ब्लग

एकता : माधव गुट आतुर, ओली गुट चतुर


Infocus



एकता संयोजन समितिको बैठकमा एमाले–माओवादी केन्द्रका नेताहरु
एकता संयोजन समितिको बैठकमा एमाले–माओवादी केन्द्रका नेताहरु
NIC ASIA

नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा पत्रकारदेखि पान पसलेले सम्मले गर्न थालेका छन्। पक्कैपनि आम जनमानसमा शंका र आशाहरु एकैचोटी पदार्पण भएका छन्। नेताहरुले पनि विभिन्न कोणबाट पार्टी एकाताकै निम्ति बहस तथा संवादहरु जारी राखेका छन्। तर तत्कालै पार्टी एकता भैहाल्ने वाताबरण निर्माण भईसकेको छैन, पार्टी एकातको विकल्प पनिि देखिदैन। कुराहरु एकआपसमा भाझिएका छन्।

पार्टी एकाताको मुख्य प्रश्न, स्थायी सरकारको बिषयसँग जोडिएर उठेको थियो। त्यसका निम्ति दुई तिहाई बहुमत आवश्यक थियो। शीर्ष नेताहरुको महत्वाकांक्षापनि थियो। सरकार गठन निम्ति संसदीय व्यवस्थामा अनेक किसिमका खेल खेलिन्छन्। तर बहुमत अनिवार्य शर्त हो। त्यसका लागि माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल संभव हुनगयो।

माओवादीको आफ्नै पिर
पहिलो पटक संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनेको तत्कालिन नेकपा (माओवादी) समयक्रममा आन्तरिक र बाह्य कारण्ले रक्षात्मक अवस्थामा पुग्यो। त्यसपछि माओवादी नेतृत्वसँग जम्मा ३ वटा विकल्प बाँकी रहे।

एक, पार्टी बिघटन
यो सबैभन्दा सजिलो विकल्प थियो। त्यसैले प्रचण्डले ‘कि राम्रोसँग जिल्लामा तल जनताको माझमा गएर काम गर, यदि त्यो गर्न नसक्ने हो भने खेति–किसानी, कुटो–कुदालो, आ–आफ्नो दुख गरेर खानुप¥यो, नत्र पार्टी बिघठन गर्छु’ भनेर भनेका पनि थिए। प्रचण्डको यस्तो कडा टिप्पणी सुनेपछि कार्यकर्ताहरु जिल्ला–जिल्ला त दौडे। तर स्थानीय तहको निर्वाचनमा खासै राम्रो नतिजा देखाउन सकेनन्।

जनयुद्धकालको आधार केन्द्र र केही प्रभाव क्षेत्रबाहेक अन्य स्थानमा माओवादीले जित हासिल गर्न सकेन। वैचारिक दृष्टकोणका कारण प्रधानमन्त्री देउवासँग लामो समय सँगै यात्रा गर्न नसकिने स्वभाविक अवस्थाका बाबजुद माओवादी पार्टी सरकारमा त थियो। तर यसको गति, लक्षण राम्रो थिएन।

दुई, विचार मिल्ने समूहसँग पार्टी एकता गर्नुपर्ने दबाब
एमालेभित्रबाट पनि वाम एकताको हल्ला चलेको थियो, भित्री प्रयास सुरु भएका थिए। सुरुमा केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने योजनाका साथ एमाले पक्षबाट वाम एकताको प्रयास भएको थियो।

यसै अन्तर्गत विचार मिल्ने समूहसँग पार्टि एकता गर्दै जानेकुरा पनि आएको थियो। यस्तो एकता नेत्रबिक्रम चन्द (विप्लव), मोहन बैद्य (किरण) समूहलगायत आफूलाई वामपन्थी दावी गर्ने एमालेसँग पनि गर्नुपर्ने भन्ने थियो।

पार्टी एकताको साथमा माओवादी केन्द्रसँग अन्तिम विकल्प थियो, पार्टी पुनर्गठन र शुद्धिकरण। रक्षात्मक आन्दोलनका लागि ‘पर्ख र हेर’ होइन कि, सिङ्गो पार्टी पुनर्गठन र शुद्धिकरणको महान अभियान। तर यो अभियान सानो मेहनतबाट सम्पन्न हुने अवस्था थिएन। कार्यकर्ताको गैरजनवादी आदतका कारण संगठनमा दलालहरुको निकै ठूलो हस्तक्षेप बढेको कुरा प्रचण्डले अनुमान गर्न सक्ने बिषय थियो। पार्टी शुद्धिकरण हुँदा यसका अभियन्ताहरु नै जोखिममा पर्न सक्ने संभावना बलियो थियो।

राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशका कारण र हाम्रै घरेलु राजनीतिको अनुकूलता अनुसार प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव अगाडि बढाए। वास्तवमा यो एकताको आवस्यकता एमाले तथा माओवादीको शीर्ष तहमा महशुष गरिएकै बिषय थियो। तर ठोस रुपमा अब एकता मै जाने भन्ने कुरा प्रचण्डको साहसिक निर्णय थियो। एमालेसँगको पार्टी एकतामा आलोचना सहुनु परेपनि राष्ट्रको हितका निम्ति र प्रचण्ड लिगेसीको रक्षाको निम्ति पनि एमाले जस्तो ठूलो पार्टीको एकपटक अध्यक्ष बनेर देखाउने महत्वाकांक्षा पलायो।

पार्टी एकता पश्चात् प्रचण्डले सोचेका छन्, एमालेले पनि जुनयुद्धप्रति अपनत्व ग्रहण गरिदेओस्। खासगरी ओलीले, जसले विगतमा जनयुद्धको कडा भन्दा कडा आलोचना गरेका थिए। ‘ओलीले मेरा कुरा, भावना र विचार पनि बुझुन् र कम्तिमा जनयुद्धको उपलब्धि र एजेण्डालाई सकरात्मक भाव राखुन्’ भन्ने चाहन्छन्, प्रचण्ड।

प्रचण्ड एमालेसँग विलय होइन, एकता गरेर अगाडि बढ्न चाहन्छन्।

वाम एकता : एक बाध्यता
वाम एकताको बिषय प्रचण्डको निम्ति नराम्रो बिषय थिएन। तर एमालेसँग एकता हुने भनेपछि जटिल प्रश्नहरु देखा परे। विगतमा एमालेसँग सुखदुखका सम्बन्धको कुरा छाडौं, अघिल्लो वर्ष आलोपालो सरकार चलाउने भद्र सहमतिमा पनि ओलीले निकै नराम्रोसँग धोका दिएका थिए। प्रचण्डसँगै मिलेर आलोपालो सरकार चलाउने सहमतिका साथ प्रधानमन्त्री बनेका ओलीले प्रधानमन्त्री बनेको केहिदिन पछि नै ‘त्यस्तो सहमति कहाँ, कोसँग भएको छ, कागज देखाउनुहोस्’ भन्न थाले।

प्रधानसेनापति प्रकरणदेखि पशुपतिनाथको मूलभट्ट प्रकरणसम्म एमालेको भूमिका माओवादीको निम्ति विश्वास गरिहाल्ने खालको थिएन। विश्वास गरेर ओलीलाई प्रधानमन्त्री बनाएपछि उनैले झुटो बोल्दै हिडेको पीडा प्रचण्डले सहेकै थिए। अब एमालेसँग एकता गर्दा के हुने हो भन्ने कुरा प्रचण्डका लागि चिन्ताको बिषय थियो नै। तर प्रचण्डकै रक्षात्मक अवतरणका निम्ति पार्टी एकता अपरिहार्य बनेको थियो।

स्थायी सरकार गठनको लागि आवश्यक बहुमतका लागि चुनावी तालमेल एउटा सजिलो बाटो हो। त्यसैले, माओवादी र एमालेबीच चुनावी एकताको सहमति भयो। र, सँगसँगै पार्टी एकताको रुपरेखा भयो। तर, एकता पश्चात् बन्ने नयाँ पार्टीको सैद्धान्तिक विचारका सम्बन्धमा दुवै पार्टीबीच गम्भीर वार्ता चलेको छैन।

नेपाली कांग्रेससँग मिलेर सरकार बनाएका प्रचण्ड प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण पश्चात् अचानक उनमा देखिएको परिवर्तनले झस्किन पुगेका थिए। ओलीसँग फेरि एकपटक प्रधानमन्त्री बन्ने लालशा थियो। प्रचण्ड नेतृत्वको पार्टी रक्षात्मक रक्षात्मक अवस्थामा पुगेको थियो। त्यसैले, प्रचण्डले जनयुद्धकालदेखि नै भन्दै आएको ‘चमत्कार र क्रमभङ्गता’ हुनेगरी वाम तालमेल र एकता गर्ने निर्णयमा प्रचण्ड पुगे।

चुनावको नतिजाले पनि के देखायो भने जनता वाम एकताको कुराले उत्साहित रहेछन्। त्यसैले, सोही अनुरुप उनीहरुले मतदान गरे र वामगठबन्धनलाई विजयी बनाए।

ओली गुटको संकिर्णता
वास्तवमा भन्ने हो भने एमाले अध्यक्ष ओलीले र उनी निकटका नेताहरुले एकता प्रकृयाप्रति अपनत्व स्वीकार गरेजस्तो देखिएपनि यो गुटले आफ्नो मन, वचन र कर्मलाई वाम एकताको निम्ति एकत्रित गर्न सकेको छैन। एमालेमा ओली गुट पहिले देखि नै अहंकारी र संकीर्ण छ। वाम एकताको चर्चा चुनावको लागि मात्रै उपयोगी थियो भन्ने निष्कर्ष निकाल्न नसकेका कारण यो गुटका नेताहरुको आत्म भड्किरहेको छ।

यिनीहरुको राजनैतिक तर्क अनुसार, ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै जिम्मा लिनुपर्छ। मतलब ओलीको दुबै हातमा लड्डु हुने, अरुले केरा हेरेर बसेर हुन्छ भन्ने छ।

चुनाव अघि ओली प्रधानमन्त्री र प्रचण्ड अध्यक्ष हुने सहमति थियो। यो कुनै गोप्य वार्ता गरेर भएको सहमति थिएन। पहिलो र दोश्रो पुस्ताका दुवै पार्टीका नेताहरुलाई यो कुरा थाहा छ। तर अहिले एमाले, खासगरी ओली गुटले प्रधानमन्त्री र अध्यक्ष आफै लिन खोज्दा पार्टी एकतामा समस्या उत्पन्न भएको छ। ओली–प्रचण्डबीच बैठक बस्छ, ओली कहिले प्रचण्डलाई अध्यक्ष मान्न तयार हुन्छन्। कहिले भोलिपल्ट नै हिजोको अडानबाट ‘ब्याक’ भएर ‘होइन, कहाँ हुन्छ त्यस्तो, हुँदैन, प्रचण्डलाई अध्यक्ष दिन सकिन्न’ भन्छन्।

माओवादीका नेताहरु एकताप्रति बफादार देखिन्छन्। आफू केन्द्रीय सदस्य बसेर भएपनि वाम एकतालाई अगाडि बढाउने कुरा प्रचण्डले घोषणा गरिसकेका छन्। माओवादीका दोश्रो तहका नेताहरुले वाम एकताको बिरोध गरेको थाहा छैन। तिनलाई बाध्यता होला, त्यो अलग बिषय हो। तर एउटा सत्य कुरा के हो भने, पार्टी सानो हुँदै गएपछि, भएका नेताहरु पनि पार्टी छाडेर जाने रोग बसेपछि प्रचण्डसँग अरु त्यस्तो कुनै विकल्प थिएन, जसले उनलाई शक्तिमा जोगाईराखोस्।

प्रचण्ड शक्तिमा रहँदा केवल उनीमात्र शक्तिमा रहने भन्ने होइन। यहाँ सिङ्गो परिवर्तनलाई संस्थागत गरेर अगाडि बढ्ने, माओवादीको एउटा लिगेसीलाई स्वाट्टै एमालेमा घुसाएर त्यसलाई फलाउने, फुलाउने भन्ने हो। यो रणनीति त्यतिधेरै स्वार्थपूर्ण छैन। किन छैन भने एकता पछि महाधिवेशनले नेता र नेतृत्व निर्धारण गर्छ। वामपन्थी शक्तिहरु जुन बाहुल्यता र बहुमतमा रहदाँरहदै पनि राणा, राजा र कांग्रेसको छायाँमुनि परेर शक्तिहीन हुन परेको थियो, एकताले त्यो नियतिबाट छुटकरा दिने र मुलुकको निर्णायक शक्ति बनाउने अवसर छ।

ओली गुटका नेताहरु अहिले ‘पहिला सरकार बनाई हालौं, एकता हेर्दै जाउँला’ भन्नेमा छन्। ओली आफू प्रष्ट बोल्दैनन्। उनको गुटका नेताहरु पार्टी एकताका लागि त्यति रुचि राख्दैनन्। जुन शक्तिले वाम एकता हुन नदिने गरी हिजो प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरेको थियो, आज त्यही शक्तिले ‘प्रचण्डलाई पार्टी अध्यक्ष किन दिने?’ भनेर ओलीलाई उचाल्दैछ।

ओली गुटको ढुलमुले चरित्र र अहंकारकाबीच पार्टी एकतालाई सहज रुपमा अगाडि बढाउने काम त्यति सजिलो छैन। तर चमत्कारिक रुमपा पार्टी एकता नहोला पनि भन्न सकिन्न। किनभने हरेक आकर्षण र बिकर्षण आवश्यक्ताले पैदा गर्ने हो। अहिलेको आवश्यकता ओली प्रधानमन्त्री हुने र ५ बर्ष बहुमतीय सरकार चलाएर इतिहास कायम गर्ने हो। ओलीको इतिहास निर्माण गरिदिन प्रचण्ड तयार हुने, तर प्रचण्डको इतिहास निर्माण गर्न नाथे गुट तगारो बन्ने? तर अहिले यही बिडम्बना र अचम्मको स्थिति देखिएको छ।

सकरात्मक पक्ष
एमाले नेताहरु बामदेब गौतम, झलनाथ खनाल, माधव नेपालहरु एकताको सन्दर्भमा निकै सकारात्मक छन्। यी नेताहरु माओवादीको राम्रो मित्र र अविभावक जस्तै हुन्। प्रचण्ड र माधव नेपाल, बामदेब गौतमको युद्धकाल देखिकै आत्मीय सहकार्य यी नेताहरुलाई संकट परेको बेला आलोपालो सहयोग गरेर गुन तिर्छन्। एमालेमा दुई धारको लडाईंले एकतामा समस्या देखिएको हो। केहीले माओवादीलाई झुक्काउन सकिन्छ कि भन्ने कोशिस गर्दैछन्। तर, जति कोशिस गरेपनि एकताबाट भाग्ने मनस्थितिमा ओली पनि छैनन्। जनताकै बीचमा पार्टी एकताको घोषणा गरेकाले नेताहरु यसबाट भाग्न सक्ने परिस्थितिमा छँदैछैनन्। यस्तो किसिमको अप्ठ्यारो स्थिति एमालेभित्रको गुटबन्दीका कारण सिर्जना भएको छ।

वाम एकताको छलफलको चरणमा जनताको बहुदलीय जनबाद (जबज) लाई महाधिवेशनमा लैजाने सल्लाह भएको थियो। जबज भनेको एउटा राजनैतिक विचार हो। माओवादीका पनि आफ्ना विचारहरु छन्। खासगरी विचारको मुद्दा महाधिवेशन मार्फत् हल गर्ने भन्ने कुरा नराम्रो पनि त होइन। एमालेकै नेता घनश्याम भुषालहरुले यसबारे आफ्नो धारणा राखिसकेका छन्। यो विचारको कुरा वा जबजको कुरा एउटा बिन्दुमा पुगेर हल गर्न सकिन्छ। तर, ओली समूहका नेताहरु अहिले नै पार्टीको विचार निर्देशक सिद्धान्त जबज हुनुपर्ने भन्दै आएका छन्।

विगतमा माओवादीसँग गरिएका सहमतिहरु पालना नगरेको कुरा आन्तरिक विषय भएपनि एकताको कुरा जनताको विषय भएकाले जनतालाई छक्याउन नहुने भन्ने माधव नेपाल समूहको धारणा देखिन्छ। खासमा एकता लागि माधव नेपाल समूह सबैभन्दा उत्साहित देखिन्छ। घनश्याम भूषालले त जबजको उपादेयता समाप्त भैसक्यो, अब फ्यूजन मार्फत् नयाँ विचार निर्माण गरेर अघि बढ्नुपर्ने बताइसकेका छन्।

प्रकाशित १९ माघ २०७४, शुक्रबार | 2018-02-02 19:53:13
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV

प्रविधि

Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • माधव नेपाल

    ओलीले कसरी गर्लान् नेता नेपालको असन्तुष्टिको सम्बोधन?

    वामदेव प्रकरणपछि नेकपाको शीर्ष पंक्तिमा जुन खालको भावनात्मक विभाजनको स्थिति देखिएको छ, यो परिस्थितिमा ओली-नेपाल दुवैले सम्बन्धलाई सुधार गर्नका लागि...

  • मीनबहादुर गुरुङ

    एउटा लाहुरेको रसिलो दशैँ

    ‘ङोल्स्योहरु लाहुरे भनेपछि हुरुक्क, झन टेप घन्काएपछि हानथाप, ए ङोलो! हामीलाई पुछनी नै नगर्ने भन्थे’, उनले थपे, ‘मैले भने रातभर गीत गाएर नै बुढी...

  • नेपाली सिनेमाका उदाउँदा दुई नायकको टक्कर

    पछिल्लो समय नेपाली चलचित्र उद्योगमा अभिनेता अनमोल केसी र प्रदीप खड्का सर्वाधिक ‘डिमाण्डेड’ र ‘पपुलर’ कलाकारका रुपमा स्थापित भइरहेका छन्। छोटो समयमै...

  • गाेसाइकुण्ड नजिकैकाे भैरबकुण्ड

    दशैँ घुमघामः गोसाइकुण्ड पदयात्रा

    चिसो सिरेटो, मौसमसँगै बदलिने कुण्डको रंग, आँखै अगाडि देखिने हिमशृंखलाको दृश्यले नलोभिने सायदै कोही होला।