हङकङमा ७८ वर्षीय वृद्धद्वारा पाँच वर्षीया नातिनी बलात्कृत

हङकङमा ७८ वर्षीय वृद्धद्वारा पाँच वर्षीया नातिनी बलात्कृत

मगेन्द्र राई
भदौ ६, २०७६ शुक्रबार ९:३३,

हङकङमा ५ वर्षीया बालिकालाई बलात्कार गर्ने ७८ वर्षीय हजुरबालाई शुक्रवार यहाँको उच्च अदालतले ११ वर्षको जेल सजाय तोकेको छ।

ती वृद्ध हजुरबाले पछिल्लो दुई बर्षमा नातिनिलाइ दुई पटक यौन लिला गरेको स्वीकारेका कुरा आरटीएचकेले बताएको छ।

उच्च अदालतका न्यायाधीश एन्थिया पाङले घटनालाई हृदय विदारक भन्दै यसले बालिकामा गम्भीर मनोवैज्ञानिक असर पर्ने बताएकी छिन्।

न्यायाधीश पाङ भन्छिन ‘आघातको प्रतिबेदनले पीडित बालिका राम्ररी निदाउन सक्दिनन्। तिनी हरेक उमेरका पुरुषरूसँग डराउँछिन्। साथै आफ्नै दौँतरीहरु बिच खेल्न रूची समेत गुमाएकी छिन।’

रिपोर्ट अनुसार पीडित बालिका रिसाउने, दुखी र उदास हुने बताईएको छ। उनी शारीरिक रुपमा यस्तो हाउभाउ गर्छिन् कि उनी कुनै संकटमा संघर्षरत छिन्।

उक्त घटना प्रती पीडितकी आमाले समय मै थाहा पाउन नसक्दा आफैंलाई दोषारोपण गर्दै आफैलाई धिक्कारेकी छिन्।

न्यायाधीश पाङले फैसला सुनाउदै भनिन ‘घटनाको रिपोर्टले आमा र पीडित बालिका दुबैमा गम्भीर मनोवैज्ञानिक असर पारेको छ जसले बालिका हुर्कदै जाँदा र घटनाबारे थप थाहा पाउँदै जाँदा पीडितको आत्म–छवि विकासमा ठूलो असर पर्न सक्छ।’

न्यायाधीशले प्रतिवादी हजुरबाले नातिनीको भावनालाई वेवास्ता गर्दै यौन साधनका रूपमा उपयोग गरेको भनी आलोचना गरेकी छन्।

हङकङमा कानुनी रुपमा यौन व्यबसाय सञ्चालित छ्न्। १८ वर्ष पूरा भएका पुरुषहरुले शुल्क तिरेर मन पसन्दको विभिन्न देशमा महिलाहरुसँग यौन सम्पर्क राख्न छुट छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .