हङकङले बेलायतलाई कोरोनाको अति उच्च जोखिमको सूचीमा राखेसँगै लाग्यो भ्रमण प्रतिबन्ध

हङकङले बेलायतलाई कोरोनाको अति उच्च जोखिमको सूचीमा राखेसँगै लाग्यो भ्रमण प्रतिबन्ध

नेपालखबर
असार १४, २०७८ सोमबार ११:१९,

साउथ चाइना मर्निङ पोस्टका अनुसार बेलायतलाई कोरोनाको अति उच्च जोखिमको सूचीमा राखेसँगै हङकङले बेलायतबाट आउने सबैलाई भ्रमण प्रतिबन्ध लगाउने भएको छ।

जुलाई १ बाट अनिश्चितकालको लागि यस एकतर्फी भ्रमण प्रतिबन्ध लाग्ने जनाइएको छ।

अधिकारीहरुका अनुसार दुवै डोज खोप लगाउने व्यक्ति बेलायत गएका छन् भने उसले पनि प्रतिबन्धात्मक नियम पालना गर्नुपर्छ।

बेलायतमा २ घण्टा मात्र समय बिताए खोप लगाउने व्यक्तिले हङकङमा २१ दिनसम्म क्वारेन्टिन बस्नुपर्नेछ।

हङकङको स्वास्थ्य नियामक संस्थाका अनुसार पछिल्लो सात दिनको अवधिमा हङकङमा कोरोनाको एल४५२आर म्युटेसन देखिएका ११ व्यक्ति भेटिएका छन्। यस म्युटेसन बेलायतबाट फर्किएका व्यक्तिमा देखिएको हो।

हालसम्म यस म्युटेसनबाट बेलायतमा एक लाख ४ हजार संक्रमित छन्। यस म्युटेसनले त्यहाँ ११ जनाको मृत्यु भइसकेको छ।

बेलायतबाट फर्किनेमा नयाँ प्रकारको कोरोना देखिएपछि बेलायतलाई अति उच्च जोखिमको सूचीमा राखिएको हो।

हालसम्म बेलायतमा ११ हजार ९२१ मा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये २११ को मृत्यु भइसक्दा ११ हजार ६२६ कोरोनामुक्त भएका छन्। एससीएमपी

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .