चीनले राष्ट्रिय दिवसको उत्सव मनाइरहँदा हङकङमा चर्को विरोध

चीनले राष्ट्रिय दिवसको उत्सव मनाइरहँदा हङकङमा चर्को विरोध

नेपालखबर
असोज १४, २०७६ मंगलबार ८:३०,

कम्युनिस्ट शासनको ७० वर्ष पुरा भएको उपलक्ष्यमा चीनमा भव्य वार्षिकोत्सव समारोहको आयोजना भएको हो।

चीन प्रशासित हङकङकी कार्यकारी प्रमुख क्यारी लाम २ सयभन्दा बढी प्रतिनिधिको नेतृत्व गर्दै चीनको वार्षिकोत्सव समारोहमा भाग लिन पुगेकी छिन्।

तर चीनले ७० औं वार्षिकोत्सव मनाइरहँदा हङकङका नागरिकले मुख्य क्षेत्र चीनको राष्ट्रिय दिवसको विरोध गर्दै हङकङमा प्रदर्शन गरेका छन्।

एससीएमपीका अनुसार प्रदर्शनकारीको खतरालाई मध्यनजर गर्दै हङकङमा मंगलबार २० एमटीआर रेल स्टेसन बन्द गरिएका छन्।

प्रदर्शनकारीले चिनियाँ राष्ट्रिय दिवसलाई राष्ट्रिय शोकको रुपमा व्याख्या गरेका छन्। भिक्टोरिया पार्क, वोङ टाइसिन, सा टिन, सुङ वेनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।

प्रदर्शनकारीको भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार गरेका छन्।

प्रदर्शनकारीले सा टिन तथा ट्युन मुनमा प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्।

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .