नेपालका अल्ट्रा ट्रेल रनरलाई प्रोत्साहन गर्न हङकङबाट सहयोग (तस्बिरहरू)

नेपालका अल्ट्रा ट्रेल रनरलाई प्रोत्साहन गर्न हङकङबाट सहयोग (तस्बिरहरू)

मगेन्द्र राई
असार २, २०८१ आइतबार ९:०, हङकङ

हङकङस्थित संस्थाले नेपालका अल्ट्रा ट्रेल रनरहरूलाई प्रोत्साहन गर्दै नयाँ खेलाडीहरू उत्पादन गर्ने वातावरण बनाउन काठमाडौँमा ट्रेल रनसम्बन्धी सामग्री वितरण गरेको छ।

शनिबार (जुन १५) काठमाडौँमा एक हाइक एन्ड रनको कार्यक्रम आयोजना गरी उक्त सामग्री वितरण गरिएको नेपालका लागि टीएट कम्पनीका प्रतिनिधि तथा अल्ट्रा ट्रेल रनर प्रशिक्षक पूर्ण तामाङले नेपालखबरलाई जानकारी दिए। 

मङ्की ट्रेल हाइक एन्ड रनको कार्यक्रम स्वयम्भू सी क्याफेबाट सुरु भई स्वयम्भूमै रहेको पाहुना होम रिसोर्टमा आएर समापन गरिएको थियो।

१७५ जना हाइकरको सहभागिता रहेको उक्त कार्यक्रमको समापन समारोहमा ट्रेल रनसम्बन्धी सामाग्री जुत्ता, हाफपाइन्ट, हुडी, टिसर्टसहित झन्डै ९ लाख रुपैयाँ बराबरका सामग्री वितरण प्रशिक्षक तामाङले बताए। 

‘सहभागी कसैले पनि खालीहात फर्कन परेन’, उनले भने। 

सामग्रीहरू सहभागी सबैलाई प्रसिद्ध एसियन ट्रेल मास्टर्स च्याम्पियन रशिला तामाङले हस्तान्तरण गरेकी थिइन्।

उक्त सामग्री हङकङस्थित हङकङ १०० ले प्रायोजन गरेको थियो। हङकङस्थित मिक्स एन्ड म्याचका अध्यक्ष तथा प्रसिद्ध अल्ट्रा ट्रेल रनर दिनानाथ बगालेको समन्वयमा उक्त प्रायोजन जुटेको हो। 

टीएटमा समेत सम्बद्ध बगालेले लामो समयदेखि नेपालका ट्रेल रनर हरूलाई सहयोग गरिरहेका छन्।

आफैँ पनि दौडिरहनुभएको छ, नेपालका खेलाडीहरूलाई पनि सहयोग गरिरहनुभएको छ, यस्तो जोश र सहयोगी भावना कहाँबाट पलाउँछ भनी नेपालखबरले राखेको जिज्ञासामा दिनानाथले भने, ‘सर्पको खुट्टा सर्पले मात्रै देख्छ भन्ने चलन छ, त्यसैले पनि म आफू सम्बद्ध खेलका समस्या र चुनौतीसँग पूर्ण जानकार छु। फेरि जहाँ बसे पनि आखिर यो मन त नेपाली हो, त्यसैले नेपालीहरूका लागि केही न केही त गर्नु पर्छ भन्ने लाग्छ। अहिले पछिल्लो समय नेपाली ट्रेल रनरहरूको खडेरी पर्दै गएको छ। एक दशकअगाडिसम्म नेपाली ट्रेल रनरहरूले संसार हल्लाएका थिए। अहिले उनिहरू रिटायर्ड भइसके, अब उनीहरूको विरासत बचाउन नयाँ उत्तराधिकारीहरूको खोजी गर्न जरुरी छ, यही चिन्ताले मलाई नयाँ सम्भावनाहरूको खोजी गर्नु आजको आवश्यकताजस्तो लाग्छ। यसमा हामी लागिपर्नु आजको आवश्यकता हो। अल्ट्रा ट्रेल रनका लागि हङकङ उर्वर भूमि हो। नेपालका धेरै रनरहरू हङकङ आई धेरै कीर्तिमानसमेत कायम गरेका छन्।’

कार्यक्रमका थप तस्बिर-

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .