ad ad

छापा खबर


बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती

बाँचे चुर्लुम्म ऋण, मरे आफन्तलाई सास्ती

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०७८ मंगलबार ६:४४, काठमाडौँ

आर्थिक समस्या र त्यसमाथि गाउँसम्म सडक सञ्जाल नपुग्दा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ फिलिमकी उमा गुरुङको उपचारक्रममा यही चैत २४ गते काठमाडौँमा मृत्यु भयो। 

शव गाउँमै लगेर अन्तिम संस्कार गर्ने निर्णय परिवारका सदस्यले गरे। तर, काठमाडौँबाट गाउँमा शव लैजान आफन्तलाई धौ–धौ पर्यो।

हेलिकोप्टर चार्टर गर्न रकम अभाव भएकाले आफन्त सकसमा परेका हुन्। ‘अन्त्येष्टिका लागि शव गाउँमै लैजाने कुरा भयो । तर, आर्थिक समस्याले हेलिकोप्टर चार्टर गर्न सकिएन,’ स्वर्गीय उमाका आफन्त नवीन गुरुङले भने, ‘आफन्त र काठमाडौँमा बस्ने गोरखालीसँग सहयोग मागेर रकम जुटायौँ।’

सुरुमा उनलाई गोरखाकै सिर्धीबास स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि एक लाख ४० हजार रुपियाँमा हेलिकोप्टर चार्टर गरी उमालाई काठमाडौँ लगिएको थियो । काठमाडौँ पुग्नेबित्तिकै उनको मृत्यु भएपछि पुनः एक लाख ६० हजार रुपियाँ जुटाएर शव गाउँ पठाउने बाध्यतामा आफन्त परेका थिए।

काठमाडौँमा अध्ययनरत आफन्त जोनिशा गुरुङले भनिन्, ‘हाम्रो दुःख बुझेर धेरैले सहयोग गरिदिनुभयो । आर्थिक सहयोग जुटाएर काकीको शव गाउँ पठाउन सक्यौँ।’

हालसम्म यातायात सञ्जाल नजोडिएको उत्तरी गोरखाका धेरै सर्वसाधारणको अस्पतालै नदेखी मृत्यु हुने गरेको छ । कसैले अस्पताल देख्छन् । तर, ऋणको भारी बोकाएर संसार छाड्छन्। यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

‘अस्पताल लगेर कोही बाँच्यो भने पनि ऋण तिर्दैमा जिन्दगी जान्छ,’ चुमनुब्रीका पासाङ लामाले भने, ‘मरियो भने पनि परिवार र आफन्तले सास्ती भोग्नुपर्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .