ad ad

छापा खबर


यी हुन् ढाड दुखाइका कारण, यसरी गरौँ उपचार

यी हुन् ढाड दुखाइका कारण, यसरी गरौँ उपचार

नेपालखबर
साउन ३०, २०७६ बिहिबार ४:२८,

मेरुदण्डको हड्डी, मेरुदण्ड अर्थात् मुख्य नसा, स्पाइनल नर्भ, डिस्क, लिगामेन्ट र मांसपेशी गरी विभिन्न हड्डीले ढाड बनेको हुन्छ।

त्यसैले, मेरुदण्डको कुनै पनि भागमा हुने दुखाइलाई ढाड दुख्नु भनिन्छ। ढाड दुख्नु साझा समस्या हो । प्रत्येक व्यक्तिमा जीवनभरमा एक न एकचोटि ढाड दुख्ने समस्या हुने गर्छ।

दुखाइ मेरुदण्डमा जहाँ पनि हुन सक्छ । तर, मुख्यतया मेरुदण्डको तल्लो भागमा बढी समस्या देखिन्छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा मनमोहन मेमोरियल अस्पतालका हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा‍.शिरीष कार्कीले लेखेका छन्।

ढाड दुख्ने समस्यालाई मुख्यतया दुई किसिममा विभाजन गरिएको छ, मेकानिकल ब्याकपेन र पोस्चुगल ब्याकपेन। ढाड दुख्नुको मुख्य कारण गलत तरिकाले काम गर्नु वा बस्नु नै हो।

शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्ने गर्छ, जसले गर्दा दुखाइ हुने गर्छ । मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये करिब ७० प्रतिशतमा मेकानिकल ब्याकपेनको समस्या हुने गरेको पाइन्छ।

कुर्सीमा बसेर लामो समयसम्म काम गर्नेलाई ढाड दुख्ने समस्या धेरै हुन्छ । एउटै पोजिसनमा बस्दा पछाडिको मांसपेशी एकदमै थाकेको हुन्छ। अप्ठ्यारो गरेर बस्दा मांसपेशी दुखेर ढाडमा समस्या आउने गर्छ, जुन पोस्चुगल ब्याकपेन हो।

ढाड दुख्नुको कारण
विभिन्न चोटपटकबाट मेरुदण्ड भाँच्चिनु, मेरुदण्ड चिरिनु, नसा च्यापिनु, जोर्नीमा जन्मजात समस्या हुनु आदि विभिन्न कारणले ढाड दुख्ने गर्छ।
चोटपटक लाग्दा, बसाइ नमिलेर आदि विभिन्न कारणले हड्डीहरूको बीचमा रहेको डिस्क बाहिर आउने गर्छ । पछाडिको भागमा गएर नसा च्यापिने अवस्थालाई सियापिका भनिन्छ।

मेरुदण्डमा हुने विभिन्न संक्रमणका कारणसमेत मेरदण्डमा दुखाइ हुने गर्छ । संक्रमण ब्याक्टेरियल, टिबी आदिका कारणले हुन्छ । जसले बिस्तारै हड्डीभित्र रहेको डिस्कलाई खियाउने हुँदा दुखाइ हुने गर्छ।

ढाड दुखाइको अर्को मुख्य कारण ट्युमर र क्यान्सर हो । शरीरको अन्य भागमा भएको क्यान्सर मेरुदण्डमा गएर बसिदिन्छ । यस्तै, कतिपय अवस्थामा मेरुदण्डमै ट्युमर हुन सक्छ, जसलाई माइलोमा भनिन्छ।

शरीरको पोस्चर नमिल्दा मांसपेशी खुम्चिएर बस्ने गर्छ, जसले गर्दा दुखाइ हुने गर्छ । मेरुदण्डको समस्या लिएर अस्पताल आउनेमध्ये करिब ७० प्रतिशतमा मेकानिकल ब्याकपेनको समस्या हुने गरेको पाइन्छ।

कसरी थाहा पाउने?
ढाड दुखाइको कारण पत्ता लगाउन सामान्य चेकजाँच गर्न सकिन्छ ।
एक्सरेको माध्यमबाट ढाड दुख्ने कारण पत्ता लगाउन सकिन्छ । यस्तै, कतिपयमा डिस्कको अवस्था थाहा पाउन सिटी स्क्यान र एमआरआई पनि गर्न सकिन्छ।

कतिपय अवस्थामा रगतमा क्याल्सियम र पोटासियमको कमीका कारणसमेत दुखाइ हुने हुँदा रगत परीक्षण गर्नुपर्ने हुन्छ।

उपचार यसरी
ढाड दुख्ने समस्याको कारण पत्ता लगाएर उपचार गर्न सकिन्छ । सामान्य दुखाइ भएमा औषधिको सेवनबाट निको हुन्छ।

फिजियोथेरापी गरेरसमेत ढाड दुख्ने समस्याबाट राहत पाउन सकिन्छ।
संक्रमण, ट्युमर र क्यान्सरको उपचार केही हदसम्म शल्यक्रियाबाट निको हुन्छ । तर, मेरुदण्डमा देखिने सबै ट्युमर र क्यान्सरको पूर्ण उपचार भने हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .