हङकङको एप्पल डेली बन्द भयो, तर ताइवानस्थित एप्पलको अनलाईन बन्द नहुने

हङकङको एप्पल डेली बन्द भयो, तर ताइवानस्थित एप्पलको अनलाईन बन्द नहुने

नेपालखबर
असार १२, २०७८ शनिबार १३:२८,

एप्पल अनलाईन ताइवानबाट संचालन भइरहेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

एप्पल डेलीले गत शुक्रबारदेखि प्रकाशन बन्द गरेको थियो। राष्ट्रिय सुरक्षा कानुनको घेरामा रहेको यस पत्रिकाको सम्पत्ति फ्रिज भएपछि पत्रिका बन्द गर्नु परेको हो।

प्रकाशन हुन थालेको २६ वर्षपछि बिहीबार मध्यरातबाट यो पत्रिका बन्द भयो।

पत्रिका बन्द भएपछि एप्पल अनलाईनले अनलाईन संस्करण बन्द नहुने र ताइवानमा रहेको ५ सय कर्मचारीले एप्पलटको यस डिजिटल माध्यमलाई सँधै जीवित राख्ने बताएको छ।

एप्पल अनलाईन ट्रेड युनियनका महासचिव चेन चिया–इन भन्छन्,‘हामी हाम्रो काम लगातार सुचारु राख्नेछौं।’

सन् २०१९ मा एप्पल डेलीले हङकङ र चीनलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धात्मक नियमहरु लगाउनु माग गर्दै ३० भन्दा बढी लेख छापेको प्रहरीले बताएका थिए।

एप्पल डेलीका संस्थापक जिमी लाई सन् २०१९ को सरकारविरुद्धको आन्दोलनमा युवाहरूसँगै सडकमा रहँदै आएका थिए।

हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरेको थियो। हाल पनि उनी हिरासतमै छन्।

सोही क्रममा पत्रिकामा हालै प्रहरीले छापा मार्दै पत्रिकाको सम्पत्ति फ्रिज गरिदिएको थियो। सम्पत्ति नै चलाउन नपाएपछि आर्थिक कारोबार ठप्प हुँदा सो पत्रिका बन्द गर्नु परेको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .