हङकङमा नेपालको पर्यटन प्रवर्द्धन, आईटीईमा नेपाल पनि सहभागी

हङकङमा नेपालको पर्यटन प्रवर्द्धन, आईटीईमा नेपाल पनि सहभागी

नेपालखबर
असार २, २०७६ सोमबार १०:२१,

नेपाल हङकङमा आयोजित ३३औँ अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) र १४औँ माइस ट्राभल एक्स्पोमा सहभागी भएको छ। नेपाल पर्यटन बोर्डले यही जुन १३ देखि १६ तारिखसम्म आयोजित एक्स्पोमा सहभागिता जनाएको हो।

चीनको संस्कृति तथा पर्यटन मन्त्रालयको सहयोगमा टीकेएस एक्जिबिसन सर्भिस प्रालिले आईटीई हंगकंगको आयोजना गरेको हो। यसलाई हंगकंगको पर्यटन बोर्ड, मकाउ गभर्नमेन्ट टुरिजम अफिस, हंगकंगको ट्राभल इन्डष्ट्री काउन्सिल र व्यापार सहयोगीहरुले समेत एक्स्पोलाई सहयोग गरेको बताइएको छ।

बोर्डसँगै छवटा पर्यटनसम्बद्ध कम्पनीहरुले पनि सहभागिता जनाएको बताइएको छ। आईटीई हंगकंग उक्त सहरकै एक मात्र यात्रा मेला हो। एक्स्पोको १३ र १४ तारिखमा व्यापार तथा व्यावसायिक प्रयोजनमा आयोजित भए पनि १५ र १६ मा भने सबैका लागि कार्यक्रमहरु भएका थिए। एक्स्पोको दुई ट्रेड दिनमा १२ हजारले अवलोकन गरेकामा ७० प्रतिशत हंगकंगबासी रहेको र ३० प्रतिशत चीन र अन्य देशका सहभागी रहेको बताइएको छ। त्यस्तै पछिल्लो दुई पब्लिक दिनमा ८० हजारले एक्स्पोको अवलोकन गरेका थिए। आईटीईअन्तर्गत व्यापार मेला र एफआईटी ट्राभल मेला आयोजना हुने गर्दछ।

hkkk३३औँ अन्तर्राष्ट्रिय ट्राभल एक्स्पो (आईटीई) र १४औँ माइस ट्राभल एक्स्पो

करिब ६ सय ५० प्रदर्शनीकर्ताहरु संलग्न एक्स्पोमा १५ वटा अन्य देशका रहेका थिए। बाँकी सबै ट्राभल एजेन्सी र टुर अपरेटरहरु सहभागी थिए। नेपालले हल १सीमा आफ्नो प्रदर्शनी गरेको थियो, जहाँ सयौँ अवलोकनकर्ताले स्टल अवलोकन गरेका थिए। सो क्रममा अवलोकनकर्ताहरुलाई भिजिट नेपाल इयर २०२० बारे जानकारी गराइएको थियो। पर्यटन बोर्डले बुद्धका मूर्ति, सगरमाथाका तस्बिर÷पोष्टर, पोखरा, लुम्बिनीलगायतका पर्यटकीय स्थानका तस्बिरहरु प्रदर्शन गरेको थियो।

त्यस्तै, ट्रेड डेमा टुर अपरेटरहरु, ट्राभल एजेन्टहरुलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि जानकारीमूलक आग्रह गरिएको थियो। पब्लिक डेमा अवलोकनकर्ताले नेपाल भ्रमणका जानकारीमूलक नक्सालगायतमा बढी चासो दिएका थिए। स्टलमा नेपालका पर्यटनसम्बद्ध कम्पनीहरुले नेपाल भ्रमणमा आए अफर दिने प्रतिबद्धता समेत जनाएको बताइएको छ।

उक्त एक्स्पोमा नेपालबाट अपूर्व टुर्स प्रालि, ड्रागन होलिडेज, कोइली टुर्स प्रालि, नेपाल बिग माउन्टेन ट्राभल प्रालि, वान हिमालयन एडभेन्चर प्रालि र आउटडोर एक्स्पिडिसन प्रालि सहभागी थिए भने बोर्डबाट वरिष्ठ अधिकृत सन्तोष विक्रम राणा र अधिकृत प्रदिप बस्नेत, हंगकंगमा रहेका नेपालका कन्सुल जनरल, एनआरएन हंगकंग र नेपाल हंगकंग चेम्बर अफ कमर्सका अध्यक्ष कमल प्रसाद भट्टराई समेत सहभागी थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .