फ्रान्समा दौडिएर नेपाल चिनाउन चाहने हङकङका दीननाथ

फ्रान्समा दौडिएर नेपाल चिनाउन चाहने हङकङका दीननाथ

मगेन्द्र राई
भदौ ४, २०७६ बुधबार १०:१८,

उनले फ्रान्सको दक्षिणपूर्वी क्षेत्र सेनोमीमा आगामी अगस्ट ३० मा आयोजना हुने ट्रेल दौडको सर्वाधिक प्रतिष्ठित १ सय ७१ किलोमीटर लामो अल्ट्रा ट्रैल डु मोन्ट ब्लांक (टिएमबी) मा भाग लिनेछन्।

दीननाथले त्यहाँ नेपालको प्रतिनिधित्व गर्दै नेपाली महावाणिज्यदूत हङकङसँगको सहकार्यमा भिजिट नेपाल २०२० को लागि पर्यटन प्रवर्द्धन गर्नेछन्।

ट्रेल दौडको लागि विश्वकप मानिने उक्त दौडमा सहभागिताको लागि प्रबेश पाउनु मात्रै पनि ठूलो कुरा मानिन्छ।

क्वालिफाईङ पोइन्टको आधारमा प्रवेश पाइने उक्त प्रतियोगितामा सहभागी हुन ट्रेल रनरहरुले सुरुवातदेखि सपना पालेका हुन्छन्। दीननाथ बगालेले उक्त आवश्यक सर्तहरु पुरा गरेर प्रवेश पाएका हुन्।

ठूला चुनौतीलाई पार गर्नुपर्ने यस हिमाली दौड साहसिक खेल हो। दीननाथ सहभागी हुने खेल आगामी अगस्ट ३० तारिख फ्रान्सेली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ।

कडा मिहिनत र तयारी चाहिने यस दौड प्रतियोगितामा सन्सार भरका उत्कृष्ट २३ सय धावक धाविकाहरुले भाग लिनेछन्।

फ्रान्सको सुन्दर ठाउँ सानोमीबाट दौड शुरु हुनेछ। यस दौडको क्रममा धावकले स्विजरल्यान्ड तथा ईटलीका विभिन्न स्थान पार गर्नेछन् फेरि फ्रान्स फर्कनेछन्।

प्रतियाेगिताका लागि अभ्यास गर्दै दीननाथ

१० हजार ४० मिटर उकालो पार गर्ने सिलसिलामा धावकहरुले अनेकौं हिम शृङ्खलाहरु पार गर्नु पर्नेछ।

हङकङबासी दीननाथसँगै अन्य प्रतिस्पर्धीले दौडका क्रममा अध्याँरो रात, चिसो हावा, मुटु काप्ने जाडो, वर्षा, हिउँ आदिको सामना गर्नु पर्नेछ। यसको लागि राम्रो प्रशिक्षण र अभ्यासको आवश्यकता पर्दछ। जुन दीननाथले गरेका छन्।

दीननाथ यी सबै चुनौती स्विकार्दै प्रतियोगितामा सामेल भएका हुन्। यस प्रतियोगितामा पहिलो स्थान आउनेको सम्भावित समय २० घन्टा ४५ मिनट अनुमान गरिएको छ भने ४६ घन्टा ३० मिनट कट अफ टाइम तोकिएको छ।

लामो दुरिका अनुभवी दिनानाथले दौडको राम्रो तयारी गरेको नेपालखबरलाई बताए। जित्न सम्भव नभए पनि नेपालको झण्डा बोकेर सयौं देशबीच नेपालको प्रतिनिधित्व गर्न पाएकोमा आफूले सौभाग्य ठानेको उनले बताए। उनले ३० देखि ३२ घन्टामा दुरी पार गर्ने लक्ष्य राखेका छन्

सयांै दौड प्रतियोगितामा अनुभव बटुलीसकेका दिनानाथले चीनमा भएको १०० किलोमिटर दौडमा दोस्रो र हङकङमा भएको १ सय ६८ किलोमिटरमा पाचाै स्थान हासिल गरेका छन्।

उनले जापानको १ सय ६७ किलोमिटर लामो माउन्ट फुजि अल्ट्रा ट्रैल रेसमा समेत अनुभव बटुलेका छन्।

आजसम्म आफ्नै खर्चमा दौडिरहेको दीननाथ ट्रेल दौड खर्चालु भएको बताउँछन्। गतबर्ष मात्र उनले हङकङ डलर ५० हजारको हाराहारीमा खर्च गरे। होटल, जहाज भाडा, प्रबेश शुल्क, दौडका लागि आवश्यक उपकरणमा उक्त खर्च लागेको बताउँछन्।

ठूलो दौडमा प्राय धेरै खेलाडीहरुले प्रायोजकमार्फत आर्थिक सहयोग र असल उपकरणहरु प्राप्त गर्छन जसले गर्दा नजिता ल्याउन सहायक सिद्द हुन्छ।

व्यक्तिगत खर्चमै सहभागिता जनाईरहेका दिनानाथ भन्छन्,‘उपकरणहरु निकै महङ्गो हुन्छ। यो पटक युटिएमबी(फ्रान्स) दौड का लागि मात्र झण्डै दस हजार डलर उपकरण किन्नमै खर्च भयो। होटल,जहाज भाडा, प्रवेश शुल्क, खाना आदि सबै जोड्दा खर्चले डाडा काटेको छ।’

‘यति धेरै ब्यक्तिगत खर्च गरेर के का निम्ति दौडनु हुन्छ?’ नेपालखबरले सोधेको प्रश्नमा दिनानाथले भने,‘सर्वप्रथम त आफ्नो भित्री ईच्छा हो, सोख हो, साथै चन्द्रसूर्य अंकित नेपाली झण्डा बोकेर सयाै देशहरु बीच नेपालको प्रतिनिधित्व गर्न पाउनु अर्को शौभाग्य हो। त्यसमाथि नयाँ र सुन्दर ठाउँहरु देख्न पाउनु, सन्सारभरका नया साथीहरु बनाउनु, अनुभवहरु साटासाट गर्नु यस्ता कुराहरु धन सम्पत्तिभन्दा माथि र महत्त्वपूर्ण चिजहरु हुन, यसले भरपुर आनन्द दिन्छ, स्वस्थ जीवन त यसको प्याकेज नै हो। पैसासङ्ग यी चिजहरु तुलना गर्न मिल्दैन।’

दीननाथले भाग लिन लागेको यस दौड प्रतियोगिता सन् २००३ मा नेपालका दावा शेर्पाले नयाँ कीर्तिमान सहित जितेका थिए।

भिजिट नेपाल २०२० को प्रवर्द्धन

‘एक काज, दुई पन्थ’ भनेझै लामो समय बाट पर्यटन क्षेत्रसङ्ग संलग्न रहेका दिनानाथको यसपटकको दौड प्रतियोगिताले फ्रान्समा भिजिट नेपाल २०२० को प्रवर्द्धन समेत गर्नेछ।

भिजिट नेपालको पूर्बसन्ध्यामा दिनानाथले नेपाली महावाणिज्यदूत हङकङसङ्गको सहकार्यमा नेपाल भ्रमणको लागि बिभिन्न सूचनामुलक सामग्रीहरु ईभेन्ट स्थलमा प्रदर्शन र वितरण गर्नेछन भने व्यक्तिगत रुपमा चिनेका साथीभाई तथा नयाँ मित्रता कायम गरेकाहरुलाई नेपाल घुम्नको लागि उत्प्रेरित गर्नेछन्।

उनी भन्छनन्,‘पर्यटन सम्बन्धी काममा भिजेको धेरै बर्ष भयो। फेरि यो किसिमको दौडमा विश्वभरका हजारौं मानिसहरु भेला हुन्छन्, यो प्रतियोगिता र स्थान पर्यटन प्रवर्द्धन गर्ने उपयुक्त मौका हो, यो मौकामा नेपालको प्रचार प्रसार गर्न पाउनु मेरो सौभाग्य हो।’

एक हप्ताभन्दा बढी चल्ने यस दौडको कुम्भ मेलामा ७ विधाका दौडहरु सन्चालन हुनेछन् जसमा १०० राष्ट्रका झन्डै १० हजार धावक धाविकाहरु उक्त प्रतिस्पर्धामा सहभागी हुनेछन्।

नेपाल सरकारको तर्फबाट लामो समय भिजिट नेपालको प्रचार प्रसारमा जुटेका नेपाली महावाणिज्यदूत कमल प्रसाद भट्टराई फ्रान्समा भिजिट नेपालको प्रचार प्रसार गरिनु ‘युनिक मेथड’ भएको बताउँछन्।

भट्टराई भन्छन्,‘खेलाडीहरु राष्ट्रका सदभावनादूत हुन्, हामीले खेलाडी मार्फत नेपालको पर्यटन प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय फोरम प्राप्त गरेका छौं, यो निकै महत्वपूर्ण र प्रभावकारी हुनेछ। नेपाल भर्जिन ल्यान्ड हो, बिदेशी पाहुनाहरुको लागि हामीसङ्ग अद्दितिय र अद्भुत चिजहरु छन्, त्यस्ता चिजहरुको सबैले आआफ्नो ठाउँबाट प्रचार प्रसार गर्यौ भने २० लाख भन्दा बढी पर्यटकहरु नेपाल भित्र्याउन सक्छौं।’

उनका अनुसार पर्यटन नेपालको बिदेशी मुद्रा आर्जन गर्ने सबैभन्दा ठूलो उद्योग र स्रोत हो। उनी भन्छन्,‘विश्वको १० उच्च अग्लो हिमालहरु मध्ये आठवटा नेपालमै पर्दछन्। पर्वतारोहण, रक क्लाम्बिङ, एब्सिलिङ, र्याफ्टिङ, प्याराग्लाईडिङ, कायकिङ, ट्रेकिङ जस्ता साहसिक गतिविधिको लागि नेपाल उत्कृष्ट गन्तव्य हो। नेपालको हिन्दू र बौद्ध धार्मिक सम्पदा तथा परम्परागत साँस्कृतिक सम्पदाका साथै यहाँको शितोष्ण, समशितोष्ण मौसम, बन्यजन्तु आदि पर्यटकहरुका लागि आकर्षणको स्रोतहरु हुन्।’

नेपाल सरकारले आगामी बर्ष भिजिट नेपाल २०२० मनाउँदै छ। दशलाखको हाराहारीमा पर्यटकहरु नेपाल आएको तथ्यांक छ। भिजिट नेपाल बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहेको छ।

नेपाल सरकारको उद्देश्य र योजना अनुरुप हङकङबाट नेपाल भ्रमणमा जाने चिनियाँहरुको लागि निशुल्क भिषा उपलब्ध गराउने नेपाली महावाणिज्यदूत हङकङले जानकारी गराएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .