चितुवा लुक्ने झाडीमा सात दिनपछि यसरी भेटिए जोन तामाङ





जोनलाई बोकेर ल्याउँदै चन्द्र आले
जोनलाई बोकेर ल्याउँदै चन्द्र आले
प्रकृति अधिकारी
NIC ASIA

हराएको सातदिनपछि ललितपुरको फुलचोकीमै जोन तामाङ बुधबार अपरान्ह भेटिए्। 

उनी फेला परेको भनी सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिएपछि अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी र म गोदावरीतर्फ लाग्यौं। राति सवा आठ बजे उनलाई केही तलको गोदावरी ल्यार्इ सकिएको थियो।

त्यसपछि उनलाई एम्बुेन्समा राखेर बीएण्डबी अस्पतालतर्फ लगियो। उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर डाँडाबाट तल झारेका रहेछन्।

जोनको उद्दारका लागि रेस्क्यु एसोसिएसन, र्‍याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दरसिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली आज फुलचोकीको टुप्पामा पुगेको थियो। उनलाई रामकाजी तिवारी र चन्द्र आलेले फेला पारेका थिए।

जोनलाई उद्धार गरेका रामकाजी तिवारीले उद्धार कार्यका बारेमा यसरी बेलिविस्तार लगाए :

जोन करिव दुई हजार मिटरको उचाइमा फेला परेका हुन्। हिजोपनि हामीले जोनको खोजी गरेका थियौं। तर हिजोको खोजी कार्य चित्त नबुझेपछि आज पुनः त्यहाँ पुग्यौंं। टुप्पामा पुगेर तलतिर झर्‍यौं।

जोन रहेको ठाउँमा पुग्ने बाटोमा सानो पोखरी रहेछ। उनलाई खोजी गर्न गएको टोली त्यहाँबाट दुई समूहमा विभाजित भएर छुट्टियो। हामी लाँकुरी भञ्ज्याङ्गतर्फ जाने बाटो हुँदै अझै दायाँतर्फ लाग्यौं।

करिव सात आठ सय मिटर तल झरिसकेपछि एउटा ब्याग भेट्यौं। ब्यागभित्र एउटा पेन र चम्चापनि भेटियो। त्यो देखेपछि हामीलाई शंका लाग्यो। उनी भेटिन्छन् कि भन्ने आशा पनि जाग्यो

दायाँ बायाँ हेर्‍यौं। त्यहाँ मान्छे घस्रिएको ठाउँपनि भेटियो। अझ तल हेर्दा मानिस उछिट्टिएर तल लडेको जस्तो देख्यौं। हामी तल गयौं। एउटा मुढा ढलेको जस्तो रहेछ। ठूलो पिपलको रुख लडेको देख्यौं।

जोन त्यसैको चेपमा अड्किएर बसेका रहेछन्। हामीले उनलाई आज साँझ ४ः४५ बजे भेटेका हौं।

उनलाई खोज्न जाने क्रममा हामीले बीच बाटोमा टिफिन बक्स पनि भेटेका थियौं। टिफिन बक्स भेटेपछि साँच्चिकै जोन फेला पर्ने भएर भनेर निकै खुशी लाग्यो।

नजिकै मानिस जस्तो देखियो। हामीसँग उनको फोटो थियो। फोटोको टोपी र त्यहाँ लडिरहेको किशोरले लगाएको टोपी दाँज्दा ती किशोर ‘हन्ड्रेड पर्सेन्ट’ जोन हुन् भन्ने लाग्यो।

त्यसपछि हामीले ‘जोन’ भनेर करायौं। हाम्रो आवाज सुनेपछि उनी हामी भएतिर फर्किए। हामीपनि नजिकै पुग्यौं। ‘तिमी जोन हो?’ भनेर सोध्यौं। उनले ‘हो’ भनेर टाउको हल्लाए।

हामीलाई देखेपछि उनी रोए।

हामीले उनलाई हल्का पानी खुवायौं। हामीसँग रहेको बोतलको सबै पानी एकैपटकमा खाइसक्छु जस्तो गरे।

हामीसँग एक पुडिया बिस्कुटपनि थियो। एकै पटकमा सबै खुवाउँदा उनलाई गार्‍हो होला भनेर आधा दियौं।

खासमा उनी झाडीभित्र थिए। त्यहाँसम्म पुग्ने बाटो एकदमै अप्ठेरो थियो। हामीले झाडी फाँडफुँड गर्दै उनी नजिक पुगेका थियौं। 

उनी भेटिएको ठाउँ नजिकै चितुवाको पाइला पनि देख्यौं। त्यो एक दुई जना मानिसमात्र हिँड्न सक्दैनन्। किनभने एकदमै डरलाग्दो ठाउँ छ त्यो। त्यहाँ वरिपरि बँदेलले खनेको ठाँउ एकदमै धेरै देखिन्छ। चितुवा र मृग सुतेको ठाउँ पनि धेरै देखिन्छ।

प्रकाशित १७ माघ २०७४, बुधबार | 2018-01-31 22:47:56
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
FCube
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • काठमाडौँ आइपुग्नासाथ पशुपतिनाथमा बाजपेयी, साथमा मन्त्री वाग्ले (पछाडि) र रतीन्द्र क्षेत्री (दायाँ-कालो भादगाउँले टोपीमा)

    बाजपेयीले नगरकोट रिट्रिट जान नमानेपछि

    मुसर्रफसँग हात मिलाउनु परेको घटनाका कारण आफ्नो भन्दा मुसर्रफको व्यक्तित्व बढेको र आफूले सम्बोधन गर्दैगर्दा धर्मराएको घटनाले बाजपेयीलाई नर्भस बनायो।...

  • काेशी ब्यारेज

    काेशी ब्यारेजलार्इ काेबाट खतरा: अातंककारी समूह कि स्वयं भारत?

    सन् २०१६ को जुलाई महिनामा एउटा खबर भारतीय मिडियामा आयो। त्यसको सारांश थियो, ‘कोशी ब्यारेज बमले उडाउने अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएसको धम्की।’

  • नेपालमा पहिलो पटक म्याच फिक्सिङ सम्बन्धी कानुन, यस्तो हुनेछ सजाय

    नेपालमा पहिलोपटक म्याच फिक्सिङ(खेल मिलोमतो) सम्बन्धी कानुन लागु भएको छ।

  • नख्खु कारागार

    थुनामुक्त भएकाे डेढ वर्षसम्म पनि कारागारमै गौबहादुर

    उनी हरेक दिन आफूलाई लिन आउने परिवारका सदस्यको बाटो रुघेर बस्छन्। ब्लकका अन्य कैदीबन्दीलाई उनी ‘आजै आफू घर जाने’ भनेर सुनाउँछन्। तर, उनलाई लिन कोही...