ad ad

छापा खबर


त्रिविमा अनियमितता : उत्तरपुस्तिका नै साटफेर

त्रिविमा अनियमितता : उत्तरपुस्तिका नै साटफेर

नेपालखबर
मंसिर २३, २०७६ सोमबार ०:१७,

त्रिभुवन विश्वविद्यालयका लेखा अधिकृत कमलप्रसाद दाहालको कार्यकक्षको घर्रामा चार महिनाअघि तीनवटा उत्तर पुस्तिका भेटिए।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयका लेखा अधिकृत दाहालले कार्यकक्ष साटफेर हुँदा आफ्नो टेबलको सामान बिर्सिएका रहेछन्।

उनको ठाउँमा बस्ने नयाँ कर्मचारीले घर्रा खोल्दा उत्तरपुस्तिका भेटिएपछि खैलाबैला मच्चियो।

यो खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवालीले लेखेका छन्।

परीक्षा नियन्त्रकले लेखाका कर्मचारीको घर्रामा उत्तरपुस्तिका भेटिएको खबर पाए। लगत्तै छानबिन सुरु भयो।

सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उत्तरपुस्तिका बरामद गर्यो। अनि दाहाललाई पक्राउ गर्यो।

लेखा प्रमुखको घर्रामा एकाएक उत्तरपुस्तिका कसरी भेटियो त? ‘हामीले यही बिन्दुबाट अनुसन्धान सुरु गरेका थियौँ,’ अख्तियार स्रोतले भन्यो, ‘केही कर्मचारीले पैसा लिएर फेल हुने विद्यार्थीको उत्तर पुस्तिका फेरबदल गरिदिएको भेटिएपछि चारजना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेका छौँ।’

परीक्षा केन्द्रमा लेखिएको उत्तरपुस्तिकासँग बाहिरको पुस्तिका साटेर दुई विद्यार्थी उत्तीर्ण भएको पाइएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .