हङकङमा ‘पुजार सार्की’ ले बनायो रेकर्ड

हङकङमा ‘पुजार सार्की’ ले बनायो रेकर्ड

नेपालखबर
असार १७, २०८१ सोमबार १०:५९, काठमाडौँ

लामो समयदेखि नेपालीको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ ले रेकर्ड ब्रेक गरेको छ। आइतबारको प्रदर्शनको लागि कलाकारहरू आर्यन सिग्देल, पल शाह, परीक्षा लिम्बूसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले व्यापारमा नयाँ रेकर्ड राखेको बताए।

‘हङकङमा पुजार सार्कीले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ। यसअघि यहाँ प्राय: सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आइरहेका रहेछन्,’ सुवेदी भन्छन्, ‘हाम्रो चलचित्र भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा चल्यो। त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो,’ उनले भने।

सुवेदीले व्यापारिक हिसाबमा पनि ‘पुजार सार्की’ले रेकर्ड कायम गरेको जनाए।

‘यसअघि हङकङमा ‘जारी’ चलचित्रले दर्शक उरालेको रहेछ, यस पटक ‘पुजार सार्की’मा व्यापक दर्शक आए। ‘जारी’को रेकर्ड पनि यो चलचित्रले तोडेको छ। राम्रो नेपाली चलचित्र रहेको खण्डमा संसारको जुनसुकै कुनामा पनि दर्शकले स्वीकार गर्ने रहेछन् भन्ने अनुभूति भयो,’ सुवेदीले नेपालखबरलाई सुनाए, ‘यहाँ दुई वटा हलमा चलचित्र प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किनुपर्‍यो।’

यसपटक चलचित्र हेर्नबाट वञ्चित दर्शकलाई अर्को शोको आयोजना गरेर देखाउने उनले बताए।

चलचित्र हेर्नको लागि नेपाली समुदाय बस नै रिजर्भ गरेर आएको सुवेदी बताउँछन्।

हङहोमस्थित वाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा सात सयभन्दा धेरै दर्शकले चलचित्र हेरेका थिए। चलचित्रका कलाकारसँगै बसेर चलचित्र हेर्न पाउँदा दर्शकले दङ्ग देखिएका थिए। हङकङको लागि बिरेन थापा (बिरे)ले यो चलचित्र प्रदर्शन अधिकार लिएका छन्।

नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ जेठ १० गतेदेखि प्रदर्शनमा आएको थियो। यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको चलचित्र निकट स्रोतले जनाएको छ। यद्यपि बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन।

दिनेश राउतद्वारा निर्देशित फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बू लगायतको मुख्य भूमिका छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .