ad ad

छापा खबर


२१ वर्षअघिको आफ्दै किर्तिमान भंग गर्दै एमालेले कायम गर्‍यो नयाँ कीर्तिमान

२१ वर्षअघिको आफ्दै किर्तिमान भंग गर्दै एमालेले कायम गर्‍यो नयाँ कीर्तिमान

नेपालखबर
पुस ३०, २०७८ शुक्रबार ७:१३, काठमाडौँ

प्रतिनिधिसभा अवरोधमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले नयाँ कीर्तिमान बनाएको छ। 

२०५७ सालको आफ्नै कीर्तिमानलाई एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै नयाँ कीर्तिमान बनाएको खबर आजको गोरखापत्र दैनिकले छापेको छ।

त्यस बखत लाउडा प्रकरणमा एमालेले ५७ दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिएका थिए।

यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका  सबै बैठकमा  अवरोध गरिसकेको छ। बिहीबारसम्म दुवै अधिवेशन गरेर एमालेले ८३  दिन संसद अधिवेशन अवरुद्ध गरेको छ। 

नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन्  । विघटनपछि  पुनःस्र्थापित प्रतिनिधि  सभाको नवौँ र १०औँ  अधिवेशनमा पनि एमालेको अवरोध जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .