‘चीनको होजोन’लाई अब हङकङले बनाउनेछ ‘विश्वको नेटा’

‘चीनको होजोन’लाई अब हङकङले बनाउनेछ ‘विश्वको नेटा’

नेटा अटोले ल्याएको नयाँ मोडल नेटा एल।


नेपालखबर
जेठ २२, २०८१ मंगलबार ९:३९, काठमाडौँ

विगतका वर्षहरुमा विश्वमा विद्युतीय सवारीसाधनको माग बढिरहेको छ।

विश्वमा कार्बन उत्सर्जन घटाउन र जलवायु परिवर्तन नियन्त्रणमा सहयोग पुर्‍याउन परम्परागत इन्धन (जीवाश्म इन्धन)ले चल्ने कार र ट्रकलाई ‘फेज आउट’ गर्ने अवस्था आइसकेको सार्वजनिक जनचेतना र विभिन्न मोडलका विद्युतीय गाडीका मोडलको उपलब्धताका बीच मागमा बढोत्तरी आएको छ। 

‘यसअघि ईभीको ड्राइभिङ रेन्ज र चार्जिङको सहजतामा धेरैको चासो हुन्थ्यो’, ईभी निर्माता होजोन अटोको इन्टेलिजेन्ट भेहिकल डिभिजनका कार्यकारी उपाध्यक्ष तथा नेटा अटोका सहायक प्रमुख कार्यकारी चाङ छिले भने, ‘तर यी कुरा पछिल्ला वर्षमा प्राविधिक विकास र पूर्वाधारको सुधारसँगै छोडिएका छन्। अझ ईभी प्रयोगको लागत जस्तो मर्मत शुल्क पेट्रोलियम सवारीसाधनको तुलनामा निकै सस्तो भएको छ।’ 

सन् २०२२ मा विश्वभर १ करोडभन्दा बढी ईभी बिक्री भएको पेरिसस्थित स्वशासित अन्तर्सरकारी संस्थाको विश्व ऊर्जा विश्लेषक इन्टरनेशनल इनर्जी एजेन्सीले जनाएको छ। आईईएका अनुसार २३ लाख विद्युतीय कार गत वर्षको पहिलो तीन महिनामै र अनुमानित १ करोड ४० लाखसम्म ईभी उक्त वर्षको अन्त्यसम्म बिक्री भएको मानिएको छ। 

चीनको झेजियाङ प्रान्तस्थित तंगजियाङमा रहेको नेटा अटोको इकोलजिकल स्मार्ट फ्याक्ट्री

पछिल्लो समय चीन विश्वमा ईभी उत्पादकको नेतृत्वकर्ताको रुपमा उदाएको छ। सन् २०२२ मा भएको कुल बिक्रीको आधा हिस्सा चीनकै छ। अझै यसको बजार हिस्सा बढ्ने आशा छ। यस्तोमा सांघाईको होजोन अटो बजार बढाउन तत्पर देखिन्छ। 

आफूलाई स्थापित गर्नै पछिल्ला १० वर्ष समय खर्चिएको कम्पनी विश्वकै उच्चमध्ये एक ईभी उत्पादक बन्ने लक्ष्यसाथ नेटा अटोको फ्ल्यागशिपका ईभी बिक्रीबाट चीनको नवीकरणीय ऊर्जामा आधारित सवारीसाधन उद्योगमा उदाउँदो नेतृत्वकर्ताको रुपमा उभिँदै छ। 

‘आगामी १० वर्षमा हामीले आफूलाई चीनको होजोनबाट विश्वको नेटामा रुपान्तरित हुने पहिलो काम गर्नुपर्नेछ’, चाङ भन्छन्।

आफ्नो कार ब्रान्ड ‘नेटा’ ‘नेझा’बाट प्रेरित छ जुन चिनियाँ मिथकअनुसार संरक्षणकर्ता एक भगवानको नाम हो। आफ्नो विश्व महत्त्वाकांक्षा पूरा गर्न कम्पनीले हङकङलाई छानेको छ। किन कि हङकङ आफैँमा एउटा क्षेत्रीय व्यवसायको केन्द्र र यात्रा गन्तव्य बन्दै आएको छ। यसलाई नेटाले लन्च प्याड बनाउन चाहेको छ। 

‘नेटालाई विश्वमा फैलाउन हाम्रो लागि हङकङ एउटा महत्त्वपूर्ण स्थान हुनेछ’, चाङ भन्छन्। 

नेटा अटो रणनैतिक उद्यमलाई आकर्षित गर्ने कार्यालय (ओएसिस)को ४५ रणनैतिक साझेदारमध्ये एक हो। हङकङ सरकारको एउटा इनिसिएटिभका रुपमा रहेको यो सन् २०२२ को अन्त्यमा स्थापना भएको थियो। यसले मूलभूमिका र विदेशी उच्च प्रविधि र उच्च मूल्यवान कम्पनीलाई सहरमा कार्यालय खोल्न र तिनलाई क्षेत्रीय र अन्तर्राष्ट्रिय विस्तारको मुख्य आधार बनाउन मद्दत गर्छ। 

ओएसिसले लक्षित व्यवसायलाई हङकङमा कामकारबाहीका लागि योजनासहित मद्दत गर्छ। इच्छुक कम्पनीलाई भूमि, कर र वित्तीय व्यवस्थाजस्ता पक्षमा विशेष सुविधा उपलब्ध गराउँछ। यसले कम्पनीका कर्मचारी र तिनका परिवारलाई हङकङमै बस्ने व्यवस्था समेत मिलाउँछ। 

कम्पनीहरुलाई महत्त्वपूर्ण स्टेकहोल्डरसँग जोड्नेदेखि हङकङ सरकारका विशेष नीतिबारेका महत्त्वपूर्ण सूचना र मार्गदर्शन समेत उपलब्ध गराउन ओएसिसले मद्दत गरेको चाङ बताउँछन्। त्यो आवश्यक पनि रहेको उनको भनाइ छ। 

नेटा अटोको नयाँ ईभी नेटा एल। यसमा शून्य गुरुत्वको सिट, फ्रिजलगायत छन्।

यसकै कारण पछिल्ला सरकारी नीति प्रत्यक्ष जान्न पाएको उनको भनाइ छ। गत वर्ष कार्यकारी प्रमुख जोन लीले १० अर्ब हङकङ डलरको नयाँ ओद्योगीकरण प्रवर्द्धन स्किम ल्याएका थिए। यसले उन्नत उत्पादन र नवीकरणीय ऊर्जा प्रविधि, कृत्रिम बौद्धिकता र डेटा विज्ञान, जीवन र स्वास्थ्य प्रविधिमा आधारित व्यवसायहरुलाई वित्तीय सहयोग उपलब्ध गराउँछ। यस्तो सहयोगले नेटा अटोजस्ता कम्पनीलाई निकै मद्दत पुग्छ। 

त्यसबाहेक ओएसिस कम्पनीहरुका लागि विभिन्नखाले व्यावसायिक साझेदारसँग जोडिन पनि महत्त्वपूर्ण छ। 

‘अटोमोटिभ उद्योग शृंखला निकै लामो छ। यसमा हार्डवेयर र सफ्टवेयर दुवै समेटिन्छन् जहाँ चिपदेखि क्लाउड कम्प्युटिङसम्म अटाउँछन्’, उनी भन्छन्, ‘त्यसैले साझेदारीको निकै खाँचो छ। ओएसिसको सपोर्ट प्लेटफर्म यी स्रोतसँग जोडिन, नवीन सोचका लागि र प्रडक्टमा सँगै काम गर्न साझेदारलाई मद्दतका लागि पनि धेरै महत्त्वपूर्ण छ।’

उनको कम्पनी सन् २०१४ मा स्थापना भएको थियो। यसले इन्टेलिजेन्ट नवीकरणीय ऊर्जामा आधारित सवारीसाधन उत्पादनको लक्ष्य लिएको छ। बितेका वर्षहरुमा कम्पनीले लोभलाग्दो वृद्धिको अनुभव चाखेको छ। सन् २०२२ मा कम्पनी एकै वर्ष डेढ लाख बढी सवारीसाधन बेच्ने पहिलो चिनियाँ ईभी स्टार्टअप बनेको थियो। त्यसमध्ये ३ हजार बढी सवारीसाधन विदेश निर्यात गरिएको थियो। 

यसको इन्ट्रीलेभलको नेटा भीको रेन्ज ३०१ किमि छ। चीनमा यसको मूल्य ७३ हजार ९ सय युआन (१० हजार २३० अमेरिकी डलर) छ। गत वर्ष कम्पनीले थप मोडलहरु ल्याएको थियो। तिनको मूल्य १ लाख युआनदेखि २ लाख ३० हजार युआनको बीचमा छ। चाङका अनुसार केही यसका मोडलहरु निकै लोकप्रिय बनेका छन्। 

चाङ यसको सुपथ मूल्यले मात्रै कम्पनीलाई सफल नबनाएको बताउँदै ग्राहकको प्रयोग अनुभवलाई मुख्य श्रेय दिन्छन्। यो वर्ष कम्पनीले पछिल्लो मोडल नेटा एल ल्याएको छ। जसको फिचरमा इन्टेलिजेन्ट ककपिट, स्वचालित ड्राइभिङ, लिडार सेन्सरलगायत छन्। यसमा फ्रिज, टेलिभिजनदेखि शून्य गुरुत्वका सिटहरु समेत छन्। 

त्यतिमात्र नभई कम्पनीले केही महत्त्वपूर्ण प्रविधिको उत्खनन समेत गरेको चाङ बताउँछन्। 

‘हाम्रो लिथियम ब्याट्रीहरुको ऊर्जा घनत्व उदाहरणका लागि १० वर्षअघि १०० वाट घण्टा/प्रतिकेजीबाट बढेर ३०० वाट पुगेको छ’, उनी भन्छन्, ‘त्यो झण्डै झण्डै सम्झनालायक सुधार हो। यसको अर्थ उही तौलमा पनि ड्राइभिङ रेन्ज दोब्बर या तेब्बर हुनसक्छ।’ 

आफ्नो व्यवसाय अभिवृद्धि र विस्तारका लागि हङकङलाई लन्च प्याड बनाउने कम्पनीको योजनाको एक भागको रुपमा होजोन अटोले गत सेप्टेम्बरमा पाक शेक ककस्थित हङकङ साइन्स पार्कमा आफ्नो अन्तर्राष्ट्रिय मुख्यालय बनाउन समझदारीपत्रमा हस्ताक्षर गरेको छ। 

आगामी ५ वर्षमा कम्पनीले यहाँ अर्बौँ डलर खर्च गरी एक स्मार्ट अनुसन्धान र विकास केन्द्र बनाउनेछ। जुन सहरमा एक ठूलो डेटा सेन्टर हुनेछ भने सयौँ कर्मचारीलाई रोजगारी दिनेछ। 

यसमा इच्छाइएको र नवप्रवर्तनात्मक ईभीको विकास गरिने चाङ बताउँछन्। 

विश्वका नामुद आविष्कार र प्रविधि कम्पनीले आफ्नो कार्यालय स्थापना गर्दा एसिया र अन्य क्षेत्रमा व्यवसाय विस्तारको लागि हङकङ एक व्यावसायिक मूलद्वार बन्नेछ। 

गत वर्ष हङकङमा ४५ देशका ३८२ कम्पनी आएका थिए। जसमध्ये ८२ वटा सूचना प्रविधि क्षेत्रका थिए। 

नेटाका ईभीहरु यसअघि नै दक्षिण–पूर्वी एसियाली बजारमा प्रवेश गरिसकेका छन्। थाइल्यान्ड र इन्डोनेसियाजस्ता बजारमा कम्पनीले ईभी उत्पादन प्लान्ट बनाइसकेको छ। यो वर्ष यी प्लान्टबाट धेरैभन्दा धेरै उत्पादन हुने अपेक्षा छ। योसँगै वर्षेनी ३० हजार सवारीसाधन डेलिभर गर्न सकिने कम्पनीको भनाइ छ। मलेसियामा अर्को उत्पादन कारखानाले अर्को जनवरीदेखि उत्पादन सुरु गर्दै छ। 

यी एसियाली बजारका ग्राहकले कम्पनीका सवारीसाधनलाई रुचाएका छन्। गत जुनमा थाइलाइन्डमा ईभीमध्ये सबैभन्दा धेरै नेटा भी नै बिक्री भएको थियो। २ हजारभन्दा बढी कार बिक्री भएका थिए।

गत वर्ष २० हजारभन्दा बढी बिक्री भएसँगै नेटा भीका कारहरु अहिले १३ देशमा उपलब्ध भएको छ। यो वर्ष त्यो संख्या १ लाख पुग्ने र ६० देशमा उपलब्ध हुने कम्पनीको आशा छ। यसका लागि मध्यपूर्व, युरोप र अमेरिकामा धेरैभन्दा धेरै उत्पादन प्लान्ट खोल्ने कम्पनीको योजना छ। 

‘हङकङको लाभदायी स्रोत र हामीले वर्षौँदेखि मूलभूमि चिनियाँ बजारमा विकास गरेका उत्पादन प्रविधिप्रति मलाई विश्वास छ। हामी पूरै व्यवसायलाई उच्च स्तरमा लैजाने विज्ञताका विभिन्न यी क्षेत्रलाई संयोजन गर्न सक्छौँ’, चाङ भन्छन्। 

ईभी बिक्रीका माध्यमबाट न्यून कार्बन जीवनशैलीलाई प्रवर्द्धन र वातावरणीय संरक्षणमा योगदानका लागि कम्पनीको व्यावसायिक उत्तरदायित्व पूरा गर्ने आशा पनि रहेको उनी बताउँछन्। एससीएमपीबाट 
 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .