ad ad

छापा खबर


२० भन्दा धेरै युवतीलाई विवाह गर्छु भन्दै फसाउने आचार्य परे प्रहरी फन्दामा

२० भन्दा धेरै युवतीलाई विवाह गर्छु भन्दै फसाउने आचार्य परे प्रहरी फन्दामा

नेपालखबर
असार २, २०७६ सोमबार ०:२२,

ज्ञानेश्वरकी किरण शाह त्यतिबेला छाँगाबाट खसेझै भइन्, जतिबेला एक अपरिचित युवतीले हुनेवाला दुलाहाको असली धन्दा पर्दाफास गरिन्।

त्यस वेलासम्म ढिला भइसकेको थियो। नगुम्नुपर्ने गुमिसकेको थियो।

महानगरीय प्रहरी परिसर काठमाडौँ टेकुस्थित कार्यालयमा आइतबार भेटिएकी उनी प्रहरीसँग भन्दै थिइन्, ‘त्यसले मेरो सबै सक्यो। त्यसविरुद्ध कानुनी कारबाही गरिपाऊँ।’ यो खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

प्रहरीका अनुसार उनलाई प्रेमको चंगुलमा पारी फसाउने नवलपरासी डन्डाका २८ वर्षीय रोनाल्डराज आचार्य थिए। केही साता पछिमात्र उनीहरुबीच इन्गेजमेन्ट हुँदै थियो।

यसका लागि राजधानीको पाँचतारे होटल बुक गरिएको थियो। उपहार दिन डेढ करोड पर्ने ल्यान्डरोभर कारसमेत तयार थियो।

तर, जब हुनेवाला दुलाहाको असली धन्दा सतहमा आयो, सबै योजना तासको घरझैँ भताभुंग हुन पुगे।

आचार्य अहिले प्रहरी हिरासतमा छन् भने युवती न्यायको खोजीमा भौतारिरहेकी छन्।

प्रहरीका अनुसार आचार्यले शाह जस्ता २० भन्दा धेरै युवतीलाई यसैगरी फसाइसकेका काठमाडौँ परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए।

पीडित युवती खानदानी घरानाका भएकाले उनीहरु खुलेर आउन सकिरहेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .