ad ad

छापा खबर


रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढे, कति आए?

रोजगारीका लागि नेपाल आउने विदेशी कामदार बढे,  कति आए?

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ०:५१,

नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गएको छ।

श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो।

गत वर्षको ६ महिनाको तुलनामा यो वर्ष रोजगारीका लागि नेपाल आउने विदशीको संख्या १४ प्रतिशतका दरले बढेर १ हजार ४८३ पुगेको छ। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

अघिल्लो वर्षको तथ्यांकअनुसार वैशाखदेखि असोजसम्म नेपाल आउने विदेशी कामदारको संख्या भने १ हजार ३०५ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .