टाढाबाट

राजनीति फुटबल हो, रवीन्द्र मिश्र टेबल टेनिसका खेलाडी


Infocus


काठमाडौं १ मा मत माग्दै रवीन्द्र मिश्र
काठमाडौं १ मा मत माग्दै रवीन्द्र मिश्र
NIC ASIA

मेरा मनपर्ने दार्शनिक यूजी कृष्णमूर्तिले भन्ने गरेको एउटा भनाइसँगै ‘टाढाबाट’ स्तम्भको यो दोस्रो अंक शुरु गर्न चाहन्छु।

यूजी कृष्णमूर्ति अक्सर भन्ने गर्थे– विचारहरुमा स्थायित्व हुँदैन। अर्थात् विचारहरु अस्थिर हुन्छन्।

मैले यो प्रसंग उठाउनुको कारण छ। नेपालमा अहिले चुनावको माहोल छ। र, जर्बजस्त राजनीतिक समिकरणहरु भैरहेका छन्। ती कति विचारसंगत छन् वा छैनन्, छुट्टै बहसको विषय होला।

तर ती समिकरणहरु हेर्दा र नेताहरुले बोलेको सुन्दा ठ्याक्कै त्यस्तै लाग्छ, जो कृष्णमूर्ति भन्ने गर्थे– विचारहरुमा स्थायित्व हुँदैन।

स्थायित्व न विचारमा छ, न व्यवहारमा नै।

नेपालको राजनीति, राजनीतिक समिकरण, नेताका बोली, व्यवहार र चरित्र कुनैपनि, कतैपनि स्थिर देखिँदैनन्। दुर्भाग्य हरेक पटक ती आफुलाई पहिलो कदममा स्थिर ठान्छन। र, कालान्तरमा लर्बराउँदै लर्बराउँदै अर्कै एउटा निष्कर्षमा पुग्छन्। र, भन्छन्– बदलिँदो परिस्थिति।

पहिले परिस्थित बदल्ने नारा लगाउँछन्। पछि परिस्थितिमा आफैं बदलिएको निष्कर्ष सगर्व सुनाउँछन्।

समयको माग, जनताको चाहना र राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको जलप लगाएर आफ्ना फलामे विचारलाई सुन जस्तै टल्काउन यी खप्पीस छन्।

यी, दार्शनिकहरु जस्तो कहाँ जीवनप्रती प्रष्ट हुन सक्छन र?

सक्दैनन्।

यसैले जलपको सहारा लिन्छन्। लिइरहन्छन्। यसैले प्रयोगहरु भैरहन्छन्।

अब त प्रयोगहरु सकिए कि भन्ने लागेको थियो।

होइन रहेछ।

अब अनावश्यक सैद्धान्तिक बहसहरु हुने छैनन् कि भन्ने लागेको थियो।

होइन रहेछ।

वामगठबन्धन, कम्युनिष्ट शासन स्थापनाका कुरा र लोकतान्त्रिक गठबन्धन तथा नेपाली कांग्रेसको छटपटी हेर्दा, टाढाबाट नेपाल फेरि उही २०४७-२०४८ तिरका जस्तै सैद्धान्तिक बहसहरुतर्फ पो फर्कंदो छ। चुनाव प्रचारप्रसारका क्रममा भए गरेका टिका टिप्पणी सुन्दा नेपाल उही बीस पच्चीस वर्ष पुरानै हालमा छ।

बीचमा अनेक हावा हुन्डरी आयो। केही छिन्न भिन्न पार्यो।

पछिल्लो हुन्डरीले यताकालाई उता र उताकालाई यता पारिदिएको छ। यो हुन्डरीमा कतिले पहिले हराएका आफ्ना बा–आमा भेटेका छन्, कतिले सहारा भेटेका छन्। कोही कोही अझै हावामै हराइरहेका छन्।

कोही भर्खर ब्युउँझे झैं गरी नयाँ सपनाका कुरा गरिरहेका छन्।

सब हुन्डरीको खेल हो।

यसैले मलाई नेपाली राजनीतिक दलका विचार र नेतामा भन्दा हुन्डरीमा बढी विश्वास छ। हुन्डरी, जसले भाग्य र दुर्भाग्यसँगै लिएर आउँछ।

त्यही भाग्यको लहरोमा लहरी लहरी प्रचण्ड ओलीको काखमा, बाबुराम कांग्रेसको अंगालोमा पुगेका छन्। यो हुन्डरीमा गच्छेदारले आफ्नी आमा भेटेका छन्। अरु कतिले के के।

टाढाबाट यसो सोच्छु र हेर्छु कहाँका प्रचण्ड कहाँ पुगे? कहाँका बाबुराम कहाँ पुगे? कहाँका बैद्यहरु कहाँ पुगे?

कहाँको कांग्रेस कहाँ पुग्दैछ?

हेर्नुस्, यी बितेका पन्ध्र वर्षमा चलेको हुन्डरीले क–कसलाई कहाँ कहाँ पुर्याइदिएको।

विचारमा स्थायित्व हुन्थ्यो भने यस्तो हुँदैनथ्यो।

हावा हुन्डरी अनुसार उड्न तयार भएर बसेका बचेराहरु जस्तै लाग्छन् मलाई नेपालका राजनीतिक दल र नेताहरु।

चुनाव पनि एउटा हुन्डरी नै हो। बस, फेरि कोही उड्छ। वस्ती हेरफेर हुन्छ।

यो हुन्डरीमा हुत्तिएर आइपुगेका रवीन्द्र मिश्रबारे टाढाबाट अहिले नै धेरै कुरा नभनौं। उनको व्यक्तिगत आत्मविश्वास, अध्ययन र उत्साह अहिलेसम्म तारिफयोग्य नै छ।

तर खान पुगेपछि र दिन पुगेपछि मात्र राजनीतिमा लाग्ने आफु जस्तै पात्रहरु उनले नेपालमा कति जना भेटछन्, कहिलेसम्म भेटछन् र समग्र देशलाई पार लगाउँछन्? टुंगो छैन।

राजनीति फुटबल जस्तै खेल हो, जहाँ एउटा खेलाडी मात्रै तगडा भएर पुग्दैन। मिश्र आफु टेबलटेनिसका खेलाडीजस्ता छन्, कुरा भने फुटबलको विश्व विजेता बन्नेछ।

अरु, राजनीतिक दल र नेता त हुन्डरीका पात जस्तै हुन्।

टाढाबाट हेर्दा र तिनलाई सुन्दा, ती बीस वर्ष पहिलेकाजस्तै लाग्छन्। फरक यतिमात्रै हो, अब अरु कुरा भयो, पुग्यो भने झैं ती मेट्रो रेल, पानी जहाज र स्मार्ट सिटीको नारा लगाइरहेका छन्।

दिशा बस्ने गतिला चर्पी नभएका ठाउँमा ती कस्ता स्मार्ट सिटीका कल्पना गरिरहेका छन्, उनै जानुन्।

मैले आजसम्म अमेरिकामा पनि स्मार्ट सिटी देखेको छैन। मलाई रहर छ, नेपालका स्मार्ट सिटी हेर्ने।

विकासका लागि मुख्य रणनीतिक, नीतिगत एजेण्डाहरुमा बहस भएकै देखिँदैन। उही बाटो बनाइदिने, पुल बनाइदिने, सडक कालोपत्रे गरिदिने नारा छन्।

विकासका लागि मुख्य नीतिगत ‘डिपार्चर’ चाहिएको छ नेपालमा। तर प्रतिनिधि सभाका उम्मेदवारहरू पनि उही राज्यका स्थानीय निकायले गर्ने सानातिना कामका फेहरिस्तलाई आफ्ना मुख्य नारा बनाएर हिंडिरहेका छन्।

यीनले कहिले पत्ता लगाउँछन् नेपालमा पाइने अमला, जसलाई संस्कृतमा अमलाकी वा ‘धार्ती’ भनिन्छ, अंग्रेजीमा ‘इन्डियन गुजबेरी’ भएको? यिनले कहिले थाहा पाउँछन् हाम्रो बेल, संस्कृतमा ‘बिरानब’ र अन्तर्राष्ट्रिय बजारमा ‘बेन्गाल क्वीन्सी’ भएको?

अर्को अंकमा म नेपाली तपोभूमिका हाम्रा यस्तै विषेशताहरुका बारेमा चर्चा गर्नेछु।

 

 

प्रकाशित १० मंसिर २०७४, आइतबार | 2017-11-26 15:41:49
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • रक्सौल-काठमाडौँ रेलमार्गको पूर्व सम्भाव्यता अध्ययनका लागि भएको सहमति पत्र आदान-प्रदान

    जम्मु-कश्मीरमा रेलमार्ग बनाउने कम्पनीलाई रक्सौल-काठमाडौं रेलमार्गको जिम्मा

    भारतको आर्थिक लागतमा निर्माण हुने यो रेलमार्गको निर्माण चाहिँ भारतीय रेल मन्त्रालय अन्तर्गतको ‘इष्ट सेन्ट्रल रेलवे’ ले गर्नेछ। कोंकणलाई पूर्व...

  • जयपुरी (बायाँ) र ओनसरी २०७४ को निर्वाचनमा बामगठबन्धनको विजयपछि

    रोल्पाका दुई नेतृलाई फापेको एमाले-माओवादी एकता

    पहिलो संविधान सभा कालमा दुबै जना छोटो समयका लागि मन्त्री बने। ओनसरी युवा तथा खेलकुद मन्त्री बनिन् भने जयपुरी महिला बालबालिका तथा समाज कल्याणमन्त्री।

  • मौलाना खुर्सिद आलम अन्सारी

    सुनसरीका माैलाना खुर्सिद, जसले चार जना भारतीय आतंककारीलाई नेपाली नागरिकता दिलाए

    इन्डियन मुजाहिद्दिनका ४ लडाकुलाई आफ्नै घरमा आश्रय दिएर नेपाली नागरिकता र राहदानी उपलब्ध गराएको पत्ता लागेको ४ वर्षपछि सुनसरी भुटहाका माैलाना...

  • अलिबाबाको चमत्कारपछि चिनियाँ भन्छन्ः पैसा हुनुपर्छ, चीनमा नपाइने केही छैन

    सन् १९९५ मा शाङ्हाइमा पहिलोपटक इन्टरनेट जोडिएपछि चीनमा प्राविधिक क्रान्ति नै शुरू भयो। त्यसको अगुवाइ गर्ने व्यक्ति थिए, हाङ्चौका वासिन्दा एवं बियर...