ad ad

छापा खबर


फरहदवामा आलम आतंकः गाउँमा प्रहरीसमेत हिँड्न डराउँछन् !

फरहदवामा आलम आतंकः गाउँमा प्रहरीसमेत हिँड्न डराउँछन् !

नेपालखबर
असोज ३०, २०७६ बिहिबार ०:१,

रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ।

हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६ः१५ मा भएको थियो बम विस्फोट।

नयाँ पत्रिका दैनिकको लागि टेकराज थामीले लेखेको समाचार अनुसार १२ वर्षपछि बुधबार अपरान्ह फरहदवा गाउँ पुग्दा सन्नाटा थियो।

इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए।१५ जनाको दरबन्दी भएको कार्यालयमा ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अस्तव्यस्त थियो।

खासमा मोहमद अफ्ताव आलमको आतंक भएको सो क्षेत्रमा प्रहरी पनि सानो समूहमा हिँड्न डराउँछन्। अझ उनलाई गिरफ्तार गरेपछि सो क्षेत्रमा अशान्ति मच्चिने र प्रहरी कार्यालयमा समेत आक्रमण हन सक्ने आशंकाले प्रशासनले प्रहरीको फौज बढाएको छ।

प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइएका छन्। अझ आलमलाई पक्राउ गर्दा त राज्यले ठूलै जोखिम लिए जस्तो अवस्था थियो। किनकि उनलाई पक्राउ गर्ने नेपाल प्रहरीको टोलीलाई साथ दिन शसस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि स्ट्याण्डबाई थियो।

ठाउँ अभावमा इलाका प्रहरी कार्यालय परिसरमा पाल टाँगेर प्रहरी सुन्ने गरेका छन्। आलम आतंको कारण सानो भ्यानमा होइन, ट्रक भरेर मात्र प्रहरीले गस्ती गर्ने गरेको छ।

चुनावमा जनतालाई आतंकित बनाएर बुथ कब्जा गर्न तयार पारिएको बम अचानक विस्फोट भएपछि घाइतेलाई उपचार गर्नुको सट्टा प्रमाण नष्ट गर्न बम बनाउनेहरूलाई नै जिउँदै इँटाभट्टामा हालिएको थियो।

तर, यति ठूलो अपराध पनि तत्काल लुकाउन आलम सफल भए । त्यति मात्र होइन, उनले ०६४ को संविधानसभा निर्वाचन जितेपछि उनको ‘आतंक’ जिल्लामा झन बढ्यो । किनकि उनी सांसद मात्र होइन मन्त्री पनि बने । ०६६ मा माधवकुमार नेपालको नेतृत्वको मन्त्रिपरिषद्मा श्रममन्त्री भएपछि उनले कानुनलाई पनि कब्जामा लिए।

मृतकका परिवार सर्वोच्च अदालतसम्म पुग्न खोजेपछि तत्कालीन महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नै अघि बढाउन नसकिने भन्दै निवेदन खारेज गरिएको थियो ।

तर, घटनाबारे अनुसन्धान गरिपाऊँ भन्दै सर्वोच्च अदालतमा निवेदन परेपछि तत्कालीन न्यायाधीश सुशीला कार्की र डा। भरतबहादुर कार्कीको संयुक्त इजलासले घटनालाई गम्भीर प्रकृतिको भन्दै प्रमाण बुझ्न आदेश दिएको थियो । १३ जेठ ०६९ मा सर्वोच्चले दिएको सो आदेशपछि थप प्रमाण बुझी कानुनअनुसार कारबाही गर्न निर्देशन दियो ।

गत आइतबार राजपुर फरहदवा–४ मा आलमका आफन्तको बिहे थियो । निम्तो मान्न आलम पनि गाउँ फर्किएको सूचना पाएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले गाउँ घेर्‍यो ।

गाउँ नियन्त्रणमा छ भन्ने सुनिश्चित भएपछि मात्र प्रहरी आलमको घरतर्फ अघि बढेको थियो । तब पनि एसपी भूपेन्द्र खत्रीलाई उनी भन्दै थिए, ‘ए  एसपी तिमी को हौ? म आइजी बनाउने ताकत राख्छु । पक्राउ गरेर ठूलो गल्ती गर्‍यौ छुटेर आएपछि देखाइदिन्छु।’

आलमलाई पक्राउ गरेर गौरस्थित जिल्ला प्रहरी कार्यालय पुर्‍याइयो । पूर्वानुमानअनुसार फरहदवामा प्रदर्शन सुरु भयो । चोक–चोकमा टायर बालियो । नारा–जुलुस भए । त्यतिन्जेलसम्म जनकपुरबाट थप प्रहरी बल ल्याइएको थियो । अहिले स्थिति नियन्त्रणमा छ । तैपनि प्रहरी चनाखो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .