हङकङमा सम्पन्न ट्रेल रेसमा नेपाली धावकले जिते ट्रफी

हङकङमा सम्पन्न ट्रेल रेसमा नेपाली धावकले जिते ट्रफी

नेपालखबर
भदौ २३, २०७६ सोमबार ११:४६,

हङकङमा सम्पन्न ट्रैल रेस प्रतियोगितामा नेपाली धावकले ट्रफी जितेका छन्।

क्याम टु स्पोर्ट्सद्वारा आइतबार सिङ मुन सिजर्भियर ड्याम नजिकै २३.१ र १२ किलोमिटर दूरीको दुई प्रतियोगिता सम्पन्न भएका थिए। प्रतियोगितामा २३.१ किलोमिटरको दौडतर्फ नेपाली धावक याम बहादुर लिम्बू (नुगो याम)ले उमेर समूहमा तेस्रो स्थान हासिल गरेका छन्।

उनले निर्धारित दूरी ३.०२.३८ सेकेन्डमा पूरा गरी उमेर समूहमा तेस्रो बनेका हुन।

टिम नेपाल फाइनान्स टप सेभेनमा

हङकङमा नेपालीहरुको स्वामित्वमा सञ्चालित सफल वित्तीय सस्था ‘नेपाल फाइनान्स’ को समूह ‘टिम नेपाल फाइनान्स’का धावक सन्तोष तामाङले १२ किलोमिटरतर्फ उमेर समूहमा सातौँ स्थान हासिल गरेका छन्।

तामाङले निर्धारित दूरी १.४६.५३ सेकेन्डमा पूरा गरी उमेर समूहमा सातौँ स्थान हासिल गरेका हुन। नेपालखबर हङकङको रेडियो संवाददाता समेत रहेका तामाङ ट्रैल रेसका कीर्तिमानधारी भूतपूर्व बिजेता पनि हुन। उनी लामो समयको विश्रामपछि दौडमा फर्केका हुन।

टिम नेपाल फाइनान्सका तर्फबाट प्रतियोगितामा फाइनान्सकै डाइरेक्टर तथा जेनेरल सेक्रेटरी मगेन्द्र राईको नेतृत्वमा ६ प्रतियोगीहरु सहभागी भएका थिए। तामाङ लगायत मगेन्द्र राई, डोम राना, ईन्द्र कुमार राना र माया गुरुङले १२ किलोमिटर तथा राम थापा मगरले २३.१ किलोमिटर तर्फ भाग लिएका थिए। राई नेपालखबर हङकङका समाचार संयोजक समेत हुन। प्रतियोगीहरुलाई उत्साह प्रदान गर्न नेपाल फाइनान्सका अध्यक्ष तथा सीइओ धिरजकुमार राई लगायत फाइनान्सका डाइरेक्टरहरु दौड स्थल पुगेका थिए।

दौडसँगै भिजिट नेपाल २०२० को प्रवर्द्धन
३ दर्जनभन्दा बढी राष्ट्रका ५०० भन्दा बढी धावक धाविकाहरुको सहभागिता रहेको उक्त दौडको सुरु र अन्त्य हुने स्थानमा भिजिट नेपाल २०२० को ब्यानर, नेपाली झण्डाहरुको डिस्प्ले तथा सामूहिक तस्बिर खिचाइएको थियो।

नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराई स्वयं कार्यक्रम स्थल पुगी प्रतियोगीहरुलाई हौसला प्रदान गर्नुका साथै बधाई समेत दिएका थिए। उनले नेपालखबरसँग भने, ‘यस्तो ईभेन्टमा नेपालीहरुको सहभागी हुनु खुशीको कुरो हो, त्यसमाथि ट्रफी थाप्नु सम्पूर्ण नेपालीहरुको गौरवको कुरा हो, यसै सिलसिलामा भिजिट नेपालको पनि प्रवर्द्धन गर्न पायौ, यो त हाम्रो लागि दुबै हातमा लड्डु जस्तै भयो।’

नेपालीहरु ट्रैल रेसमा विश्व भर प्रख्यात छ्न्। केही समय यता हङकङमा नेपालीहरुको समेत ट्रैल रेसप्रतिको मोह बढ्दै र सफलताको खुड्किलो चढ्दै गइरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .