ad ad

छापा खबर


सामाजिक सञ्जालले बढायो आत्महत्या, दैनिक १५ व्यक्तिको अवसान

सामाजिक सञ्जालले बढायो आत्महत्या, दैनिक १५ व्यक्तिको अवसान

नेपालखबर
असार ३, २०७६ मंगलबार १:३८,

विधिको प्रयोगले आत्महत्याको संख्या बढाएको तथ्यांकले देखिएको छ।

अहिले नेपालमा दैनिक १५ व्यक्ति आत्महत्या गर्छन्, त्यसमध्ये अधिकांशको नयाँ प्रविधिको दुरुपयोग मृत्युको कारण बनेको छ।

नेपाल प्रहरीको रिपोर्ट लेख्छ, ‘समाजमा हुने बिभिन्न खाले आपराधिक घटनामा आत्महत्याको संख्या हरेक दिनजसो बढ्दै गएको देखिन्छ, यसमा नयाँ प्रविधि पनि कारकका रूपमा देखिएको छ।’

मुलुकमा सडक दुर्घटनापछि सबैभन्दा धेरै व्यक्ति आत्महत्याका कारण मृत्युको मुखमा पुगेका छन् । एक बर्षमा नेपालमा ५ हजार २ सय ८० जनाले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेल बताउँछन्।

नयाँ प्रविधिका रुपमा रहेको सामाजिक सञ्जालको प्रयोग आउनुअघि हुने गरेको आत्महत्यामा पारिवारिक यातना मुख्य कारणका रुपमा थियो भने अहिले त्यस प्रकारका प्रविधिको दुरुपयोग मुख्य बनेको डिआईजी पोखरेल बताउँछन्।

पछिल्लो समय भइरहेका आत्महत्या गर्नेको कारण खोज्ने हो भने २४ प्रतिशतले आवेगमा आएर आत्महत्या गरेको देखिन्छ प्रवक्ता पोखरेलले जानकारी दिएको खबर आजको नेपाल समाचारपत्रमा दीपक रिजालले लेखेका छन्।

नैराश्यता र मानसिक दीर्घ रोगका कारण १५ दशमलव ५ प्रतिशत, पारिवारिक कलहका कारण पनि १५ दशमलव ५ प्रतिशत नै, गरिबिका कारण ७ दशमलव ५ प्रतिशत, प्रेममा धोका पाएको कारण ५ शदमलव ५ प्रतिशत, असफलताका कारण २ दशमलव ५ प्रतिशत, आर्थिक लेनदेनका कारण २ प्रतिशत, व्यावसायिक असफलताका कारण १ दशमलव ५ प्रतिशत र नयाँ प्रविधिको दुरुपयोगका कारण २४ प्रतिशतले आत्महत्या गर्ने गरेको उनले जानकारी दिए।

बितेको ६ बर्षमा आत्महत्या गर्नेको संख्या २७ हजार ९ सय १४ छ। आवेगमा आएर आत्महत्या गर्ने युवा युवतीको कारण खोज्ने हो भने सामाजिक सन्जालको दुरुपयोग बढी रहेको देखिन्छ, डीआईजी पोखरेलले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .