हङकङको एप्पल डेली पत्रिकामा बिहानै ५ सय प्रहरीको छापा, प्रधान सम्पादक गिरफ्तार

हङकङको एप्पल डेली पत्रिकामा बिहानै ५ सय प्रहरीको छापा, प्रधान सम्पादक गिरफ्तार

नेपालखबर
असार ३, २०७८ बिहिबार ७:१०,

सो क्रममा पत्रिकाका प्रधान सम्पादक राएन लसहित पाँच जना गिरफ्तार भएका छन्।

हङकङको राष्ट्रिय सुरक्षा कानुन अन्तर्गत यसअघि नै एप्पल डेलीका मालिक जिमी लाई हिरासतमा छन्।

यतिबेला राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेकै आरोपमा एप्पल डेलीमा छापा हानिएको बीबीसीले जनाएको छ।

अन्य गिरफ्तार हुनेमा पत्रिकाका सीईओ चिउङ किम–हङ, सीओओ चो तात–क्युन, सहसम्पादक चान पुईमान तथा कार्यकारी सम्पादक चिउङ चि–वाई रहेका छन्।

हाल एप्पल डेलीको बैंक खातामा भएको एक करोड ८० लाख हङकङ डलरलाई पनि फ्रिज गरिएको छ।

एप्पल डेली मुख्यक्षेत्र चीन सरकारप्रति आलोचनात्मक भएको बताइन्छ। सन् २०१९ मा प्रहरीले एप्पल डेलीले हङकङ र चीनलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धात्मक नियमहरु लगाउनु माग गर्दै ३० भन्दा बढी लेख छापेको उल्लेख गरेको थियो।

Hong Kong security chief threatens Jimmy Lai's bankers with jail if they  deal in his accounts | The Japan Timesजिमी लाई

एप्पल डेलीका संस्थापक जिमी लाई सन् २०१९ को सरकारविरुद्धको आन्दोलनमा युवाहरूसँगै सडकमा रहँदै आएका थिए।

हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरेको थियो।

एक वर्षको अन्तरालमा एप्पल डेलीमा दोस्रोपटक छापमा मारिएको हो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .