Tata MotorsTata Motors

यसरी बढ्दै छ विदेशी पुरुषसँग नेपाली युवतीको अनमेल बिहे


नेपालखबर
काठमाडौं, असार १

काठमाडौँ नागार्जुनकी ३६ वर्षीया महिलाले चीनको हेनान प्रान्तका ५६ वर्षीय पुरुषसँग विवाह गरिन्।

दुवै जनाले मंसिर ८ मा काठमाडौं जिल्ला अदालतमा दर्ता विवाहका लागि निवेदन दिए।सबै कानुनी प्रक्रिया पुगेकाले निवेदन स्वीकृत भयो। न्युयोर्क बस्ने ६५ वर्षका पुरुषसँग खोटाङकी ३३ वर्षीय युवतीले विवाह गरिन्।दुवैजनाले काठमाडौं जिल्ला अदालतमा निवेदन दिई दर्ता विवाहको प्रमाणपत्र लिए। उनीहरु कात्तिक २९ गते दर्ता विवाहका लागि कानुन व्यवसायीसहित अदालत पुगेका थिए।

४८ वर्षीय भारतीय पुरुषले २४ वर्षकी नेपाली युवतीसँग विवाह गरे।युवतीको भन्दा दोब्बर उमेर भएकाले उनले अदालती विवाह गरेका हुन्।यो अदालतली विवाह जेठ ८ मा भएको हो। विदेशीसँग भएका यी अनमेल विवाहका उदाहरण प्रतिनिधिमूलक हुन्।

पछिल्लो समय काठमाडौं जिल्ला अदालतमा पुगेर यसरी विवाह गर्नेको संख्या बढेको छ। उमेर हेर्दा आफूभन्दा १० देखि ३२ वर्ष जेठा विदेशी पुरुषसँग नेपाली युवतीले विवाह गरेका छन्।

यसरी दर्ता विवाह गर्नेमा अधिकांश पुरुष विदेशी र युवती नेपाली छन्। यो खबर आजको नागरिक दैनिकमा भाषा शर्माले लेखेकी छन्। काठमाडौं जिल्ला अदालतको तथ्यांक हेर्दा सबैभन्दा धेरै नेपाली युवतीले अमेरिकी पुरुषसँग विवाह गरेका छन्।

अस्ट्रेलिया, बेलायत, चीन, दक्षिण कोरिया, जापान, क्यानडा, फिलिपिन्स, फ्रान्स, बंगलादेश, मलेसिया, पाकिस्तान लगायत देशका पुरुषसँग पनि नेपाली युवतीले अदालती विवाह गरेका छन्। भदौ १ देखि लागू भएको देवानी संहितामा जिल्ला अदालतमा ‘दर्ता विवाह’ गर्नसक्ने व्यवस्था छ।

‘विवाह दर्ता’ का लागि भने सम्बन्धित गाउँपालिका, नगरपालिकामा निवेदन दिनुपर्ने प्रावधान छ। नयाँ कानुन कार्यान्वनयमा आएपछि काठमाडौं जिल्ला अदालतबाट करिब हजार जनाले दर्ता विवाह गरेका छन्।

जिल्ला अदालतको तथ्यांक हेर्दा भदौयता ९९७ जनाले विवाह गरेका छन्। त्यसमध्ये २६१ नेपाली युवतीले अमेरिकी पुरुषसँग, ४८ जनाले बेलायती पुरुषसँग, २७ जनाले अस्ट्रेलियाली पुरुषसँग, २६ जनाले चिनियाँ पुरुषसँग, २० जनाले जापानी पुरुषसँग, १८ जनाले क्यानेयिन पुरुषसँग, १० जनाले दक्षिण कोरियाली पुरुषसँग र पाँचजनाले फिलिपिन्सका पुरुषसँग विवाह गरेका छन्। यसरी बिहे गर्ने पुरुषमा कतिपय गैरआवासीय नेपाली पनि छन्।

इजिप्ट, सर्विया, पोल्यान्ड, इन्डोनेसिया, फिन्ल्यान्ड, पाकिस्तान, जर्मनी, ताइवान, युएई, अर्जेन्टिना, नर्वेका पुरुषसँग पनि नेपाली महिलाले विवाह गरेका छन्।नेपाली पुरुषले पनि विदेशी महिलासँग विवाह गरेका छन्।लमजुङका ३८ वर्षका पुरुषले अस्ट्रेलियकी ५३ वर्षीया महिलासँग विवाह गरेका छन्।विदेशी महिलासँ विवाह गर्ने नेपाली पुरुष भन्ने नगन्य छन्।

दुईजना साक्षीसमेत राखी प्रमाण पु¥याएर विवाह गर्न आएपछि जतिसुकै उमेर अन्तर भए पनि अदालतले केही भन्न नमिल्ने स्रेस्तेदार आनन्द श्रेष्ठले बताए।विदेशी, नेपाली दुवैको हकमा विवाह नभएको प्रमाणसहित नागरिकता, राहदानी पेस गरेपछि अदालती विवाह हुने गरेको छ।

अदालतको प्रमाणले मान्यता पाउने भएकाले विदेश जानेहरु दर्ता विवाहका लागि आउने गरेको उनले बताए।विवाह व्यक्तिगत चाहनाको विषय भएकाले अदालतले कानुन अनुसार दर्ता गरेको उनले बताए। कहिलेकाहीं अनमेल विवाह भएका कारण अध्यागमनबाट समेत नपत्याएर अदालतमा फोन आउने गरेको स्रेस्तेदार श्रेष्ठले बताए।

‘अदालतबाट बिहे गर्नेमा विदेश जाने बढी छन्। कति त नेपालमै बसोबास गर्ने पनि छन्,’ उनले भने, ‘विदेश जाने चलन बढेकाले त्यसबाट प्रभावित भएर हुनसक्छ विदेशीसँग विवाह गर्ने नेपाली महिला बढेका छन्।’

ग्रीन कार्ड लिएका गैरआवासीय नेपाली पनि नेपाली महिलासँग विवाह गरेको स्रेस्तेदार श्रेष्ठले बताए। ‘विदेशीसँग नेपाली महिलाले उमेर नहेरी विवाह गरेको देखिन्छ,’ उनले भने।

असार १, २०७६, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: info@nepalkhabar.com
News: news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
advertising@nepalkhabar.com

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


वरिष्ठ संवाददाता
दीपक भट्ट
उजिर कार्की
यज्ञराज जोशी

संवाददाता
लक्ष्मी जि.सी
सविन राई
बसन्त अर्याल

मल्टिमिडिया
सन्जिव योन्जन
सुजन श्रेष्ठ

प्रदेश प्रतिनिधि
वाशुदेव मिश्र (पोखरा)
शैलेन्द्र महतो (जनकपुर)
प्रकाश न्यौपाने (भैरहवा)
गोकुल जोशी (कञ्चनपुर)

ग्लोवल
सन्जय घिमिरे (टेक्सास)
प्रजय शुक्ल(लण्डन)
मगेन्द्र राई (हङकङ)
शैलेन्द्र समदर्शी (सिक्किम)

विशेष संवाददाता
मणि दाहाल
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
शैलज पौडेल
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

समाचार संयोजक
प्रशान्त लामिछाने

कार्यकारी सम्पादक
थिरलाल भुसाल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Website by Curves n' Colors