अस्ट्रेलियन ओपन खेल्ने पहिलो नेपाली बन्दै शिभाली, बुधबार चीनकी जिन्यु झाउसँग भिड्दै

अस्ट्रेलियन ओपन खेल्ने पहिलो नेपाली बन्दै शिभाली, बुधबार चीनकी जिन्यु झाउसँग भिड्दै

मगेन्द्र राई
माघ १३, २०८२ मंगलबार १५:५१, हङकङ

चौध वर्षीया शिभाली गुरुङ पहिलो नेपालीका रूपमा अस्ट्रेलियन ओपनसम्बद्ध ‘एसिया-प्यासिफिक एलिट-१४ एन्ड अन्डर ट्रफी’ प्रतियोगितामा सहभागी हुँदै छिन्।

प्रतियोगिताका लागि एक हप्ताअघि नै अस्ट्रेलियाको मेलबर्न पुगेकी शिभाली बुधबार (जनवरी २८) पहिलो चरणको खेलमा चीनकी जिन्यु झाउसँग भिड्दै छिन्। 

ग्रुप ए र बी गरी ४/४ जनाबिच राउन्ड रोबिनका आधारमा प्रतिस्पर्धा गराइने प्रतियोगितामा एसिया र ओसिनिया देशहरूबाट ८ किशोरी सहभागी छन्। 

शिभाली रहेको ग्रुप एमा चीनकी जिन्यु झाउसहित भारतकी जेन्सी दीपकभाइ कनबर र अस्ट्रेलियाकी जसलिज के छन्।

बुधबार नै मेन इभेन्ट मिन्स सिङ्गल्सतर्फ विश्व वरीयतामा नम्बर दुईमा रहेका यानिक सिनर र नोभाक जोकोभिच पनि क्वाटर फाइनलका लागि कोर्टमा उत्रिँदै छन्। जोकोभिच मुसेटी तथा सिनर सेल्टनविरुद्ध खेल्नेछन्।

कुल २७ म्याचमा २२ जित र ५ हार हुनेछन्। जसमा क्ले कोर्टतर्फ १४ जित र २ हार गरी ८८ प्रतिशत जितदर छ भने हार्ड कोर्टतर्फ ८ जित र ३ हार गरी ७३ प्रतिशत जितदर छ।

पूर्वतयारीका लागि एक हप्ताअघि नै मेलबर्न 

फरक हावापानी तथा नयाँ परिस्थितिमा अभ्यस्त हुन तथा नयाँ कोर्टमा थप अभ्यास गर्दै पूर्वतयारीका निम्ति शिभाली एक हप्ताअघि नै मेलबर्न पुगेकी हुन्। 

उनी आईटीएफ वरीयताको  ७३७औँ स्थानमा छिन्।

शिभालीको ओभरअल जित ८१ प्रतिशत छ। शिभाली अस्ट्रेलियन ओपन प्रतियोगिता खेल्ने पहिलो नेपाली हुन्।  

प्रतियोगिता यही जनवरी २८ देखि ३० सम्म सञ्चालन हुनेछ। 

अस्ट्रेलियामा भव्य स्वागत

आफ्ना पितासँग गत डिसेम्बर २२ मै उनी मेलबर्न पुगेकी थिइन्। त्यस क्रममा उनलाई तमु समाज भिक्टोरियाले विमानास्थलकै आगमन कक्षमा भव्य स्वागत गरेको थियो। 

साथै उनको सम्मानमा रात्रिभोजसमेत आयोजना गरिएको थियो। जसमा समाजका झन्डै ५० जना सदस्य सहभागी थिए। 

सो अवसरमा शिभालीलाई शुभकामना दिँदै उनीहरूले प्रशंसापत्रका साथ एक हजार अस्ट्रेलियन डलरसमेत प्रदान गरे।

शिभालीलाई नेपाल टेनिस संघका अध्यक्ष मनोहर दास मुल, तमु समाज भिक्टोरियाका अध्यक्ष तेज गुरुङ, सचिव अरुण गुरुङ र सहसचिवहरू अशोक गुरुङ र गम गुरुङलगायतले जितका लागि शुभकामना दिएका थिए। 

स्वागत कार्यक्रमको संयोजन समाजका सचिव तथा एभरेस्ट युनाइटेड क्लब मेलबर्नका टेनिस कोअर्डिनेटर अशोक गुरुङले गरेका थिए।

मेलबर्नबाट गण्डकी टेनिसलाई ३ लाख सहयोग

गण्डकी प्रदेश टेनिस संघले दुई वर्षदेखि सञ्चालन गरिरहेको ‘ग्रासरुट टेनिस’ प्रशिक्षणका लागि केही समयअगाडि मेलबर्नबाट ३ लाखभन्दा बढी रुपैयाँ सहयोग गरिएको थियो।

सहयोग रकम उनै अशोक गुरुङको पहलमा जुटाइएको थियो। गुरुङ टेनिस विकासका निम्ति मरिहत्ते गर्ने मेलबर्न निवासी नेपाली हुन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .