सगरमाथा मापनमा भारतप्रति नेपालको विमति, चीनलाई के को दोष?


Infocus



सिना लगायतका अनलाइनहरूले लेखे– आफूलाई अभिभावक ठान्ने भारतले सोचेको होला, नेपाल यस मामिलामा पनि आज्ञाकारी ठहरिनेछ।

NIC ASIA

‘देखो, देखो इण्डिया ने चारैतिरबाट घेर लिया है!’

बेइजिङमा प्रायः मध्यान्ह भोजनताका कार्यालयका अधिकांश स्टाफहरू नजिकैको विशाल क्यान्टिनमा खाना खाने गर्दछन्। विभिन्न देशका विशेषज्ञहरूमाझ दुई तीन जना भारतीयहरू पनि नियमित जस्तो सँगसँगै भोजनमा सामेल हुन्छन्। कहिलेकाहीँ टेबुल भरिएका बेला उनीहरू दायाँ बायाँको टेबुलमा नजिकिएर बस्छन्। नेपाली मित्रहरूले व्यङ्ग्य गरेपछि उनीहरू पनि भन्छन्, ‘जागो, गोर्खा जागो। इण्डिया नहीं, चीन ने घेर रखा है।’

प्रायः खानेकुरा जे जस्तो भएपनि भारतीय मित्रहरूसँग आउँदा दिनमा चीन र भारतको शक्ति, भारतीय राजनीतिक हस्तक्षेप, चीन–भारत टकराव र दुई ठूला मुलुकको बीचमा रहेको नेपाल जस्ता विषयमा चर्को बहस पनि हुने गर्छ। तीमध्ये एकजना कट्टर हिन्दु र भाजपाको समर्थक भएकाले मुस्लिम साथीहरू वरिपरि नभएको मौकामा प्रायः खुइल्याउन र नेपालमाथि भारतको नाकाबन्दी र राजनीतिक हस्तक्षेपको प्रतिरोध गर्नमै उद्यत भैरहन्छ। अर्का भारतीय बन्धु भने ‘नेपालका लागि भारत कहिले शत्रु र चीन कहिले मित्रु हुँदैन’ भनेर वकालत गरिरहेको हुन्छन्।

वि.सं. २०७२ को वैशाख १२ को विनाशकारी भूकम्पछि सगरमाथाको उचाइ थपघट भएको हुनसक्ने भन्दै नेपालले पहिलो पटक उचाइ मापन प्रक्रिया शुरू गरेको हो। संयुक्त रूपमा मापनका लागि गरिएको भारतीय प्रस्ताव नेपालले अस्वीकार गर्नुका पछाडि चीनको हात रहेको भनेर प्रेस ट्रस्ट अफ इण्डियाले लेखेको थियो।

त्यसदिन केही मिनेट ढिलो आएको भारतीय भैयालाई उसैगरी जिस्क्याउँदा उसले भन्यो, ‘नेपालको चीन ने पुरी तरहले पटा लिया यार। देखो, चीनीकी वजह से माउण्ट एभरेष्ट में इण्डियाको नही रखा। अब भारत नहीँ, चीन ने घेरना सुरू कर दिया।’

पीटीआईको खबरमा नेपाली सर्वेक्षण विभागका निर्देशक गणेश भट्टले पीटीआईलाई चीन र भारतसँग महत्वपूर्ण तथ्यांकमा सहायता लिनसक्ने बताएकोमा नयाँ दिल्लीस्थित श्रोतले भारतीय प्रस्ताव अस्वीकृत हुनुमा चीनको हात रहेको शंका गरिएको थियो। भारतीय विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको विभागले सन् २०१५ मा गएको भूकम्प पश्चात् हिमाली शिखरको उचाइबारे धेरै शंकाहरू उत्पन्न गर्दै पुनःमापन हुनुपर्ने प्रस्ताव राखेको थियो।

हाल नेपालसँग मिलेर सगरमाथाको संयुक्त मापनका लागि अनुरोध गर्ने निकायले नै २५० वर्ष अघि पनि सगरमाथा नापेको थियो। भारतका प्रमुख सर्वेक्षक मेजर जनरल गिरिश कुमारले पीटीआईसँग भनेः शुरूमा त नेपालले भारतीय प्रस्तावप्रति प्रतिक्रिया नै दिएन, अहिले आएर भारत वा चीन कसैलाई पनि सामेल गराउन्न भन्यो।

उनी तिनै अधिकारी थिए, जो काठमाडौंमा भएको यसै विषयको बैठकमा सहभागी थिए, जहाँ चीन पनि थियो। उनले पनि चीनकै प्रतापले भारतलाई नसमेटिएको शंका गरे।

चपस्टिकले मुखमा खाना हाल्दै नेपाली दाइले प्रतिक्रिया फर्कायो, ‘यो इण्डियाको चासोको कुरै हैन। चीन र नेपालको बीचमा रहेको हिमालको उचाइ नाप्दा भारत किन चाहियो? भारतले नेपालसँगको सीमा क्षेत्रमा चासो राख्ने हो नि।’

चीनले यसअघि १९७५ र २००५ मा सगरमाथा मापन गरेको छ भने भारतले १९५६ मा नापेको थियो। त्यसअघि सर जर्ज एभरेष्टको नेतृत्वमा सन् १८५५ मा भारतले पहिलो पटक भाग लिने मौका पाएको थियो। हालसम्म विश्वव्यापी रूपमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मानिएको छ।

चिनियाँ अंग्रेजी अनलाइन ग्लोबल टाइम्सले गत अगष्टमै ‘भारतले हरेक कुरालाई सीमा विवादसँग जोड्नुहुँदैन’ भनेर सगरमाथाबारे भारतीय प्रस्तावमाथि नेपालले गरेको ढिलासुस्तीप्रति टिप्पणी लेखेको थियो। पछिल्लो समाचार आएपछि तत्कालै चिनियाँ लिपिका अनलाइनहरूमा पनि टिप्पणीहरू छरपष्ट भए। ह्वानछ्यौ, सिना लगायतका अनलाइनहरूले एउटै आशयका टिप्पणी लेखे– आफूलाई अभिभावक सोच्ने भारतले सोचेको होला, नेपाल यस मामिलामा पनि आज्ञाकारी ठहरिनेछ।

भारतीय मिडियाले पनि अनुमान गरेका थिए, चीन–भारत दोक्लम विवादमा पनि नेपालले भारतलाई साथ दिनेछ, तर त्यो भएन। भारतले यसका पछाडि पनि चीनकै हात रहेको भन्ने मानसिकता पालिरहेको होला। चिनियाँ संचारमाध्यममा पाण्डाको श्यामश्वेत चित्र टाँसेर व्यंगात्मक ढंगले प्रश्न गरिएको छ, ‘सगरमाथामा नेपालले भारतलाई अनुमति दिएन त, फेरि चीनलाई नै दोष किन?’

दुई देशका बन्धुबीच लञ्च डिनरहरूमा प्रायः वार्ता र विवाद चलिरहन्छ। उनीहरू बेला बेलामा भारतले कसरी नेपालजस्तो छिमेकीसँग दूरी बढाइरहेछ भनेर विश्लेषण पनि गर्दछन्। भाषा, नेपालको धर्मसँस्कृति, रीतिरिवाज चेलीबेटी सबकुछ भारतसँग मिल्छ, चीनसँग त केही पनि मिल्दैन।

अनि थप्छन्, चीनसँग हिमालमात्रै साझेदार हो। तर हिमाली पवित्र जल र पवन भारतसम्म बहन्छ। सगरमाथा संसारको छानो हो। सगरमाथा मात्रैबाट पनि नेपालले सिंगो नेपाल पाल्न सक्छ। सगरमाथाका ढुंगा, पानी, हावा, जडीबुटी बेचेर पनि देशको पेट भर्न सक्छ, सगरमाथा नेपालको सञ्जीवनी नै हो।

खाने क्रम सकिएको हुन्छ। पङ्कज भैयाले नेपालको समृद्धिका लागि केही महत्वपूर्ण प्राकृतिक श्रोतहरू भएको कोट्याएको छ एकपटक। उसलाई हिन्दीमै ‘लेखो लेखो, नेपाली मिडियामा अनुवाद गरेर निकाल्देंगे’ भनेपछि हौसिएको थियो। चार–पाँच पटक निरन्तर उसले एउटै वाक्य दोहोर्याइरहेको छ, ‘आधा लिखा, अब आधा बाँकी। जल्द ही खतम् हो जायगा।’

 

प्रकाशित १८ पुस २०७४, मंगलबार | 2018-01-02 07:07:39
Max TV
Max TV
Zen Travels

author photo

लक्ष्मी लम्साल चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्

@shree3laxmi


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

NepalKhabar Tweets

विशेष

  • नोबेल पुरस्कारमा 'उपनिवेश' अन्त्यका सर्तहरु

    यस वर्षको भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई महिलाले पाउँदा विज्ञान समाजका धेरैले खुशीयाली मनाए।

  • चुनावअघि मतदातासँग डिएनटीका सभापति डा. लोटे छिरिङ

    भुटानमा नयाँ पार्टीलाई सरकार बनाउन बहुमत

    भुटानमा नयाँ राजनीतिक पार्टी ड्रुक न्यमन रुव शोग–पा (डिएनटी) ले सरकार गठन गर्ने भएको छ।

  • भदौमा नेपाल आउँदा पशुपति दर्शन गर्दै मोदी

    अयोध्याबाट जनकपुर आउने जन्तीसँगै मोदी किन आउँदैछन् नेपाल?

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चार वर्षे कार्यकालमा पाँचौं पटक नेपाल भ्रमणमा आउने तय भएको छ।

  • ज्ञानेन्द्र शाह

    श्रीपेच सार्वजनिक भएकै भोलिपल्ट पूर्वराजाले किन गरे गणतन्त्रमाथि प्रहार?

    ज्ञानेन्द्र शाह श्रीपेच र राजदण्डजस्ता राजतन्त्रका प्रतीकलाई सार्वजनिक अवलोकनको वस्तु बनाउन चाहँदैनथे। राजतन्त्रको प्रतिक श्रीपेचजस्तो महत्वपूर्ण...