हङकङमा सवारी दुर्घटना, चालकको मृत्यु, १२ यात्रु घाइते

 हङकङमा सवारी दुर्घटना, चालकको मृत्यु, १२ यात्रु घाइते

मगेन्द्र राई
भदौ १२, २०७६ बिहिबार ९:५७,

हङकङमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु हुनाका साथै १२ यात्रु घाइते भएका छन्।

बिहीबार अपराह्न दिसँसो साढे १ बजे मे सिङ कोर्ट सा तीन नजिकै पर्ने सिङ मुन टनेल सडक तीनवटा सवारी ठोक्किँदा सो दुर्घटना भएका हो।

दुर्घटनामा परेका तीन वटै सवारी साधन क्षति पुगेको बताइएको छ।

सुरुमा कंक्रिट मिक्चरलाई निलो ट्रकले ठक्कर दिएको थियो भने त्यसपछि ट्रकलाई केएमबी कम्पनीको डबल डेकर बसले ठक्कर दिएको थियो। सो ठक्करबाट ट्रकको पछिल्लो भाग र बसको अघिल्लो भागमा क्षति पुगेको बताइएको छ।

ट्रकको पछिल्लो भागमा बस ठोक्कँदा बसका चालकको मृत्यु भएको हो। ठक्करमा घाइृत बनेका चालकलाई फायर फाइटरका उद्दरकर्मीहरुले बाहिर निकालेका थिए।

उनलाई उपचारार्थ सा तीनस्थित प्रिन्स अफ वेल्स अस्पताल पु¥याइएको थियो। अस्पताल पु¥याउनासाथ डाक्टरले उनलाई मृत घोषणा गरिरेका थिए। प्रहरीका अनुसार सो दुर्घटनामा अन्य दुई चालक र १० यात्रीहरु पनि घाइते भएको साउथ चाईना मर्निङ पोस्टले बताएको छ।

दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको छ।

हङकङमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गईरहेको छ। एक आधिकारिक तथ्यांक अनुसार यस वर्षको पहिलो सात महिनामाभित्र हङकङमा ५४ दुर्घटनामा ५५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .