Tata MotorsTata Motors

डिएसपीको कुर्सीमा बसेर फोटो खिच्ने जेल चलान


नेपालखबर
काठमाडौं, असार ३

प्रहरी नायव उपरीक्षक (डिएसपी)को कुर्सीमा बसेर फोटो खिच्ने भारत बैंगलोर कनिका २५ वर्षीय हर्कराज भनिने ओसमान डायनियल गुरुङ पुर्पक्षाका लागि जेल चलान गरिएको छ।

उनी झापा विर्तामोड नगरपालिका–५ मा बस्दै आएका थिए।

काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षाका लागि जगन्नाथ देवलस्थित केन्द्रीय कारागार चलान गर्ने आदेश गरेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानपछि मुद्दा दर्ता गरेको हो। पक्राउपछि उनलाई झापास्थित इलाका प्रहरी कार्यालय बिर्तामोडले कारबाहीका लागि महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो।

प्रहरीका अनुसार अनाधिकृत तवरले डिएसपीको कुर्सीमा बसेर फोटो खिचेर त्यसलाई सामाजिक सञ्जालमार्फत ‘भाइरल’ बनाएको पाइएपछि विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गरिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले भने, ‘उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा चलाइएको थियो । सोही मुद्दामा उनलाई अदालतले पुर्पक्षाका लागि जेल चलानको आदेश सुनुवाइ गरेको छ।’

झापाको बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका तत्कालीन प्रमुख डिएसपी सुवास खड्का बस्ने कुर्सीमा बसेर उनले फोटो खिचेका थिए । उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट भएपछि भाइरल भएको थियो।

फोटो पोष्ट भएपछि डिएसपी खड्कामाथि प्रदेश १ प्रहरी मुख्यालयले छानविन नै गरेको थियो । यसका लागि उनलाई प्रदेश प्रहरी मुख्यालय तानिएको थियो।

प्रहरीका अनुसार गुरुङ भारतीय नागरिक भए पनि नेपाल बसेर मेन पावर व्यवसाय गर्दै आएका थिए।

यस क्रममा उनले विभिन्न व्यवसायी तथा व्यापारीलाई ‘प्रहरीको मान्छे हुँ’ भन्दै धम्काउने गर्थे । फोटो पोष्ट गरेका दिन पनि उनले स्थानीय व्यापारिलाई सोही फोटो देखाउँदै धम्काएका थिए । पोष्ट गर्दा भने उनले ‘आई एम द टुडेज डिएसपी’ क्याप्स लेखेका थिए।

असार ३, २०७६, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors