नोबेल शान्ति पुरस्कार प्रहसन मात्रै


Infocus


साइमन पेरेज र हेनरी किसिन्जर
साइमन पेरेज र हेनरी किसिन्जर
NIC ASIA

फेरि नोबेल पुरस्कार वितरणको समय आइसकेको छ। दिन छोटोछोटो हुँदै गएको छ र हावामा नर्डिक विवेचनाको गन्ध पाउन सकिन्छ। हो, सोमबारबाट विश्वको सबैभन्दा प्रतिष्ठित पुरस्कार नोबेल वितरणको सिजन सुरु भएको छ। यो समयले हामीलाई वार्षिक रुपमा नर्वे नामक देशको अस्तित्व पनि छ भन्ने सम्झना दिलाउँछ। हप्ताभर ६ विधामा नोबेल पुरस्कार प्रदान गरिने छ। तर साहित्य (खासगरी कुनै रकस्टारलाई पुरस्कृत गरियो भने) र शान्ति विधामा दिइने पुरस्कारतर्फ मात्रै मानिसहरुले ध्यान दिनेछन्।

भर्खरै आङ सान सुकी एक जातीय नरसंहारमा सहभागी भएको भन्दै प्रतिष्ठित नोबेल शान्ति पुरस्कारबारे हंगामा खडा भएको थियो। सन् १९९१ मा ‘लोकतन्त्र र मानवअधिकारका लागि उनको शान्तिपूर्ण संघर्ष’ का लागि नोबेल शान्ति पुरस्कार पाएकी सुकीले म्यानमारका रोहिंग्या मुस्लिममाथि भएको मानवअधिकार हननबारे हप्तौँसम्म मुख खोल्न सकिनन्। सेप्टेम्बरको अन्तिममा यसबारे उनले बोल्दा पनि ट्रम्प पाराको ‘दुवै पक्ष’ भन्ने खालको भाषण गरिन्। जसलाई एमनेस्टी इन्टरनेसनलले ‘असत्यको मिश्रण र पीडितलाई दोष दिइएको’ भन्दै आलोचना गर्‍यो।

आङ सान सुकीको आचरणका कारण धेरैलाई उनी नोबेल शान्ति पुरस्कारका लागि अब योग्य रहिनन् भन्ने विश्वास दिलायो। गत सातासम्ममा करिब ५ लाख मानिसले नोबेल समितिसमक्ष उनको पुरस्कार फिर्ता लिन आग्रह गर्दै भएको अभियानमा हस्ताक्षर गरेका थिए। यति धेरै मानिस आङ सान सुकीसँग किन रिसाए, अहिले आएर म यो कुरा बुझ्न सक्छु। म साँच्चै यो कुरा बुझ्छु। तर उनी नोबेल पुरस्कारको लायक छैनन् भनेर तर्क गर्नु बकवास हो। माफ गर्नुहोला, तर आङ सान सुकी सो पुरस्कारका लागि बिल्कुलै लायक छिन्। नोबेल समितिसँग उनको पुरस्कार फिर्ताको माग राख्नु यो पुरस्कार के कोे प्रतीक हो भन्ने कुरा नबुझ्नु हो। सोझै भन्ने हो भने यो पुरस्कारको कुनै अर्थ छैन।

नोबेल पुरस्कार एउटा प्रहसन हो, यो सत्यलाई सामना गरौँ। यो लामो समयदेखि प्रहसन बन्दै आएको छ। साँच्चै नै हामीले ढोङ बन्द गर्नुपर्ने बेला हो यो। मानिसहरु ‘नोबेल शान्ति पुरस्कार’ पाउनेहरु पाखण्डी र युद्धअपराधीहरु हुन् भन्ने कुरा सोझै भन्न सक्छन्। मलाई थाहा छ, सबै पुरस्कृतहरु उस्तै छैनन्। डेसमन्ड तुतुजस्ता शान्तिका लागि काम गरेका मानिस पनि पुरस्कृत भएका छन्। तथापि थुप्रै पटक त्यस्तालाई पुरस्कार दिइएको छ, जसका कारण पुरस्कार नै निरर्थक बनेको छ।

यसमध्ये प्रमुख रुपमा १९७३ मा पुरस्कृत हेनरी किसिन्जर पर्दछन्। उनलाई भियतनाममा युद्धविराम सम्झौताका लागि खेलेको भूमिकाका लागि पुरस्कृत गरिएको थियो। भियतनाममा युद्धविरामको छलफल गर्दै गर्दा किसिञ्जर गुपचुप रुपमा कम्बोडियामा रौँजति स्थान पनि खाली नरहनेगरी बम खसाइरहेका थिए। फेब्रुअरी १९७३ मा वाशिंगटन, हनोइ र साइगनले पेरिस शान्ति सम्झौतामा हस्ताक्षर गरेको एक महिनापछि सबैभन्दा भयानक बमबर्षा सुरु भएको थियो। त्यसैले किसिञ्जरसँगै पुरस्कृत गरिएका भियतनामी कम्युनिष्ट नेता ले डुक थोले असन्तुष्टि जनाउँदै पुरस्कार अस्वीकार गर्नु खासै आश्चर्यजनक कुरा थिएन।

त्यसपछि साइमन पेरेजको नाम आउँछ। उनलाई सन् १९९४ यित्जाक राबिन र यासेर अराफातसँगै पुरस्कार प्रदान गरिएको थियो। पुरस्कृत हुनुभन्दा अगाडिका दशकहरुमा पेरेजले व्यवस्थित तरिकाले इजरायलको आणविक शक्ति बढाउन सहयोग गरेका थिए, जुन नोबेल समितिको सर्तविपरीत थियो। नोबेल पुरस्कार त तिनलाई दिइनुपथ्र्यो, जसले आफ्नो देशलाई असैनिकीकरण गर्थे। अझ पुरस्कार पाएको दुई वर्षपछि लेबनानको काना सहरस्थित राष्ट्रसंघको कम्पाउण्डमा शरण लिइरहेका १०६ व्यक्तिको नरसंहारका लागि पनि पेरेज नै जिम्मेवार थिए।

किसिञ्जर र पेरेज ज्वलन्त उदाहरणभित्र पर्दछन् भने पुरस्कृत अन्य संदिग्ध नामहरुमा बाराक ओबामा, कोलम्बियाली नेता जुआन म्यानुएल सान्तोष र युरोपेली युनियन पनि पर्दछन्।

नोबेल शान्ति पुरस्कार यति बद्नाम भइसकेको छ कि केही शान्ति अभियन्ताहरु यससँग जोडिन समेत चाँहदैनन्। पूर्व आणविक प्राविधिक मोर्देसाइ भानुनुले बारम्बार नोबेल शान्ति पुरस्कारको मनोनयन सूचीबाट आफ्नो नाम हटाइदिन अनुरोध गरेका थिए। उनले इजरायलको आणविक कार्यक्रमबारे सूचना चुहाएको आरोपमा १८ वर्ष जेलमा बिताएका थिए। २००९ मा उनले नोबेल समितिलाई पठाएको पत्रमा उनले आफू ‘इजरायली आणविक नीतिका लागि जिम्मेवार साइमन पेरेजसँगै पुरस्कृतहरुको सूचीमा पर्न नचाहेको’ बताएका थिए।

सायद नोबेल पुरस्कार प्रहसनमा बदलिनेबाहेक यससँग अन्य कुनै अपेक्षा गर्न सकिँदैन। हुन पनि यसले गल्तीवश जन्म लिएको थियो। कथाअनुसार १८८८ मा एक फ्रान्सेली पत्रिकाले गल्तीवश डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलको मृत्यु भएको समाचार लेख्यो। ‘अरु मानिसलाई एकदमै छिटो मार्ने तरिकाको आविष्कार गरेर धनी बनेका डा. अल्फ्रेड नोबेलको हिजो मृत्यु भएको छ,’ पत्रिकाले लेखेको थियो। आफूलाई ‘मृत्युको सौदागर’ का रुपमा सम्झिइने कुरा थाहा पाएर अल्फ्रेड नोबेल मरेतुल्य भए। त्यसैले उनले नोबेल पुरस्कार स्थापना गरे। यो हिसाबकिताब गरेर आफूलाई रिब्राण्ड गर्ने प्रयास थियो, पिआरको अभ्यास थियो।

तपाईंलाई लाग्न सक्छ नोबेल शान्ति पुरस्कार प्यारोडीभन्दा परको स्थानमा पुगिसकेको छ। पक्कै पनि। टम लेहररले चोटिलो भनाइ सम्झनायोग्य छ, ‘किसिन्जरलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेपछि राजनीतिक व्यंग्य थोत्रो भयो।’ तथापि नोबेल पुरस्कारले साँच्चिकै प्रसिद्ध प्यारोडीलाई जन्म दिएको छ। १९९१ देखि प्रत्येक वर्ष आइजी नोबेल पुरस्कार दिइँदै आएको छ। यो पुरस्कारले ‘पहिले मानिसलाई हँसाउने र पछि सोच्न बाध्य तुल्याउने’ असाधारण उपलब्धिहरुलाई मान्यता प्रदान गर्दै आएको छ। गत वर्षको आइजी नोबेल शान्ति पुरस्कार ‘अन द रिसेप्सन एन्ड डिटेक्सन अफ स्युडो–प्रोफाउन्ड बुलसिट’ नामक अध्ययनका लेखकहरुलाई प्रदान गरिएको थियो। यो अध्ययनको परिचय खण्डको सुरुवात यसरी गरिएको थियोः ‘बकवासबारे’ मा दार्शनिक फ्र्यांकफर्टले बकवासलाई त्यस्तो कुरा जुन अरुलाई प्रभावित पार्न रचिएको हुन्छ तर यसको तथ्यसँग कुनै चासो हुँदैन भनी परिभाषित गरेका छन्।’ म यसबारे केही जान्दिनँ, तर वास्तविक नोबेल शान्ति पुरस्कारको उपयुक्त परिभाषा यही होजस्तो मलाई लाग्छ।

(१ अक्टोबर २०१७ मा द गार्जियनमा प्रकाशित आलेखका भावानुवाद)

प्रकाशित १८ असोज २०७४, बुधबार | 2017-10-04 18:52:44
Max TV
Max TV
Zen Travels


प्रतिकृया दिनुहोस

NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Max TV
Hamro Patro
Classic Tech
Loading...
NTC
NLIC
Westar
Yamaha
Hyundai
Machhapuchhre Bank
Prabhu Bank
City Express
Loading...

विचार

सुखद शुक्रबार

Max TV
Hamro Patro
Classic Tech

रोचक

NepalKhabar Tweets

विशेष

  • योगेश भट्टराई

    आफैले ‘मन्त्री बनाउँछु’ भनेका योगेशमाथि प्रम ओलीको तीन ‘कू’

    ओली नै थिए, जसले गत निर्वाचनका क्रममा ताप्लेजुङको चुनावी सभामा भनेका थिए, ‘तपाईंहरुले जिताएर पठाउनुस्, म योगेशलाई मन्त्री बनाउँछु।’तर पटक पटकको...

  • पुष्कर कार्की

    एआईजीको फुली थाप्नासाथ बेहोस ‘दोस्त’ भेट्न अस्पताल

    ‘संगठनभित्रको आन्तरिक बिषय बाहेक अन्यले हाँस्ने, टीका टिप्पणी गर्ने, कसले कहाँ बस्दा के गर्यो, को प्रहरी कर्मचारी कसको पक्षमा लागेर हिँडेको छ भनेर...

  • नरेन्द्र मोदी

    मोदीको पहिलो प्रधानमन्त्रित्वकालमा चीन, अमेरिका र नेपाललाई बराबरी प्राथमिकता

    प्रधानमन्त्री भएयता मोदीले आफ्नो शासनको १ हजार ५ सय ९१ दिनमा साढे ११ प्रतिशत समय त विदेशमा नै बिताएका रहेछन्।