ad ad

छापा खबर


थपिँदै कोभिड भेरियन्ट, नेपालमा ‘अल्फा’ को मात्र परीक्षण सम्भव

थपिँदै कोभिड भेरियन्ट, नेपालमा ‘अल्फा’ को मात्र परीक्षण सम्भव

नेपालखबर
असार ५, २०७८ शनिबार २:१२,

विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७) को मात्र परीक्षण गर्न सकिन्छ। अरू सकिन्न। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। यसअघि कोरोना भाइरस संक्रमितको नमुनाको जीन सिक्वेन्सिङका लागि हङकङ र भारतस्थित प्रयोगशालामा पठाइएको थियो। हङकङमा पठाइएका १५ नमुनामध्ये एक जनामा डबल म्युटेन्ट (अल्फा)भाइरस फेला परेको थियो।

त्यस्तै दोस्रो पटक मुलुकका विभिन्न भागबाट संक्रमितका ३५ नमुना डब्लूएचओको समन्वयमा भारत पठाइएको थियो। इन्स्टिच्युट अफ जेनोमिक्स एण्ड इन्टिग्रेटिभ बायोलोजीमा गरिएको जीन सिक्वेन्सिङमा ९७ प्रतिशत (३४) वटामा डेल्टा भेरियन्ट(बी.१.६१७.२) पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बाँकी ३ प्रतिशतमा कप्पा (बी.६१७.१)  पाइएको थियो। स्वास्थ्य मन्त्रालयले जेठको पहिलो साता विज्ञप्ति जारी गर्दै मुलुकमा तीन किसिमका भेरियन्ट रहेको पुष्टि गरेको थियो।

अल्फा नेपालमा पुष्टि भएको पहिलो भेरियन्ट हो। अन्य भेरियन्ट परीक्षणका लागि पूर्वाधार व्यवस्थापनलगायत अन्य काम भइरहेको डा। झाले जानकारी दिइन्। अल्फा सन् २०२० सेप्टेम्बरमा पहिलो पटक देखिएको थियो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नभित्र परेका रवि भिन्न मुलुकमा फैलिएका भेरियन्टहरूलाई नयाँ नामकरण गरेको छ। तीमध्ये अल्फा, डेल्टा, गामा र कप्पा मुख्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय नेपालमा फैलिएको कोभिड–१९ भेरियन्टलाई डेल्टा (बी.१.६१७.२) नाम दिइएको छ। हाल नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा डेल्टा र अल्फा छन्। तीमध्ये अल्फाको पहिचान गर्न सकिने प्रयोगशालाकी निर्देशक डा.झाले जानकारी दिइन्।

बाहिरी मुलुकका प्रयोगशालामा गरिएका परीक्षणअनुसार, कोभिड–१९ को नेपालमा तीनवटा प्रजाति (भेरियन्ट) कडा खालको भएको पाइएको छ। डेल्टा, अल्फा र कप्पा मात्र रहेको डब्लूएचओको नेपाल कार्यालयले जनाएको छ। यी तीन भेरियन्टमध्ये डेल्टा सबैभन्दा बढी संक्रामक मानिन्छ।

भारतको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज९एम्स०मा कार्यरत वैज्ञानिक एवं चिकित्सकहरूले अध्ययनपछि प्रकाशित गरेको एक रिपोर्टमा खोप लगाएका व्यक्तिमा समेत डेल्टा भाइरसले संक्रमण गरेको पाइएको छ। एम्सकोरिपोर्ट अनुसार, ६३ जनाको नमुना संकलन गरी अध्ययन गरिएको थियो। जसमध्ये एक डोज खोप लिएका ७७ प्रतिशतमा डेल्टा भाइरसको संक्रमण पुष्टि गरिएको थियो।

एम्समा कार्यरत डा.सञ्जय रायका अनुसार, डेल्टा र अल्फा भेरियन्ट बढी खतरापूर्ण मानिएको छ। कोरोना संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्ट नै प्रमुख जिम्मेवार रहेको पाइएको छ। जीन सिक्वेन्सिङ गर्न नसक्दाको भ्रम नेपालमा नयाँ भेरियन्ट पुष्टि गर्न सक्ने क्षमता नहुँदा अफवाहसमेत फैलिएको छ।

बेलायती ट्याबलोइड अखबार डेली मेलले दुई साताअघि कोरोनाको नयाँ भेरियन्ट भेटिएको दाबी गर्दै समाचार प्रकाशित गरेको थियो। डेली मेलले ‘नेपाल भेरियन्ट थ्रेट टु आवर होलिडेज’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो। जुन समाचारलाई स्वास्थ्य मन्त्रालयले खण्डन गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .