हङकङमा सुपुर्दगी विधेयकमाथिको छलफल स्थगित भए पनि रोकिएन विरोध

हङकङमा सुपुर्दगी विधेयकमाथिको छलफल स्थगित भए पनि रोकिएन विरोध

नेपालखबर
असार १, २०७६ आइतबार १०:५०,

हङकङमा सुपुर्दगी विधेयकमाथिको छलफल अनिश्चितकालका लागि स्थगित भए पनि आइतबार उक्त विधेयकको विरोध भएको छ।

आइतबार भिक्टोरिया स्क्वायर अगाडि हजारौं मानिसहरु भेला भएर विधेयक फिर्ता लिनु पर्नेभन्दै प्रदर्शनमा उत्रिएका थिए।

गतहप्ता झन्डै एकहप्ता चलेको प्रदर्शनका कारण देशमा अशान्ति मच्चिएपछि हङकङकी कार्यकारी प्रमुख क्यारी लामले शुक्रबार विज्ञहरुसँग छलफल गर्दै शनिबार सुपुर्दगी विधेयकमाथिको छलफल स्थगित गरिएको घोषणा गरेकी थिइन्।

यस घोषणासँगै आइतबार तय भएको प्रदर्शनको कार्यक्रम स्थगित हुने अनुमान गरिएपनि हजारौैंले प्रदर्शनमा भाग लिएको बीबीसीले जनाएको छ।

Image result for hongkong protest

यस विधेयकमाथि कहिले छलफल सुरु गरिने केही खुलाइएको छैन।

हङकङमा विवादित मानिएको यस सुपुर्दगी विधेयक पारित भए हङकङका कार्यकारी प्रमुखले अपराधमा आरोपित व्यक्तिलाई औपचारिक सुपुर्दगी सम्झौता नभएको देशमा समेत ती व्यक्तिलाई सजायका लागि पठाउन सक्छ।

यसमा हङकङसँग सुपुर्दगी सम्झौता नभएको देशमध्ये मुख्य क्षेत्र चीन पनि पर्छ। अधिकारकर्मीहरुले यस विधेयक पारित भए चीनको शक्ति हङकङमा हाबी हुने टिप्पणी गरेका छन्।

यसबाट हङकङको स्वतन्त्रता खोसिने चिन्ता व्यक्त गरिएको छ। एजेन्सी

 

 

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .