हङकङमा चीन विरोधी प्रदर्शनकारीको छातीमा गोली लाग्यो (भिडियो)

हङकङमा चीन विरोधी प्रदर्शनकारीको छातीमा गोली लाग्यो (भिडियो)

नेपालखबर
असोज १४, २०७६ मंगलबार १०:३४,

कम्युनिस्ट शासनको ७० वर्ष पुरा भएको उपलक्ष्यमा चीनमा भव्य वार्षिकोत्सव समारोहको आयोजना भएको हो।

चीनल् उत्सव मनाइरहँदा चीन प्रशासित हङकङमा चीन विरोधी हिंस्रक प्रदर्शन भएको छ।

हङकङ प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएको एससीएमपीले उल्लेख गरेको छ।

उनको अवस्था गम्भीर भएको जनाइएको छ। एससीएमपीका अनुसार मंगलबार ५१ प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएका छन्। १५ प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शनकारीको खतरालाई मध्यनजर गर्दै हङकङमा मंगलबार २५ एमटीआर रेल स्टेसन बन्द गरिएका छन्।

प्रदर्शनकारीले चिनियाँ राष्ट्रिय दिवसलाई राष्ट्रिय शोकको रुपमा व्याख्या गरेका छन्। भिक्टोरिया पार्क, वोङ टाइसिन, सा टिन, सुङ वेनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेका छन्। प्रदर्शनकारीले सा टिन तथा ट्युन मुनमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्।

 मंगलबार चीनका राष्ट्रपति सि चिनफिङले आफूले हङकङमा स्थायित्व चाहेको बताएका थिए।

चीनको ७० औं वार्षिकोत्सवको आवसरमा आयोजना गरिएको विशाल कार्यक्रममा सिले हङकङमा जारी आन्दोलनको विषयमा केही उल्लेख गरेनन्।

यद्यपी सिले आफूले हङकङ र मकाउमा लागू भएको सिद्धान्त ‘एक देश, दुई प्रणाली’को समर्थन गर्ने बताए।

 

(भिडियो)

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .