ad ad

छापा खबर


नेपाल पक्षमाथिको कारबाही फुकुवा गर्ने ओलीको संकेत

नेपाल पक्षमाथिको कारबाही फुकुवा गर्ने ओलीको संकेत

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १:४५,

नेकपा एमालेभित्रको विवाद मिलाउन दोस्रो तहका नेताहरू दौडधुपमा छन्। अध्यक्ष केपी ओली पक्षधर नेता एवं अर्थमन्त्री विष्णु पौडेलले बिहिबार माधवकुमार नेपाल पक्षका सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँग छलफल गरेका छन्। बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले योगेश भट्टराई र गणेश पहाडीसँग कुराकानी गरेका थिए।

बिहिबार साँझ नै प्रधानमन्त्री ओलीसँग मन्त्रीहरू लीलानाथ श्रेष्ठ र पार्वत गुरुङलगायतले विवाद मिलाउनुपर्छ भन्दै छलफल गरेका थिए। बुधबार साँझ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रमुख सचेतक विशाल भट्टराईले पार्टीको विवाद निरूपण गरेर अघि बढ्न ओलीलाई सुझाव दिएका थिए।

दुई समूहबीच संवाद सुरु भएको र यसलाई सकारात्मक रूपमा लिएको नेपाल पक्षका नेताले बताएका छन् भने ओली पक्षधर नेता पनि छलफल सकारात्मक दिशामा उन्मुख गराउनुपर्छ भन्दै लागेका छन्। यो खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

पौडेल, पाण्डे र बिष्टबीच छलफल हुनुअघि बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा नेपाल पक्षका नेतालाई गरिएको कारबाही फुकुवा गर्ने विषयमा छलफल भएको थियो। त्यस क्रममा अध्यक्ष ओलीले नेपाल पक्षलाई गरिएको कारबाही फुकुवा गर्ने संकेत गरेका थिए।

कारवाही फुकुवा गरौं, पार्टी एक बनाएर लैजाऔं र सरकारलाई पनि जोगाऔं भन्ने मत आएपछि ओलीले नेपाललगायतका नेतामाथिको कारबाही फुकुवा गर्ने संकेत गरेको बैठकमा सहभागी एक सदस्यले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .