्वकप: नेपालकाे झन्डा फहराएर हुटिङ (भिडियाे)

    रसियामा विश्वकप फूटबल हुँदैछ भनेर यहाँ बस्दै आएका नेपालीबीच एक किसिमको ठूलै उत्साहको सञ्चार भएको छ।

  • पाइलट विजय लामा

    पाइलट विजय लामाको वाइडबडी सपना (भिडियाे)

    पाइलट विजय लामा ट्विनटर जहाजमा जोमसोमबाट पोखराको उडान गर्दै थिए। जहाजभित्र करिब १८ यात्रु थिए। एक्कासि जहाजलाई कालो बादलले छोप्यो।

  • त्रिभुवन अन्तरार्ष्टिय विमानस्थल बाहिर बरामद साढे ३३ केजी सुन

    सुन तस्करी प्रकरणः भुजुङका मतियार प्रविण अग्रवाल पक्राउ

    सुन तस्करी र सनम शाक्य हत्या प्रकरणकाे अनुसन्धान गरिरहेकाे सरकारी समितिले अकबर शाह र डब्बु भन्ने इम्तियाज अन्सारीका साझेदार प्रविण अग्रवाललाई...

  • विश्वकपले प्रमाणित गर्‍यो: मेस्सी ठूलो कि रोनाल्डो?

    क्रिस्टियानो रोनाल्डो स्वार्थी, घमन्डी, आफैँलाई मात्र माया गर्ने र सबैको ध्यान आफूमा मात्रै केन्द्रीत होस भन्ने स्वभावका छन्। लियोनल मेस्सीमा कुनै...