हङकङका नेपाली महिलालाई महावाणिज्यदूतले भनेः वर्षभरि नेपाल प्रवद्र्धन गरौं

हङकङका नेपाली महिलालाई महावाणिज्यदूतले भनेः वर्षभरि नेपाल प्रवद्र्धन गरौं

नेपालखबर
भदौ १, २०७६ आइतबार ४:२,

हङकङका लागि नेपाली महावाणिज्यदूत कमलप्रसाद भट्टराईले हङकङमा नेपाली समुदायबाट आयोजना गरिने हरेक कार्यक्रममा ‘भिजिट नेपाल २०२०’ को लोगो राखेर नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्न आग्रह गरेका छन्।

नेपाली महिलाको चाड तीजको सन्दर्भ पारेर शनिबार हङकङमा नेपाली र चिनियाँ महिलाहरूको भेला आयोजना गरि महावाणिज्यदूत भट्टराईले नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्न यस्तो प्रस्ताव गरेका हुन्।

Kamal7

‘हङकङ रहनु हुने नेपाली महिलाहरू एनआरएनए लगायत विभिन्न संघसंस्थाको नेतृत्वमा रहेर सामाजिक रुपमा सक्रिय हुनुहुन्छ’, भट्टराईले भने, ‘तपाईंहरूले यो साउनदेखि आगामी असार महिनासम्म हङकङमा आयोजना गरिने सबै कार्यक्रमका ब्यानरमा भिजिट नेपाल २०२० को लोगो राखेर नेपाल भ्रमण वर्षको पनि प्रवद्र्धन गरिदिनुस्।’

महावाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा शनिबार करिब ८० जना महिलासहित सय जना जति भेला भएका थिए। स्थानीय चिनियाँ, कोरियाली महिलाहरू सहित कार्यक्रममा एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङ, नेपाल चेम्बर अफ कमर्श हङकङका अध्यक्ष डासुराम पराजुली लगायत सहभागी भएका थिए।

Kamal55

हङकङमा सामाजिक र व्यवसायिक रुपमा सक्रिय नेपाली अगुवाहरू मार्फत् नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्ने उद्देश्यले तीजको अवसर पारेर यस्तो जमघट आयोजना गरिएको महावाणिज्यदूत भट्टराईले बताए।

‘हङकङका नेपाली वर्षभरि विभिन्न जातीय समुदायका चाड पर्वदेखि सबै नेपाली चाडपर्व, चिनियाँ र अंग्रेजी नयाँ वर्ष समेत मनाउँछौं’, भट्टराईले भने, ‘ती कार्यक्रममा हङकङका चिनियाँ नागरिकका लागि नेपालले निःशुल्क भिसा उपलब्ध गराउँदै आएको जानकारी सहित नेपाल भ्रमण वर्षको प्रवद्र्धन गरौं, हरेक नेपालीले केही पर्यटक थप्दै गयौं भने २० लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्य पूरा हुनेछ।’

Kamal3

भट्टराईले महावाणिज्य दूतावासले हङकङ र मकाउबाट नेपाल जाने पर्यटकको संख्या वृद्धि गर्न अन्य प्रवद्र्धनका कार्यक्रम गर्ने जनाए।

कार्यक्रममा सहभागी महिलाहरूले गीत, नृत्य र अन्तरक्रिया मार्फत् तीजको मनोरञ्जन लिएका थिए।

Kamal6
Kamal4

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .