हङकङ : बाबुलाई चक्कु प्रहार गर्ने छोरो पक्राउ

हङकङ : बाबुलाई चक्कु प्रहार गर्ने छोरो पक्राउ

आफ्नै बाबुलाई चक्कु प्रहार गरेको आरोपमा पक्राउ परेका व्यक्ति (ह्यान्डआउट/एससीएमपी)


नेपालखबर
फागुन ७, २०८० सोमबार १२:१६, हङकङ

सोमबार बिहान हङकङको वोङताइ सिनमा आफ्नै बाबुलाई चक्कु प्रहार गरी घाइते बनाउने व्यक्ति पक्राउ परेका छन्।

बिहान करिब पौने ८ बजे चुकयुन साउथ स्टेटमा रहेको साउयुन हाउसमा उक्त घटना घटेको हो।

स्थानीय सञ्चारमाध्यमले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार १६ वर्षीय छोराले घरायसी झगडाका क्रममा बाबुलाई अनुहार, हात र खुट्टामा चक्कु प्रहर गरेका थिए।

४० वर्षका बाबुलाई चक्कु प्रहार गरेपछि उनले प्रहरीलाई खबर गरेका थिए।

प्रारम्भिक अनुसन्धानका क्रममा पीडकमा मानसिक असन्तुलनको इतिहास रहेको भेटिएको प्रहरीले बताएको छ। उनलाई हाल पक्राउ गरिसकिएको छ।

छोराको आक्रमणबाट घाइते पुरुषलाई याउमा तेइस्थित क्विन एलिजाबेथ हस्पिटल लगिएको छ।

पीडकलाई पनि परीक्षणका लागि सोही अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .