हङकङमा शनिबार भएको सरकार विरोधी प्रदर्शनले झन् हिंसात्मक रुप लिएको छ।
सुपुर्दगी विधेयकको विरोधमा हजारौं प्रदर्शनकारीले सरकार विरोधी प्रदर्शन गरिरहेका छन्। गएको १३ हप्तादेखि लगातार हङकङमा प्रदर्शन जारी छ।
सरकारविरुद्धको प्रदर्शनमा शनिबार प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा, पेट्रोल बम लगायत प्रहार गरेका छन्।
सरकारी कार्यालय बाहिर भएका प्रदर्शनलाई तित्तरबित्तर बनाउन प्रहरीले पानीको नीलो फोहरा प्रहार गरेको छ। यसअघि प्रदर्शनकारीको भिडलाई नियन्त्रणमा लिन प्रहरीले पानीको फोहरा तथा अश्रु ग्याँसको प्रयोग गर्दै आएको थियो।
(भिडियाे)
पानी निलो बनाउने उक्त तत्व ब्लु डाइ भएको एससीएमपीले बताएको छ। ब्लु डाइले मानिसमा एलर्जी तथा आस्थ्मा निम्ताउन सक्नेछ।
हङकङको संसदभवन बाहिर पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरु संसदभवनको बारमा चढेका देखिएको छ।
केही प्रदर्शनकारीले विभिन्न स्थानमा निगरानीका लागि राखिएका सीसी क्यामेरा फुटाएका छन् भने वानचाईमा आगजनी गरेका छन्।
(सीसीटीभी फुटाएको दृश्य)
— SCMP Hong Kong (@SCMPHongKong) August 31, 2019Some protesters have taken to smashing a surveillance camera outside Causeway Bay MTR's exit D2 with a hammer, cheered on by other protesters. #hongkongprotests
Video: SCMP/Kelly Ho pic.twitter.com/rJqaT0RZyu

प्रतिक्रिया