ad ad

छापा खबर


अमेरिकाको चेतावनीपछि घट्यो हुवावेको बिक्री

अमेरिकाको चेतावनीपछि घट्यो हुवावेको बिक्री

नेपालखबर
असार ३, २०७६ मंगलबार ०:३५,

चिनियाँ दूरसञ्चार कम्पनी हुवावेका संस्थापकले पछिल्लो समय अमेरिकाले प्रतिबन्ध लगाउने चेतावनी दिएसँगै आफ्नो कम्पनीका मोबाइल बिक्री घटेको जनाएका छन्।
रेन जेङ्फीका अनुसार एक महिनाको अवधिमा चीनबाहिर हुवावे मोबाइल बिक्री ४० प्रतिशतले घटेको हो।
हुवावे मुख्यालयमा बोल्दै रेनले अगामी दुई वर्ष कम्पनीले करिब ३० खर्ब डलर बराबरको उत्पादन कटौती गर्ने जनाए।
उनले भने, ‘हो, हुवावेको बिक्री ४० प्रतिशतले गिरेको हो।’ यो खबर आजको कान्तिपुरमा छापिएको छ।
रेनका अनुसार चिनियाँ बजारमा भने मोबाइलको बिक्री यथावत् नै छ। हुवावेले सन् २०१८ मा २० करोड ६० लाख मोबाइल बिक्री गरेको थियो। जसमध्ये आधा चीनमा र आधा अन्तर्राष्ट्रि बजारमा बिक्री भएका थिए। गतमहिना अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेको थियो।
उक्त निर्णयसँगै हुवावेले अमेरिकामा व्यापार तथा सहकार्यका लागि अनुमति लिनुपर्ने हुन्छ।
उक्त कदम अमेरिकी बजारमा चिनियाँ कम्पनीको व्यापार विस्तार रोक्ने रणनीतिका रूपमा समेत लिइएको छ ।
हुवावेको फाइभ–जीलगायत प्रविधि अमेरिका र चीनबीच जारी व्यापार विवादको प्रमुख जड हो। अमेरिकाले चीनमाथि बौद्धिक सम्पत्ति तथा प्रविधि चोरी गरेको आरोप लगाउँदै आएको छ।
त्यसका साथै अमेरिकाले हुवावेको ‘फाइभ–जी’ प्रविधि कुनै पनि राष्ट्रका लागि सुरक्षाका हिसाबले जोखिमपूर्ण भएको दाबी गर्दै निकटस्थ राष्ट्रलाई जडान नगर्न आग्रह गर्दै आएको छ ।

त्यसका साथै हुवावेले चिनियाँ सरकारका लागि जासुसी गर्ने अमेरिकी दाबी छ । हुवावेकी प्रमुख वित्तीय अधिकृत तथा उपाध्यक्ष मेङ वाङ्झुलाई अमेरिकाको आग्रहमा क्यानडाले पक्राउ गरेपछि दुई देशबीच ब्यापर युद्ध चर्केको हो। मेङ हुवावे संस्थापक रेनकी छोरी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .