ब्लग

बेइजिङमा जब भयो ओठ–सेवाको चर्चा



बेइजिङमा दूताबासले आयोजना गरेको छलफल
बेइजिङमा दूताबासले आयोजना गरेको छलफल

चीनले सन् २०१३ मा थालेको बीआरआईमा सन् २०१७ को मेमा नेपालले साना दुःखले हस्ताक्षर गरेको थिएन। कति धुपौरेहरूले ‘हस्ताक्षर मात्रै हो, काम हुन दिइने छैन’ भनेर प्रभुप्राणनाथसम्म विन्ती बिसाएको पनि सुनियो।

‘ओठ–सेवाले जनतालाई केही दिनसक्ने छैन अर्थात् लिप सर्भिस् वील ब्रिङ नथिङ टु द पिपुल।’

नेपाल–चीन दौत्य सम्बन्ध स्थापनाको ६२औं वार्षिकोत्सव रचनात्मक बनाउन बेइजिङस्थित नेपाली राजदूतावासले साउन १७ अर्थात् अगष्ट १ तारिखका दिन आयोजना गरेको एउटा अर्थपूर्ण अन्तर्क्रिया कार्यक्रमस्थलमा एकाएक सन्नाटा छायो। कार्यक्रममा निम्त्याइएका पाहुनाहरू नेपालका लागि पूर्व चिनियाँ राजदूत, तिब्बत, हङकङ र क्वाङ्चौका महावाणिज्य दूतहरू, विभिन्न विश्वविद्यालयका प्रोफेसरहरू, चिनियाँ थिंक ट्यांक, विचारक तथा विश्लेषकहरू, पत्रकारहरू तथा नेपालसम्बन्धी जानकारहरू थिए।

कार्यक्रममा नेपाल–चीन सम्बन्धका अनेकन अध्याय र नेपालले चीन–भारत मध्यस्थ रही लाभ नै लाभ हासिल गर्नसक्ने आयामहरू औंल्याइयो। अरनिको, भृकुटीका पालादेखिको नेपाल–चीन सम्बन्ध एक्काइसौं शताब्दीमा आईपुग्दा बेल्ट एण्ड रोड इनिसियटिभ्स (बीआरआई) देखि नयाँ अध्यायमा प्रवेश गरेकोमा सबैले समर्थन गरे। विश्व आर्थिक साम्राज्य हाँक्न तम्तयार चीन र भारतका बीचमा रहेकाले नेपालले यसै पनि विकासको सुगन्ध लिन पाउनेमा सबैको मतैक्यता थियो। चाइना इन्स्टिच्युट् अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसन्सका दक्षिण तथा दक्षिण पूर्व एसिया निर्देशक हु श् शङले ‘हिमालपार क्षेत्रको शान्ति तथा समृद्धिका लागि नेपाल–चीन सम्बन्ध’ विषयक कार्यपत्र प्रस्तुत गर्दै ‘चीन–भारतको पुलको रूपमा नेपालले भूमिका निर्वाह गर्नसक्ने’ बताएपछि नेपाली सहभागीहरू ‘हामी पनि केही त रैछौं’ भन्ने स्वाभिमानले भरिए। चिनियाँ सहभागीहरू पनि आफ्नो भनाईलाई अनुमोदन गरिएकोमा उसै रौसिए। तर बीचमा आएका एकजना पाहुना (सम्मानका लागि नाम नखुलाउँ) को एउटा वाक्यले रसाइरहेको मुख र मीठो गाँसमा अचानक कडा ढुंगो लगाइदियो।

बीआरआईका परियोजना अघि बढाउनका लागि चीनले प्रस्ताव माग गरिरहेको छ। ती अथितिले क्रस बोर्डर कनेक्टिभिटी, भौतिक संरचनाको विकास, नेपाली व्यापार क्षेत्रको विविधिकरण, पर्यटन, कन्फ्युसियस इन्स्टिच्युटमार्फत् चिनियाँ सँस्कृतिको प्रवर्धन र चिनियाँ मेडिकल टिमले गरेका कामको फेहरिस्त सुनाउँदै हामीले के गर्नुपर्ला भनेर सविस्तार व्याख्या पनि गरे।

चीनले सन् २०१३ मा थालेको बीआरआईमा सन् २०१७ को मेमा नेपालले साना दुःखले हस्ताक्षर गरेको थिएन। हुन पनि यो अभियानमा दुई लाइन हस्ताक्षर धस्काउन मिडिया, थिंक ट्यांक, नेता, कर्मचारीतन्त्र, विकासका पक्षपातीदेखि अरौटे भरौटे सबैले लेखेर, बोलेर, घुच्याएर वा फकाएर कम्ती पातलो पापड बेल्नुपरेको थिएन। कति धुपौरेहरूले ‘हस्ताक्षर मात्रै हो, काम हुन दिइने छैन’ भनेर प्रभुप्राणनाथसम्म विन्ती बिसाएको पनि सुनियो। तथापि विकासको इच्छाशक्ति भएको एउटा साझेदारको स्वार्थले अवश्य नै नेपाललाई पनि विकासको धारमा लपेट्ने भरोसा त जागेकै छ। जे भएपनि हस्ताक्षर मात्रै भएपनि अहिलेका लागि यो एउटा खुशी नै थियो।

‘ओठ–सेवाले जनताका लागि केही ल्याउन सक्ने छैन अर्थात् लिप सर्भिस् वील ब्रिङ नथिङ टु द पिपुल।’

उनको यो शब्दमा व्यक्त भावनाले ओठ–सेवाले दाँतलाई खासै असर नगर्नुपर्ने हो। दाँतमा ढुङ्गाको घर्षण नबढोस् भनेर कार्यक्रम आयोजकका तर्फबाट राजदूत लीलामणि पौडेलले सम्झाएः ‘हामीले तिमीहरूको राजनीतिमा हस्तक्षेप गरेका छैनौं, त्यसैले तिमी पनि अर्काको आन्तरिक मामिलामा जान्ने नहोउ।’

एक हिसावले मुखतोड जवाफपछि दाँत त केही सञ्चो भयो।

नेपालमा दुई–चार वर्ष बसेका ती चिनियाँ विद्वानले नेपाली नेताहरूले कसरी ओठे आश्वासन बाँड्ने रहेछन् भन्ने कुरा अरूका सामु फुस्काउनै खोजे। नेपालमा नेताहरू बोल्छन् मात्रै तर काम गर्दैनन् भन्ने कुरा उनलाई पनि थाहा रहेछ। तथापि हाम्रो राजनीतिक लुछाचुँडी जेसुकै होओस्, हाम्रा नेताहरूले जोसुकैले जस्को पो खुट्टा तानून्, ईर्ष्या, डाह, रिसराग, अहंकार जेसुकै राखून्, पथभ्रष्ट होउन् कि मतिभ्रष्ट त्यो घरभित्रको कुरा हो, छिमेकीको एक विद्वानलाई के चासो?

एउटा नेताले आफ्नो मृत्युपूर्व छिटै आउने वाचा गरेको मेलम्ची अझै काठमाडौंवासीमाझ पुगेको छैन। दशकमा १० किलोमिटर बाटो खनेर पनि देश चल्नेरहेछ। पूर्वपश्चिम रेलका गीतहरू घन्काएरै चित्त बुझाए हुनेरहेछ। कैयन् अपराधी, भ्रष्टचारीहरू स्वतन्त्र साँढे झैं सहरबजारमा डुक्रिँदा पनि ‘छिट्टै’ पक्रिने भन्ने निकायको शब्दकोषमा ‘छिटोको परिभाषा’ कसरी गरिएको छ, थाहा छैन। तर पनि नेपालीले ‘छिट्टै’ को आश्वासन पाउन कहिल्यै छोडेनन्।

आगलागी, बाढी, पहिरो, भोकमरी, महामारी, भूकम्पजस्ता तत्काल व्यवस्थापन गर्नुपर्ने विपत्तिमा त हाम्रो राजनीतिक प्रणालीले धैर्यताका साथ वर्षौं लगाएर काम गर्छ, अझ भनौं चुनाव नआउने बेलासम्म काम नगर्न पनि सक्छ। या त आफ्नो सत्ता बनेपछि मात्रै सबै ठीक हुने, सत्ता ढलेपछि गर्नै आँटेको काम गर्न दिएनन् भनेर उल्टै वबिपत्तिपीडितबाटै सान्त्वना खोज्ने काम गर्न सक्छ। तर पनि फेरि आफ्नै सरकार बनेपछि तिनै समस्यालाई संबोधन गर्ने झूठ दोहोर्याउँदा पनि यो समाजले पत्याउनै परेको छ।

एउटा नेताले जनतालाई झुक्याएको वा झूठा कुराहरू प्रचार गरेकोमा कुनै कानुन लाग्दैन, जरिवाना तिर्नुपर्दैन। क्षणभंगूर सही, निहितार्थका लागि कस्तै वान्ता गरेपनि त्यसविरूद्ध सजाय सुनाउने अदालत हुँदैन। वर्षौं लाग्ने काम पनि छिट्टै हुने, केही घण्टामै हुने, तत्कालै हुने, अहिल्यै वा भर्खरै, हप्तादिनमा वा महिनादिनमै, केही रातमै वा केही विहानीमै हुने वा भैसक्ने भनेर खुलेआम हावातालमा बोल्दा पनि कसैको केही लाग्दैन। अनि समाचार सुन्नुपर्ने हुन्छ, काम नहुने भो, समय लाग्ने भो, नीति बाधक, पार्टी पार्टीबीच मतभेदले ठप्प, २० वर्षको कामको प्रगति २० प्रतिशत, ठेकेदार बेपत्ता, दलीय भागवण्डा, दलीय कमिसनमा विवाद आमा–बच्चा–महिला–युवा समूह लगायतको माग र क्षतिपूर्ति अवरोध आदि आदि। विकास निर्माणमा निम्तिने यस्ता झिनामसिना उल्झनको स्पष्ट व्यवस्थापन गर्न जसको इच्छाशक्तिले काम गर्दैन, उसैले भनेको अहिलेको अहिल्यै, तुरून्त, ‘छूमन्तर’ को तालमा काम फत्ते गर्ने ओठ–सेवामा निमुखा जनता किन नरमाउने?

सेवाभावको पवित्र राजनीति गर्ने कुनै पनि नेतालाई औजार पनि चाहिंदैन। आफ्नो भौतिक देह लिएर पीडितका वस्ती वस्तीसम्म पुग्यो भने मात्रै पनि ढलेका खम्बाहरू यसै ठडिन थाल्छन्। नैराश्यले लत्रिएका पाखुराहरू जुर्मुराउन थाल्छन्। २–४ दिन झुपडीमा छिर्ने हो भने पनि नवजीवन सल्बलाउन सक्छ। तर यतिसम्म उदारमना राजनीतिक सँस्कार देख्न कहिलेसम्म कुर्नुपर्ने हो? यस्ता कल्याणकारी, मनका सच्चा, जननेता जन्माउन कति गर्भ कुर्नुपर्ने हो, यसै भन्न सकिँदैन।

ओठ सेवाले जनताको क्षणिक प्यास त मेट्ला तर यसले दीर्घकालीन तुष्टी दिनसक्दैन। ओठ सेवाकै भरमा हाम्रा नेताले दीर्घकालदेखि तुष्टी लिइरहेका छन्। यस्तै तुष्टीमा हाम्रा नेताहरूको अन्तर्राष्ट्रिय पहिचान बन्नबाट रोकौं।

प्रकाशित २३ साउन २०७४, सोमबार | 2017-08-07 18:02:38


प्रतिकृया दिनुहोस

Loading...
Loading...

विचार

सुखद शुक्रबार

ब्लग

प्रविधि

NepalKhabar Tweets

विशेष

  • अन्तिम दोश्रो भोज

    ‘सगरमाथा र लुम्बिनीबिना पनि यो कोटीहोम सम्पन्न हुनपर्छ। एकैछिनको कुरा त हो, न त्यो धरोहर रहन्छ, न हामी। त्यसका खातिर स्लखित हुनै आँटेको नली...

  • प्रधानमन्त्री केपी ओली पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गर्दै

    नयाँ प्रधानमन्त्री वीपीजस्तो कि महेन्द्रजस्तो?

    वीपीले भन्ने गरेको माटो र महेन्द्रले भन्ने गरेको माटोमा फरक छ। हो, यो माटोको फरक बुझ्न सकिएन भने फेरि पनि नेपाली माटो सुहाउँदो ‘कम्युनिज्म’ नेपालमा...

  • 'महिला बालबालिकाले न्याय पाउँछन्'

    एमाले नेता थममाया थापा मगर, ५८ एमाले केन्द्रीय राजनीतिमा पुग्ने थाेरै महिलामध्ये एक हुन्।

  • एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पिएनबीमा १ खर्ब ११ करोडको घोटाला

    नेपालस्थित एभरेष्ट बैंकको प्यारेन्ट कम्पनी पञ्जाब नेशनल बैंक (पिएनबी) मा एक खर्ब ११ करोड भारतीय रुपैयाँ घोटाला भएको छ।