चीनको पक्षमा अभिव्यक्ति दिएका ज्याकी चानको समर्थनमा के–पप स्टारहरु

चीनको पक्षमा अभिव्यक्ति दिएका ज्याकी चानको समर्थनमा के–पप स्टारहरु

मगेन्द्र राई
भदौ ३, २०७६ मंगलबार ६:५७,

त्यसको केही दिनपछि विश्वबिख्यात हलिउड स्टार ज्याकी चानले त्यसको बिरोध गरे। उनले आफू हङकङ समुदायको एक सदस्य तथा एक चिनियाँ हुनुको नाताले राष्ट्रिय भावनामा खलल पुग्ने कार्यको पहरेदार हुने बताएको थिए।

चीनको राष्ट्रिय झन्डको पहरेदारको रुपमा आफुलाई उभ्याएपछि प्रदर्शनकारीहरुले ज्याकी चानको चर्को आलोचना गरे।

चानको विचारसँग सहमति जनाउँदै यतिबेला चीन, हङकङ र ताईवान लगायतका कम्तिमा ८ जना के–पप स्टारहरुले बेजिङको ‘एक चीन नीति’को समर्थन गरेका छन्।

चिनियाँ राष्ट्रिय झण्डाप्रति निष्ठा कायम गर्दै के–पपका सदस्यहरु ले झाङ, ज्याक्सन वाङ, लाई कुअन–लिन र भिक्टोरिया सङले १ अर्ब ४ करोड चिनियाँमध्ये आफूहरु राष्ट्रिय झण्डाको पक्षमा भएको जनाएको छ।

उनीहरुले झण्डा आफ्नो अभिभावक भएको कुरा आधिकारिक सोसल मिडिया वेइबो मार्फत जनाएका हुन्। उनीहरुले चीनको झण्डा अपलोड गरेका छन्। वाङ हङकङका हुन भने लाई ताईवानका हुन्।

लोकप्रिय समूह ईएक्सओ का सदस्य सङ्ग र झाङले इन्स्टाग्राम मार्फत आफूहरु चिनियाँ भएकोमा गर्व गरेका छन्। सङ्गले गतहप्ता चीनको झण्डा अपलोड गर्दै क्यापसन लेखेका छन्,‘सदाको लागि चीन को हो।’

उक्त पोस्ट अन्तर्राष्ट्रिय फलोवरले मात्र देख्न पाउँछन किन भने इन्स्टाग्राम पश्चिमा सोसल मिडिया हो, जुन चीन का सत्ताधारी कम्युनिस्ट पार्टिले बन्देज लगाएको छ।

के–पप स्टारहरुको भनाइप्रति प्रतिक्रिया दिदँै कतिपय प्रशंसकहरुले उनीहरुको भनाइ लज्जास्पद भएको बताएका छन्। केहीले भने समर्थन जनाएका छन्।

ज्याक्सनका २६ बर्षीय प्रशंसक एरिका हुङका अनुसार चिनियाँ बजार हङकङ बजारभन्दा ठूलो छ त्यसैले उनको उपस्थिती चीनमा बढी हुने गरेकोले उनले त्यसो भन्न अनौठो होइन।

गट सेभेन समूहका सदस्य बाङले हङकङको झण्डा तथा शहरको प्रतिक भएको टाकिको फूल अंकित टोपी लगाउँथे तर हालै उनी आफ्नो कन्सर्ट यात्रामा चिनियाँ झण्डा बोक्न थालेका छन्। उनको म्युजिक भिडियोमा पनि चीन झण्डा भएको हुडी टोपी लगाएको देख्न सकिन्छ।

बेजिङको लागि सार्वजनिक समर्थन पप स्टारहरुमा मात्र सीमित छैन। डिज्नीको आगामी फिल्म “मुलान“ को लाइभ एक्शन संस्करणमा चीनमा जन्मिएका लियू यैफीले हङकङका प्रदर्शनकारीहरूले पुलिसलाई दुव्र्यवहार गरेको आरोप लगाएका थिए।

उनले भनेकी थिइन,“म हङकङ पुलिसलाई समर्थन गर्दछु, अब तपाईले ममाथि आक्रमण गर्न सक्नुहुन्छ। यो हङकङको लागि कस्तो लाजमर्दो कुरा हो।”

ज्याकी चानले केही समय अगाडि अन्तर्वार्तामार्फत आफू सन्सार भर चिनियाँ हुँ भन्नेमा चिनिदाँ गर्व महशुस गर्ने बताएका थिए।

उनले भनेका थिए,“हङकङ मेरो जन्म स्थान र मेरो गृहनगर हो। चीन मेरो देश हो। मलाई मेरो देश मन पर्छ, म आफ्नो गृहनगरलाई माया गर्छु। त्यसैले सुरक्षा, स्थिरता र शान्ति ताजा हावा जस्तै हुन, यसको अनमोल महत्व त्यतिबेला मात्र थाहा हुन्छ जब हामी यसलाई गुमाउछौं। म आशा गर्दछु हङकङ चाँडै शान्तिमा फर्किनेछ।’

त्यसबेला ज्याकी चानलाई प्रदर्शनकारीले ‘हङकङले चानलाई घृणा’ गर्छ भनेका थिए।

चिनियाँ झण्डा समुद्रमा फालिएपछि पूर्व प्रमुख कार्यकारी सि वाई ल्योङले झण्डा फाल्नेको सुराकी दिनेलाई १० लाख हङकङ डलर इनाम दिने घोषणा गरेका थिए।

झन्डा फाल्नेमध्येका ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .