ad ad

छापा खबर


कता छन् तत्कालिन प्रधानमन्त्री ओलीले तामझामसहित उद्घाट गरेका बिजुली बस?

कता छन् तत्कालिन प्रधानमन्त्री ओलीले तामझामसहित उद्घाट गरेका बिजुली बस?

नेपालखबर
पुस १७, २०७८ शनिबार ७:५५, काठमाडौँ

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरू तामझामका साथ बिजुली बस चढेर पुल्चोकबाट सिंहदरबार प्रवेश गरे। 

ओलीले ‘विद्युतीय सवारी’ युग सुरु भएको उद्घोष गरे। सन्, २०२० भित्र विद्युतीय सवारीको संख्या २० प्रतिशत पुर्‍याउने घोषणा गरे। तर, विद्युतीय सवारी प्रयोगमा आउनु त परको कुरा, त्यतिबेला उद्घाटन गरिएकै बस कहाँ–कुन अवस्थामा छन् अत्तोपत्तो छैन। 

यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा तुलसी सुवेदीले लेखेका छन्।

प्रधानमन्त्री र मन्त्री चढेर उद्घाटन गरिएका बस नै मापदण्डअनुसारका नभएको भन्दै पछि कम्पनीलाई फिर्ता गरिएका थिए। त्यसपछि, कम्पनीले सम्झौतामा उल्लेख भएबमोजिम पाँच वटा बस सरकारलाई दिइसकेको छ। 

पर्यटन मन्त्रालयको स्वामित्वमा आएका ती बस दोस्रो अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि प्रयोगमा ल्याइने भनेर लुम्बिनी लगिए। तर, सञ्चालनमा नल्याएर त्यसै अलपत्र छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .