‘लामले सबैथोक गुमाइन, फेरि माफी माग्नुपर्छ’

‘लामले सबैथोक गुमाइन, फेरि माफी माग्नुपर्छ’

मगेन्द्र राई
असार ३, २०७६ मंगलबार २:५४,

हङकङकी कार्यकारी प्रमख क्यारी लामले माफी माग्दै सुपुर्दगी विधेयक स्थगित भएको बताएपनि सरकारविरुद्ध लगातार प्रदर्शन भइरहेको छ।

आइतबार पनि सडकमा उत्रेका दशौं लाख प्रदर्शनकारीले प्रमुख कार्यकारी क्यारी लामको राजिनामा मागेपछि सरकार समर्थकहरुले उनलाई एक पटक अवसर दिन अपिल गरेका छन्।

बेइजिङमा चीनका विदेशमन्त्री लु काङले भने हङकङका कार्यकारी प्रमुख ‘लामको कानुन लागू गर्ने अथक प्रयासको समर्थन’ गरेका छन्।

हङकङ सरकारका कार्यकारी परिषदका सहजकर्ता बर्नार्ड चानले रेडियो आरटिएचके मार्फत लामलाई थप मौका दिन अपिल गरेका हुन्।

‘लामले यो पटक सबैथोक गुमाएकी छन् तर, उनले दुई वर्षमा श्रम, संस्कृती र प्रविधिमा गरेको कार्य र योगदानलाई भुल्नु हुँदैन’, चानले भनेका छन्, ‘यो घटनाबाट प्रमुख कार्यकारीले ठूलो पाठ सिकेर समाजमा आएको यो विभाजनप्रति खेद प्रकट गर्दै इमान्दारीपूर्वक माफी माग्नु पर्छ।’

चानले सुपुर्दगी विधेयकबारे जनतालाई बुझाउन हङकङ सरकार चुकेको बताए।

hk2

सुपुर्दगी विधेयकविरोधी आन्दोलनका क्रममा ३५ वर्षीय एक युवाले २० मिटर माथिबाट फाल हानेर आत्मदाह गरेका छन्।

हङकङबाट प्रकाशित हुने द स्ट्याण्डर्डले सरकार समर्थक विधायकहरूलाई उद्धृत गर्दै केन्द्र सरकारको निर्णयका आधारमा मात्रै कार्यकारी प्रमुखले पदबाट राजिनामा दिने नदिने निर्णय लिनसक्ने उल्लेख गरेको छ।

पूर्व आवास तथा यातायात मन्त्री एन्थोनी चेउङ बिङ लेउङले लामले मंगलबारसम्म सार्वजनिक रुपमा माफी मागेर विधेयक खारेज गरिसक्नु पर्ने चेतावनी दिएका छन्। उनले बुधबार प्रदर्शनको क्रममा प्रहरी शक्ति अनावश्यक प्रयोग गरिएको नगरिएको बारे छानबिन गर्न स्वतन्त्र छानबिन आयोग गठन गर्न माग गरेका छन्।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .