ad ad

छापा खबर


कस्ता हुन्छन् हृदयघातका लक्षण ? रोकथाम र उपचार कसरी गर्ने ?

कस्ता हुन्छन् हृदयघातका लक्षण ? रोकथाम र उपचार कसरी गर्ने ?

नेपालखबर
जेठ २७, २०७६ सोमबार १२:५१,

सामान्य भाषामा भन्दा हृदयघाट मुटुको मांसपेशीका कोष मरेपछि देखिने समस्या हो।

विश्व स्वास्थ्य संगठनका अनुसार हाल विश्वमा वर्सेनी एक करोड ८० लाखको मृत्यु मुटुरोगका कारण हुने गरेको छ। यो जानकारी आजको नयाँ पत्रिका दैनिकमा मुटुरोग विशेषज्ञ डा.महेश भट्टराईले लेखेका छन्।

यस्ता हुन्छन् लक्षण
हृदयघात हुनुभन्दा पहिला शारीरिक परिश्रम गर्दा गाह्रो महसुस हुन्छ।

मुटुको धमनी साँघुरिँदै गएपछि बायाँपट्टीको छाती दुख्छ। काम गर्दा र हिँड्दा गाह्रो हुन्छ।

दुखाई सरेर घाँटी वा देब्रे हातसम्म फैलिने, मुटुको धडकन बढ्ने र पेट दुख्ने पनि हृदय घाटका लक्षण हुन्।

कतिपयमा असह्य छाती दुख्ने, सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, पसिना आउनेजस्ता लक्षण समेत देखापर्छ।

किन हुन्छ हृदयघात ?
हृदयघाट हुनुको ९० प्रतिशत कारण अव्यवस्थित जीवनशैलीलाई मानिन्छ। उच्च रक्तचाप, मधुमेह, मोटोपना, अव्यवस्थित खानपान, कोलस्ट्रोल, धुम्रपान तथा मध्यपान सेवन अन्य कारण मानिन्छन्।

४५ वर्षभन्दा माथिका पुरुषमा हृदयघातको जोखिम उच्च रहन्छ भने महिनावारी रोकिएका महिलामा हृदयघात हुने जोखिम हुन्छ।

हृदयरोगबाट बच्न उच्च रक्तचाप, मधुमेह, मोटोपना, अव्यवस्थित खानपान, कोलस्ट्रोल, धुम्रपान तथा मध्यपान गर्नु हुँदैन। अत्यधिक चिल्लो र पिरो खानु हुँदैन।

हृदयघात भएको तीनदेखि ६ घण्टासम्ममा अस्पताल पुर्याउन सकेमा हृदयघातको उपचार गर्न सकिन्छ।

हृदयघातको विभिन्न प्रविधिबाट उपचार गरिन्छ। रगत पातलो बनाएर तथा बन्द भएको नसा खोलेमा तत्काल उपचार सम्भव हुन्छ।

उपचारमा ढिलाई भयो भने बिरामीमा जोखिम बढ्दै जान्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .