ad ad

छापा खबर


नेपालले दिगो विकास लक्ष्य प्राप्त गर्न ३०३ खर्ब आवश्यक

नेपालले दिगो विकास लक्ष्य प्राप्त गर्न ३०३ खर्ब आवश्यक

नेपालखबर
असार १, २०७६ आइतबार २३:५१,

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य (एसडिजी) का लागि नेपालमा ३०३ खर्ब ८४ अर्ब लगानी आवश्यक रहेको औँल्याएको छ।

संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि २०३० सम्मका लागि एसडीजी अघि सारेकोमा आयोगले ती लक्ष्य हासिल गर्नका यति धेरै रकम आवश्यक पर्ने औँल्याएको खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

एसडीजीका लागि आवश्यक आंकलन, लागत र वित्तिय रणनीतिबारे आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)ले संयुक्त रुपमा अध्ययन गरेका थिए।

गरिबी अन्त्य, शून्य भोकमरी, असल स्वास्थ्य, गुणस्तरिय शिक्षा, लैंगिक समानता, स्वच्छ खानेपानी तथा सरसफाई, स्वच्छ उर्जा, आर्थिक बृद्धि, उद्योग, पूर्वाधार, असमानताको अन्त्य, दीगो सहर र समुदाय, जिम्मेवार उपभोक्ता र उत्पादन, जलवायु, शान्ति र न्याय लगायतका १७ लक्ष्य अघि सारेको छ।

१७ लक्ष्य हासिल गर्नका लागि आयोगले तयार पारेको प्रतिवेदनमा सरकारी क्षेत्रबाट ५५ प्रतिशत, निजी क्षेत्रबाट ३६ प्रतिशत र बाँकी अन्य क्षेत्रबाट लगानी गर्ने उल्लेख छ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .