ad ad

छापा खबर


ज्यान लिने चालकलाई उम्काउन नक्कलीलाई मुद्दा !

ज्यान लिने चालकलाई उम्काउन नक्कलीलाई मुद्दा !

नेपालखबर
असार २, २०७६ सोमबार २३:५०,

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त खडा गरी मुद्दा प्रक्रिया अघि बढाएपछि प्रहरी विवादमा फस्यो।

सोही कारण केही प्रहरीविरुद्ध फौजदारी मुद्दा नै दर्ता भयो। तर, त्यो घटनापछि पनि प्रहरी अनुसन्धानमा जालझेल रोकिएको छैन।

सवारी दुर्घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक दोषीलाई जोगाउँदै आएको खुलेको छ। यो खरब आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्।

सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैँडाकोटका इन्सपेक्टर लोकराज जिसी अहिले अख्तियारको हिरासतमा छन्।

१० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई २१ जेठमा पक्राउ गरेको हो।

०७३ चैत १७ गते तिलोत्तमा नगरपालिका ७ मा दुर्घटना भयो। लु.७ प ७८६४ नम्बरको मोटरसाईकलको ठक्करबाट गुरुप्रसाद आलेको मृत्यु भएको थियो।

मोटरसाईकल चालक दुर्गा केसी थिए। चालक केसीको सवारीचालक अनुमतिपत्र थिएन।

लाइसेन्स नभई सवारी चलाएर दुर्घटना गराउँदा कडा सजाय हुने प्रावधान छ। त्यसकारण नक्कली चालकको रुपमा मिथुन भण्डारीलाई खडा गरेर उनी विरुद्ध मुद्दा चलाइएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .