हङकङ आन्दोलनमा पहिलो पटक नेपाली युवती पक्राउ

हङकङ आन्दोलनमा पहिलो पटक नेपाली युवती पक्राउ

नेपालखबर
असोज १५, २०७६ बुधबार १०:४१,

हङकङमा भइरहेको सरकार विरोधी आन्दोलनका क्रममा पहिलो पटक नेपाली मूलकी युवती पक्राउ परेकी छिन्।

चीनको ७०औं राष्ट्रिय दिवसको दिन मंगलबार हङकङमा आन्दोलनकारी झन् कडा रुपमा सडकमा उत्रिएका थिए। प्रदर्शनकारी र प्रहरीबीचको झडपले हिंसात्मक रुप लिएको थियो भने प्रहरीको गोली लागेर १८ वर्षीय एक जना युवा गम्भिर घाइते भएका थिए। अन्य डेढ दर्जन प्रदर्शनकारी पनि घाइते भएका छन्।

मंगलबार मात्रै ५१ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ, जसमा नेपाली मूलकी जेनी राई सहित अर्की एक जना अल्पसंख्यक समुदायकी युवती पनि रहेको बताइएको छ।

Raihk2

पहिले नाङ पो लिङ पीएलके सेकेण्डरी स्कुलकी विद्यार्थी जेनी राई अहिले हङकङको अर्को कुनै कलेजमा अध्ययनरत छिन्। उनी हङकङका अल्पसंख्यक समुदायका लागि काम गर्ने मानवअधिकार संस्था हङकङ युनिसनमा सक्रिय रहेको बताइएको छ।

याउमातेइबाट पक्राउ परेकी जेनीलाई चेङ सा वान प्रहरी स्टेशनमा राखिएको छ, जहाँ पुगेर परिवारका सदस्यले उनीसँग भेटेका छन्।

हङकङ विश्वविद्यालयमा अध्ययनरत पाकिस्तानी मूलकी युवती मारियम फातिमा पनि पक्राउ परेकी छिन्। 

सुपुर्दगी विधेयकको विरोधको क्रममा सुरु भएको हङकङको आन्दोलन करिब चार महिनापछि पनि साम्य भएको छैन। सरकारले विधेयक फिर्ता लिइसकेको छ भने आन्दोलनले गर्दा व्यवसाय र पर्यटन ध्वस्त हुँदा बेरोजगारी बढ्न थालेको भन्दै चिन्ता बढिरहेको छ।

RaiHK3 1

जेनी राई संभवतः आन्दोलनका क्रममा पक्राउ पर्ने पहिलो नेपाली मूलकी युवती हुन्। यसअघि नेपाली पक्राउ परेको आधिकारिक रेकर्ड छैन।

मुख्यतः स्कुल र कलेजका युवा सहभागी भएको अहिलेको आन्दोलनमा नेपाली लगायत अल्पसंख्यक समुदाय खासै गएका देखिँदैनन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .