ad ad

छापा खबर


निजी स्कुल सञ्चालकको निधनमा विद्यालय बन्दः सरोकारवालाकै असन्तुष्टि

निजी स्कुल सञ्चालकको निधनमा विद्यालय बन्दः सरोकारवालाकै असन्तुष्टि

नेपालखबर
असार १, २०७६ आइतबार ०:५८,

एक निजी स्कुल सञ्चालकको निधनमा काठमाडौं निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन, नेपाल (एनप्याब्सन) ले आइतबार जिल्लाभरका निजी विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

उक्त निर्णयप्रति शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाकर्मी र स्वयं प्याब्सन रएनव्याब्सनका पदाधिकारीले समेत असन्तुष्टि जनाएका छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। जिल्लाभरका १ हजार निजी विद्यालय बन्द हुँदा साढे दुई लाख भन्दा बढी विद्यार्थी पठनपाठनबाट बञ्चित हुन्छन्। प्याब्सन र एनव्याब्सन जिल्ला समितिले स्थानीय सरकारको अनुमतिबिनै विद्यालय बन्द गराउने निर्णय लिएका हुन्। संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकारलाई दिएको छ।

विद्यालयमा बिदा दिने निर्णय स्थानीय सरकार वा विशेष अवस्थामा गृहमन्त्रालयले मात्र गर्नसक्छ। विद्यालय बन्द गर्ने निर्णयबारे शिक्षा विकास तथा समन्वय इकाइ र शिक्षा मन्त्रालय समेत बेखबर छन्। निजी विद्यालय सञ्चालकहरुको संस्थाले भने मनोमानी रुपमा अनुमतिबिनै विद्यालय बन्द गर्ने निर्णय गरेका हुन्। उक्त निर्णयको स्वयं प्याब्सन र एनप्यासब्सनका केन्द्रीय पदाधिकारीले समेत विरोध गरेका छन्।

‘विद्यालय बन्द गर्ने निर्णय सरकारले मात्र गर्नसक्छ,’ प्याब्सनका एक पदाधिकारीले भने, ‘विद्यालय सञ्चालक–प्रिन्सिपलको निधनमा विद्यालय बन्द गर्दै जाने हो भने निजी विद्यालयको शैक्षिक स्तरनै खस्कन पुग्छ।’ देशभर ८ हजार निजी विद्यालय छन्।

गोकर्णेश्वर नगरपालिकास्थित कान्तिपुर एकेडेमीका सञ्चालक–प्रिन्सिपल बालकुमार गुरुङको निधनमा जिल्लाभरका विद्यालय बन्द गरेर श्रद्धाञ्जिली अर्पण गर्न प्याब्सन र एनप्याव्सनले जारी गरेको संयुक्त विशेष विज्ञप्तिमा अपिल गरिएको छ। गुरुङ एनप्याब्सन काठमाडौंका सह–सचिव र उक्त नगरका अध्यक्ष समेत हुन्। ४० वर्षीय उनको बिहीबार निधन भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .