ad ad

छापा खबर


महसुल ह्वात्तै बढाउन विद्युत प्राधिकरणले गर्दैछ यस्तो चलखेल

महसुल ह्वात्तै बढाउन विद्युत प्राधिकरणले गर्दैछ यस्तो चलखेल

नेपालखबर
फागुन १५, २०७६ बिहिबार १:२८,

नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल वृद्धिका लागि गत वर्षभन्दा चालु वर्षको खर्च २० अर्ब बढी हुने प्रक्षेपण गरेको भेटिएको छ।

१४ प्रतिशतसम्म बिजुलीको भाउ बढाउन प्रस्ताव गरेको प्राधिकरणले यसरी अत्यधिक खर्च बढी देखाएर विद्युत् नियमन आयोगमा प्रस्ताव गरेको हो।

अघिल्लो वर्षभन्दा बढीमा ८ देखि १० प्रतिशतसम्म खर्च वृद्धि हुनुलाई सामान्य मानिन्छ।

तर प्राधिकरणले विद्युत् महसुल वृद्धिका लागि प्रस्ताव गरेर विद्युत् नियमन आयोगले सार्वजनिक गरेको विवरणमा भने यति धेर खेर बढी हुने प्रक्षेपण गरिएको हो। यो खबर आजको काराेबार दैनिकमा भीम गौतमले लेखेका छन्।

विवरणमा साढे ७ अर्ब त सञ्चालन, रोजगारदाता, प्रसारण लाइन, कर्पाेरेल सञ्चालन लगायतलाई मात्र वृद्धि हुने उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .