Tata MotorsTata Motors

विधेयककाे बिराेध भइरहँदा थप २९ विधेयक ल्याउँदै सरकार


नेपालखबर
काठमाडौं, असार २

संसद्मा दर्ता भएका विभिन्न विधेयकका कारण देश आन्दोलित भइरहेका वेला सरकारले थप २९ वटा नयाँ विधेयक ल्याउने तयारी गरेको छ।

भ्रष्टाचार नियन्त्रणदेखि संवैधानिक पदाधिकारीलाई पदमुक्त गर्न लगाइने महाअभियोगसँग सम्बन्धित विधेयक सरकारले ल्याउँदै छ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

२९ वटै विधेयकका मस्यौदामा कानुन मन्त्रालयले सहमति दिइसकेको छ । अब मन्त्रिपरिषद्ले स्वीकृत गरी तिनलाई संसद्मा दर्ता गर्न मात्र बाँकी छ ।

सरकारले संसद्मा दर्ता गर्न लागेका विधेयकमा सामाजिक व्यवहार सुधारसम्बन्धी विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकलगायत रहेका छन् ।

यस्तै, नेपाल स्काउट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसद्मा दर्ता हुने चरणमा पुगेको छ ।

सरकारले महाअभियोगसम्बन्धी कानुनसमेत परिवर्तनका लागि संसद्मा विधेयक पेस गर्दै छ । त्यसका लागि मन्त्रिपरिषद्को निर्णय मात्र बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ ।

यो विधेयकमा कानुन मन्त्रालयले संशोधनका लागि सहमति दिइसकेको छ । यस्तै, कृषि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विधेयक पनि सरकारले ल्याउने तयारी गरेको छ ।

आमसञ्चारसम्बन्धी व्यवस्था गर्न विधेयक आउँदै
प्रेस स्वतन्त्रतालाई खुच्याउने गरी मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विरोध भइरहेको वेला सरकारले आमसञ्चारसम्बन्धी व्यवस्था गर्ने विधेयक ल्याउने तयारी गरेको छ।

कानुन मन्त्रालयबाट सहमति लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा लेख्ने प्रक्रिया अघि बढाएको छ ।

असार २, २०७६, सोमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors